Timro hamro katha
ए साथी सुन तिमि मेरो यो कहानी।
म पनि त तिमि जस्तै बिदेसमै छु नि।।
दुई चार लाख सबैसंग बाउले ऋण गर्दै।
मख्ख परी पल्लेनमा चढी फुलको माला लाउ'दै।।
जोस र जागर थियो मेरो यो मनमा।
ठुला मान्छे बन्छु भन्ने थियो जिबनमा।।
सात बर्ष बितिसकेछ, परदेशमा।
थाहा छैन, कहिले जान्छु, फर्केर नेपालमा।
गाउमा छदा, सानो हुदा, सबले माया गर्थे।
बाउ आमाले माया गरी कान्छो छोरो भन्थे।।
ति दिन गए, यि दिन आए, म्वाई खाने गालामा दारी पलाए।
के भन्नु र, कति कठिन छ यहा बाच्नलाई।
मार्नु पर्छ, यादलाई, सम्झनु छ कामलाई।।
मन मनै कहिले काही रुन्छु रोई कराई।
कति साह्रो निष्टुरी, नामै त ठाउ पराई।।
एउटै बाटो एउटा मन्त्र, यस्को नाम संधर्ष।
अर्कै ठाउ, अर्कै माटो, कती कती बर्ष।।
खबर आयो, तल्लो गाँउको पिपलबोट मरेछ।
माईला दाई पनि यो साल बिदेशै आएछ।।
हुदो हो त देश धनी, हाम्रो नेपाल पनि।
किन आउनु पर्थ्यो र कमाउन डरल मनि।।
ए साथी सुन तिमि मेरो यो कहानी।
म पनि त तिमि जस्तै बिदेसमै छु नि।।
Source: www.santoshsitaula.com