Password , khushi , ma ta marchhu ki kya ho , Jhapali thito thanx for the responses...............
अन्य यो थ्रेड पढ्नु भएका साथीहरुलाइ पनि आभार प्रकट गर्दै
भाग-६शब्दहरु फननन मेरो टाउको भरी घुमे !!! मान्छे परिवर्तन हुन समय चाहिँदैन । परिवर्तन र समय बिलकुलै भिन्न पाटा रहेछन् । परिवर्तन को अघि समय निरिह हुँदो रहेछ । त्यो कत्रो परिवर्तन थियो प्रतिकको मैले दाँज्न सकिन । कहिले काहिँ दाँज्नका लागि सारा परामिति हरु साना हुन्छन् । प्रश्न सोध्न खोज्दा आफुले ठड्याएको प्रश्नवाचक चिन्ह नै लिलिपुटको साम्राज्यको नागरिक जस्तो वाउन्ने लागेर आउँछ !!!!
......................... ............. ........................ .................... ..................... ..........
“सन्ध्या.................... मेरो जीवनको लागि त्यो नाम मेरो जीवनको प्रहर जस्तै थियो उज्यालो छरिएको मेरो जीवनमा पनि त रात पर्न पर्न लागेको थियो !”
प्रतिकले रात भने पछि मात्र मेरो ध्यान रात तिर गयो ।रातको करिव एक बजे जस्तो छ ! अब तारा हरु झर्न थाल्नेछन् एकैछीन मा ! मैले झरेका ताराहरुलाई जमिनमा भोलिपल्ट भेट्टाएको छैन त्यहि भएर तारा झर्छन् भन्ने कुरामा नै मलाइ विश्वास लाग्दैन ! तारा झरेको हामीले खुल्ला आँखाले देखेको भ्रम हो जस्तो लाग्छ ।मलाइ आज घडि हेर्न पनि मन छैन ।हुन त मैले घडि नहेर्नाले नै रात त रोकिन्न तर पनि म रात रोकिएको भ्रम पार्न चाहन्छु ।
संगिता दिक्क लागेर सुतिसकेको पनि धेरै भइसक्यो तर प्रतिक भने वहन छोडेको छैन आज !!!!मलाइ लाग्छ यो रात प्रतिकलाइ बहनलाइ नै बनेको हो ! सकियो कि सकियो कि जस्तो लागेको थियो मलाइ अर्को कथा तर उसले अब अर्को अध्याय प्रारम्भ गरेको थियो ! ति अन्तर्निहित दुइ अध्यायहरु कहिले जोडिने हुन् मैले त्यो खुट्याउन सकिन तर उसको कथामा उसको अन्तर्द्वन्दले अर्को पात्र छिरी सन्ध्या ! सन्ध्याको आगमन प्रतिकलाइ कुशल.... उसको शब्दमा ........... बनाउनलाइ भएको भनेर त भनि नै सकेको थियो !!!!
अब उ र म विचमा धेरै समानता देख्न थाले मैले उसले जे कारण देखाओस् उ एउटा पेशाले शरीरकि व्यापारीको मा धाउन तैयार भएको थियो कथा त्यो मोडमा आएपुग्दा मैले त्यो रातमा प्रतिकको कथा भित्र प्रतिकको धेरै रुपहरु देखेँ यो अन्तिम रुप करिव म सँग मेल खाने लाग्यो मलाइ ! अचानक प्रतिकको यो अवतार प्रति माया पनि जागेर आयो ! हो उसले ठिकै गर्यो तर अव उसले खुशीलाइ भन्नु हुँदैन उ स्वच्छन्द छ जव सम्म खुशी खुशी नै रहन्छे । भ्रम ,सत्य नैतिक अनैतिक सवै वाहियात कुरा हरु हुन् झुटको खेति हुन् ! मानिस नैतिक भन्दा पनि आनन्दित सन्तुष्ट हुनुपर्छ ।
.................................. ................................. ............................ ................
