हन हो मेरा प्यारा छोर्छोरी जस्ता नानी हो ।
अब समस्से पर्दा ओर्दा यसो समस्से को चैने जो समाधान खोज्न यही आउने हो । तिमेर्कै कन्नो कन्यौनी हो ।
अब समस्से भन्ने कुरो पनि आइरन्छ। आउनु त थियो आइगो फेरी आर्को । फेरी आफुलाई मुख्य कुरो गर्न छाडेर फाल्तु कुरो कन्थो गरेर समये फाल्नु चै मन पर्दैन के । त्यही भएर म सिधै समस्से मा जान्छु है त ।
कुरो चै के पर्यो भने भक्ते भान्दाइ ले त्यो के जाती गिरिन काड को हरियो अम्रिकाने घाडो भर्खरै भिरेछन । अब उता गाम मा सब्बै काम लठिपद्र छ रे। मकै का घोगा भाँच्न पर्ने । सुठो सुकौन नपाएर बिग्रेला भन्ने आर्को पिर । बले दमै को अम्रिका आउँदा सिलाको अस्टकोट को पोइसो पनि द्या छैन । मोरो ले कत्ती सराप्दै होला । उनिलाई नदेखेर गाई बाख्रा कती कराये होलन ? बिचरा निमुखा हरु कत्ती डुक्रिदा हुन । गा बि स को लन्ठो पनि निखन्न पएकै थिएन । सप्पै भगवान भरोसे मै छ । घर त नगै भाछैन रे ।घर जाउ ओबामा को हरियो घाडो घाटिमा छ।
अब प्रश्न भनेको के भन्दाखेरी त्यो घाडो भएको मान्छे पैलो पल्ट नेपाल गये पछी कत्ती समए पछी फिर्नु पर्ला ? छ मैना ? एक बर्ख ? अब जाउ न त हो बुडा USCIS को वेब साईटा भनेर प्याच्च चै कसैले नभन है । त्यती को जान्ने गाई खाने भाषा निखन्न सक्ने भये यहाँ आएर हार गुहार चै गरिन्न थियो के । आफ्नै गाम का मान्छे हुन एस्सो मिलाएर सल्लो देउन है । भक्ते को असिस लाग्छ बै ।