“ मेरो विवशता थियो भन्न म सक्दिन , मेरो मुर्खता थियो भन्ने मलाइ आँट छैन ,खुशीको लागि ल्याइएकी थीइ भनेर म कसरी भनुँ ! जे होस् सन्ध्याको उपस्थिति हजारौँ सम्भावनाको विचमा मेरो जीवनमा भयो....................
सन्ध्यालाइ पेशेवर भन्न मलाइ मन लाग्दैन ! खोइ उसको कोठामा आइरहने दुइ तिन जनाहरुलाइ ग्राहकनै भनौँ की के भनौँ । उसको भनाइ अनुसार उसलाइ भावनाहरु साट्न न आवश्यकता छ न रहर तर उसँगको सम्बन्धको पहिलो शर्त चाहिँ लोग्नेमान्छे भावनात्मक हुनु पर्छ रे !उसको भनाइ अनुसार जव सम्म लोग्नेमान्छेमा भावना हुन्न त्यो साँढे हो अरे अनि रातो वर्णकि उ लाइ देखेर गतिशिल भएर आउने साँढे थाम्न उसलाइ मन छैन रे ! डेलिकेट लोग्नेमान्छेहरु मात्र मन पर्छन् मलाइ भन्थी उ !!!! उ सँग शर्तको थुप्रो थियो । मानौँ हामी सन्धि गर्नलाई त्यहाँ पुगेको थियौँ ! चुरोट उसको सबैभन्दा ठूलो साथी थियो !
मेरो साथिले उसको कोठामा पुर्यायो मलाइ त्यो दिन ! गुलावि रंगको पर्दा हालेको , उसको कोठा अनि छेवैमा सटेको किचन ,कोठामैँ जोडिएको बाथरुम ! सन्ध्या शानका साथ बसेकी थिइ !!!!मेरो साथी भन्थ्यो सन्ध्याको आवश्यकता र सन्ध्याको महत्वाकांक्षाले पुर्याएको हो त्यो ठाउँमा सन्ध्यालाई !!! उ मान्छेहरुको भिँड रुचाउदिन थिइ ! दुइ चार जना थीए उसको आवश्यकता पुर्णकर्ता अनि ति पुर्णकर्ताहरुको लागि सन्ध्या नाम मात्र थिइन सबै थिइ भनौँ !
जानु भन्दा अघि म र साथी विच यो यात्राको गोप्यता र खुशी सम्म पुग्न सक्ने हल्लाहरुको कटौतिको बारेमा लामो छलफल भएको थियो !!!!”
प्रतिक चुप भयो । उसको कथामा विश्राम आएको छ अनि कोठामा धुवाँ !!!! पहेँलो वत्तिको प्रकाशमा धुवाँ तुवाँलो झै भएर फैलिन्छ ।
प्रतिकले अघि हामीले रित्याएको गिलास हेर्यो !
“जीवन यस्तै रित्तो भए कति रमाइलो हुन्थ्यो है दाइ ?”
“भन्नाले !” म कहिलेकाहिँ प्रतिकका कुराहरु बुझ्दिन उ यसरी शब्दलाइ रहस्य सँग रहस्यलाइ नाता सँग जोड्छ म चक्कराउँछु !कथा सरल छ उ सन्ध्या सँग रात विताउन चाहन्छ खुशी सँग दिन । मैले बुझेको त्यत्ति हो अचानक जीवन कसरी रित्तो भयो यो या त प्रतिकलाइ नै थाहा होला अथवा बोल्न र बुझाउन सक्ने भए त्यहि रित्तो गिलासलाई !!!
“ रिक्तता हुन्थ्यो अघाउन्जेल को रिक्तता न सम्वन्ध बन्थे , न सम्वन्ध टुक्रन्थे हामी रिक्तता नै भोग्थ्यौँ । रिक्तता को वजन हुँदैन नि दाइ , वजन नभएको कुरा कसैमाथी भार पनि त बन्दैन !!!”
उसले फेरि मैले नबुझ्ने कुरा गर्यो !!!मलाइ कथा सँग मतलव हुनाले मैले ते पनि आज उसका सारा शर्तहरु मानेको छु !!!
“ सन्ध्याको कोठामा म हुँदा म खुम्चिएको थिएँ , म बाँडिएको थिएँ टुक्राटुक्रामा एक भागमा मेरो पुरुषत्वको आधिपत्य थियो !एउटा भागमा खुशिको ! तेस्रो भाग अलि पृथक थियो उ सहि गलत छुट्याउनमा ब्यस्त थियो !”
“ अनि ?”
“ उ खुशि सँग दाँजिन लायक त थिइन सौन्दर्यको मामला मा तर आकर्षक बनौट ,रातो वर्णको छाला बाहेक केहि कुराले सन्ध्यालाइ अरु भन्दा भिन्न बनाउथ्यो भनेर कसैले भन्छ भने त्यो पक्कै सन्ध्याका आँखाहरु थिए !!!! सन्ध्याका आँखाहरु गहिरा थिए कुनै पनि पुरुषको एक्सरे गरिदिन सक्ने । मलाइ लाग्छ उसले चाहेको खन्डमा जुन सुकै पुरुषलाइ पनि जुन सुकै रुपमा उभ्याउन सक्थी !”
मैले झल्यास्स सुतिसकेकी संगितालाइ सम्झेँ ! अघि मैले सोचेको मुल्यको कुरा सम्झे !!! परिभाषाहरु बदलिदै थिए के त्यो उसको विशेषता हो त त्यसो भए ???
“ उसले मलाइ धेरै बेर हेरेर मेरो साथिलाइ हेर्दै प्रश्न राखेकी थिइ उ यहाँ रहरले आएको कि तिमीले झुक्याएर लिएर आएको भनेर !”
झन्न मेरी संगिता त्यस्तो सोच्दिन मैले मनमनै सोचेँ । उ झुक्याएर आओस् रहरले आओस् मेरो विचारमा उ सशरिर त्यहाँ थियो त्यो रातको अन्तिम सत्य त्यहि थियो !!!
“त्यो तिमी उसलाइ नै सोध , म हिँडे भन्दै मेरो साथी वाहिर निस्कियो ! मलाइ अचानक निस्सासिए जस्तो भयो त्यहाँ !!! चिया खान्छौ भनेर सन्ध्याले सोधेको त्यो वातावरणलाइ हलुका बनाउन खोजेको होला शायद ।
मैले टाउको हल्लाएँ , मलाइ एकछिन भए पनि सम्हालिनलाइ समय मिल्नेछ भनेर !!! उ आफुमा बुझिनसक्नुकी थिइ , उसका शब्दहरु सँधै नै अचम्मलाग्दा हुन्थे !!!! मलाइ अझै याद छ धेरै बेर नियालेर उसले भनेकी थिइ म भाग्यमानी छु ,,, मान्छे कुमारत्व हार्न म सँग जुवा खेल्छन् !!! मलाइ अझै थाहा छैन उसले के नियालेर उसले मेरो कुमारत्वको बारेमा पत्ता लगाइ !! मेरो साथीले भनेको होइन त्यसमा मलाइ विश्वास छ !!! उसको सामु म आए उसले केहि भोगि मैले केहि पाएँ यसमा म कसरी हारेँ त ????यहाँ त हारजित काहिँ थिएन
तर खुशि लागेको पनि थियो मलाइ मेरो रुपलाइ म नामर्द को प्रतिमा बनाउन खोजिरहेको थिएँ त्यो कुमारत्व रहेछ सन्ध्याको परिभाषामा !!!!!”
“त्यो रात म पग्लेको रात गोधुली साँझ छरिएको रात सन्ध्या सन्ध्या केवल सन्ध्या भएको रात बन्यो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!”
प्रतिकले रात वर्णन गरिसकेको थियो । कुर्सीमा कोल्टे फेरे मैले , कथामा प्रतिकले खोजेको अनुभव पनि लियो अब के छ त कथामा ??? सक्किने सक्किने भन्दै रात जस्तै गाढा भइ गुज्रेको छ प्रतिकको कथा बेलाबेलामा प्रतिककै नबुझिने शब्दहरु बाहेक ऐना जस्तो कथा थियो । दुइटा जड्याहा हरु झगडा गरेर वोतल फुटाएर छताछुल्ल भए जस्तो प्रतिक छताछुल्ल भएर पोखोएको थियो कोठामा !!!!!!!!!!!!!!!
................................................ ..................................... .............................................. ......................................... .......................।
“ विहानको किरण गुलावीपर्दा बाट सन्ध्याको कोठामा छिर्दै गर्दा मेरो आँखा खुल्यो , सुर्यका किरणहरु अचम्मका हुन्छन् जुन माध्यमबाट छिर्छन् त्यहि रुप धारण गरिदिन्छन् । मलाइ त्यो बिहान सुर्यका किरणहरु पनि गुलाबी लागेर आए !!! शायद म पनि त्यो किरणहरु जस्तै बन्दैछु सन्ध्याको एक रातले नै मेरो स्वरुप बदल्न खोजेको थियो !!! एउटा अनुभवको लागि आएको म फगत अनुभवको लागि सन्ध्या बनेकी हैन भन्ने लाग्यो !!! उ फरक छे , सुल्झेकी केटी मान्छेहरु मा चाहिने भन्दा बढि स्पष्ट , उ बजार मा बसेर पनि मुल्यवान लाग्थी , एउटा अनौठो आकर्षण बोकेकी थिइ भनौँ , अनि अचम्मको बौद्दिकता जसको अगाडी सबै भुइँ मै छरिए जस्तो लाग्ने अनि उसको अचम्म को पेशा जसले प्रश्नवाचक चिन्ह बोकेर हिँड्छ सँधै !!! किन भइ त सन्ध्या त्यस्ती !!! सोध्ने आँट म मा छैन किनकी सन्ध्याका शब्दहरु मलाइ घोचिरहन्थे उ भावनामा विश्वास गर्दिन रे !!!
त्यस दिन मेरो खोजको अन्त्यकर्ता , मेरो बोधिसत्वको सुत्रधार निर्वष्त्र तर पनि निष्फिकृ मेरो छातिमा हात राखेर सुतिरहेकी थिइ !मानौँ मेरो छाति एउटा पर्खाल हो जसभन्दा पारी मात्र दुखको सन्सार छ , कुरा काट्नेहरुको भिँड छ , मैले सबैबाट उसलाइ लुकाएको छु । केटी मान्छेको यो अनौठो गुण हुन्छ उनीहरु जतिखेर विश्वास जताए जस्तो भान मात्र पनि पार्छन् लोग्नेमान्छे हरु मख्ख पर्छन् उनीहरु जस्तो विश्वासिलो कोहि छैन भनेर ! लोग्नेमान्छे भित्र आत्मविश्वास रोप्नलाइ पनि आइमाइ चाहिन्छे अचम्म !!!!
मैले धेरै बेर उसलाइ नियाँले ! उसको अघिल्लो रातको कृयाकलापलाइ मान्छे सस्तो भाषामा जे भनुन , उ सँग आउने हरुले जे स्वरुपमा उसलाइ जे देखुन् उसले एउटा अन्तर्चेतना म मा भरिदिएकी थीइ !”
त्यस्तो पनि हुन्छ र !!!! मैले सोचेँ म सँग उसको भनाइ अनुसारको अन्तर्चेतनाको थुप्रो किन छैन त्यसो भए ????
.................................. ............................ ........................ ..................................
“ भुइँ भरी छरिएका मध्ये आफ्ना कपडाहरु टिपेँ जसलाइ मैले पत्र पत्र उक्काएको थिएँ हिजो !!! खुशीले आफ्नै हातले बुट्टा थपेको रुमाल मेरो पेन्ट खल्तिबाट बाहिर निस्किएको थियो । हिजो को सम्पुर्ण दर्शक थियो त्यो शायद !!! अचानक खुशिका ति लामा औँला बुट्टा बनाउन मा ब्यस्त भएको , उसको आँखा र मनको त्यो रुमालको बुट्टाको लागिको एकाग्रता मैले सम्झेँ । मैले हिजो रात देखी लगभग बिर्सिएकी मेरी जीवनकि असलि नायिका त खुशी पो हो त आखिर अचानक चेतना मा आयो मेरो !!!
सन्ध्याको बाथरुम मा मैले आफूलाइ नियाल्दा सन्ध्याका धेरै छाप भेट्टाए !!! अनि बिस्तारै आफ्नो हातले मेट्टाएँ !!! खोइ किन हो किन त्यो बाथरुममा ऐनामा मैले आफ्नो सट्टा खुशीका आँखाहरु देखेँ मैले , आँखा जुधाउन सकिन अनि हत्तपत्त बाहिर निस्किएँ !!!!”
उसले फेरि चुरोट झिक्यो , कथामा फेरी बिश्राम आउने बेला भएको रहेछ । उसमा पनि त बिश्राम चाहिएको छ यत्रो भार बिसाउन खोज्दैछ उ । होलान ति उसको जीवनको करिव दुइ तिन महिनामात्र होलान् तर उसको जीवन नै सुनाउँदैछ उ !
“मन का तरेली हरु अचम्मका हुन्छन दाइ , सत्य के हो कहिले काहिँ मनले छुट्याउन सक्दैन , माया के हो धेरै जसो मनले ठम्याउन सक्दैन ,स्पर्श मा थियो अथवा अन्तरंगि थियो माया मैले पनि छुट्याउन सकिन । सन्ध्या सँगको एक रात र खुशी सँगका कैयौँ पललाइ दाँज्नु मात्र पनि खुशीको अपमान होला त्यो !!!!!!!!!!! त्यो दिनको भोलिपल्टको खुशी सँगको भेटले मलाइ के बुझायो मैले खुट्याउन सकिन । त्यो दिन मैले आफुलाइ एउटा जिउमा रग रग हिँड्न चाहने किरा जस्तो पाएँ भने खुशीलाइ कुनै उज्याली अलौकिक परी जसलाइ म सपना मा मात्र कल्पना गर्छु । उसको देह यति कन्चन छ कि मैले छोएँ मात्रै भने पनि दाग लाग्नेछ ।उसको स्पर्श प्राप्त गर्न त मैले नुहाएर आउनु पर्ने छ !!!
मैले उसलाइ विश्वासघात नै त गरेको छु नि !!! अनि मेरो साथी मुर्ख हो त्यो जसले मलाइ त्यस्तो सुझाव दियो । जसको तराजुमा शरीर भन्दा धेरे भारको केहि छैन !!!”
म जस्तै रहेछ प्रतिकको साथी । प्रतिकले सँधै म जस्तै साथी हरु पाएको रहेछ मैले मनमनै सोचेँ । म मात्रै किन हरेक लोग्नेमान्छेको तराजु त्यस्तै हुन्छ । मलाइ थाहा छ प्रतिक जत्तिनै आफूलाइ अपवाद जनाउन खोजोस् । उसका भावना पनि केहि फरक छैनन् , उसको कथाको अनुवाद उ तिर ढल्केर मात्रै हो नत्र उसको पनि तराजु केहि फरक छैन । उ पनि उहि घेरा भित्रको लोग्नेमान्छे हो पक्कै पनि खुशी यति राम्री थिइ कि उ खुशीको तर्फबाट पनि सोच्न बाध्य थियो , खुशी यति अलौकिक थिइ कि खुशीका आकांक्षाहरु लाइ उसको रुपको ओजस्व मा उसले देख्न सकेन । खुशि टल्किएकि नै हुँदि हो जसले गर्दा प्रतिक ले खुशि भित्रका नबोलिएका आग्रहहरु देख्न सकेन ।अनि देख्दै नदेखेका आग्रहहरु त उ पुर्याओस् पनि कसरी ?............
उसको कथा मात्र त्यत्ति हो । सन्ध्यालाइ जब उसले खुशी सँग बिहान दाँज्न चाह्यो कहाँ त्यो बजारमा शरीर बेचेर बसेकी केटी , कहाँ खुशीको कौमार्य । जसलाइ उसले दैविक भनेको छ त्यो मात्र खुशिको कुमारित्व हो जसको अगाडी उ गलेको छ ।
मलाइ कथा बुझे जस्तो लाग्यो मन थोरै ढुक्क भएर आयो हो म गलत छैन किनकि म मात्र शरिर भोग्दै छु बिभिन्न पर्दा वाहिर भित्रका प्रतिबिम्बहरु सँग अनि एउटी प्रतिबिम्ब संगिता पनि शरिर भोग्दै छे अनुभवी पुरुषत्व सँग प्रतिक न खुशीको कौमार्य बुझ्दछ , न सन्ध्याको शरिर बाट उ तृप्त छ प्रतिक लाइ सन्तोक गर्न आउँदैन त्यति मात्र हो !!! नत्र त सरल थियो उसको जीवन उसले चाहेको खण्डमा !!!!!!!!!!!!! खुशि पनि थिइ सन्ध्या पनि थिइ उ सँग माया गर्न चाहे माया अनि शरिर लुटपुटाउन चाहेन शरीर !!!
मैले आफ्नै तरिकाले प्रतिकको कथामा अर्थ निकालेँ ! बिच्छेद हरु थपेँ त्यान्द्रा त्यान्द्रा रेशा रेशा खोलेर आखिरमा मैले सम्बन्धहरुलाइ सरल बनाएँ । उसले बुनेका शब्दहरु मात्र उसका मनका गाँठाहरु हुन भनेर पत्ता लगाएँ !!!
“ मैले बुझ्न सकिन दाइ म आखिर किन यति निच अनुभव गरीरहेछु दाइ आफुलाइ , त्यहि खुशी हो ,त्यहि खुशिकै लागि उठाएको कदम हो अनि त्यहि म हुँ तर मेरो मनमा किन उब्जियो त हिनताबोध , अचानक खुशी किन यति धपक्कै बली ?रापिली भइ कि मलाइ उसलाइ छुन समेत डर लागेर आयो !! टाढाबाट बसेर हेर्दा पनि किन ज्वालामुखि जस्तो देखिरहेको छु उसको मुस्कान जबकी उसको मुस्कान उत्तिकै शालीन छ !!!!!!!!!!!!!!!!”
“अनि ?” मैले ब्यग्रता पोखेँ
“ अब को छ त मेरो मनको यो अवस्था को बारेमा मलाइ बुझाउन सक्ने ? मेरो साथी भनाउँदो सहि थिएन यो त मलाइ थाहा नै भइसकेको थियो ! अचानक मेरो मनमा एउटा नाम आयो जसले मेरो यो स्थिति बाट मलाइ पार लगाउन सक्छ ! के हो त माया बुझाउन सक्छ , उसको सुल्झाइ मेरो लागि पनि काम लाग्न सक्छ !”
“को ?” मेरा निन्द्रा नपुगेका , नशा छोड्दै गरेका राता राता हुँदै गरेका ( यद्दपि मैले ऐना हेर्न पाएको छैन ! मैले मात्र आफ्नो आँखाको राप बाट अनुमान गरेको थिएँ ) उ तिर डोर्याउँदै सोधेँ !!!!
“सन्ध्या !!!!”
प्रतिक फेरि उहि बजार तिर डोरिएछ । त्यो एउटा नशा हो मलाइ थाहा छ । उसले शब्दका जाल जति बुनोस् !! कथाको सरलता त्यहि हो उ बानि परेको थियो त्यो रातको मादकताको अनि सन्ध्याको शरिरको !!!!!!!!!!!!!!
क्रमश: