पुर्ब (धरान,झापा,धनकुटा आदि )को सभासद् , तराइ तिर बाट निर्बाचित सभासद्,पहाड तिर बाट निर्बाचित सभासद् सिंह दरबार भित्र क्यान्टिन मा एकै चोटी खाजा खान छिरेछन् | पहाड तिर बाट निर्बाचित सभासद् दौरासुरुवाल ले ठात्तियेर गएका ,पूर्वका ले पाइन्ट,शर्ट र टाई भिरेका ,चस्मा लगाएका ,तराइका सांसद कुर्ता सुरुवाल र चस्मा मा !!
सबैले आ आफ्नो पाराले एकैचोटी बेरालाई बोलाउछान| बेरालाई अफ्ट्यारो पर्छ ,उ दौरासुरुवाल मा ठात्तिएको सभासद् नजिक 'हजुर ' भन्दै पुग्छ
पहाडी सभासद् :: (बेरा लाइ बोलाउदै ) 'ये केटा हामीका आज के के पाकेको छ भन् त् !'(बेरा ले मेनु अगी सार्छ ),येसो मेनु हेरे जस्तो गर्दै ,हेर्नु भन्दा पहिले मुख खोल्छन ,'के हो तिमीहरु यहि हो खाजा बनाएको!!खानु जस्तो केहि छैन ,!! यार '
बेरा ::(अलि डराएको भाब मा ) हजुर म: म: ,तरकारी ,चिउरा ,जेरी,हलुवा ,छोइला,भुटान ,अम्लेट सबै त् छदै छ |
पहाडी सांसद :: 'सेल पुरी खै ??'
बेरा लाजबाब हुन्छ | तराइको साभासाद ले प्वाक्क जबाफ दिन्छन , 'त् सभासद ज्यु ,तिहार त् आइले छैन ,अनि सेल पुरी काहा मिल्छ '
पुर्ब का सभासद् अहिले सम्म चुप थिए |उनले पनि मुख खोले ' किन मिल्दैन ?यो देश हाम्ले मिलाए पछी जे पनि मिल्छ | भोलि यहा सेल पाकेनु भने मुइले ज्याना छ '
तराइको सभासद ,'अरे बाफ रे ' भन्दै पहाडी सभासद् तिर आखा झिम्कौछान|
अब सबै अलि सिरियस भए | पहाड का शभासाद पुर्ब को सभासद् नजिक जादै ' यहा को परिचय पाम न '
पुर्ब का सभासद् छोटकरीमा ' मु संबिधान लेख्ने मुन्छे हो , लेख्दा लेख्दा भूक लागेर खाजा खानु आएको ,तेरो नाम बाता! तु कहाबाट आयु ! 'तु पनि संबिधान लेख्छा !!भुन ता |
तराइको सभासद् (बिचैमा ):: अरे हुजुर ! उहा पनि लेख्ने , म पनि जो छ कि संबिधान लेखिहाल्छु , त् हामि सबै संबिधान लेख्ने हो |'
पर्ख दा पर्खदा बोर लागेको ले बेरा फेरी भन्छ |'हजुरहरु अर्डर पाउ ,के लेउने हो '| पुर्बेली सभासद अलि झर्किदै !!,यो काती काराउछु हो ,जा त् सग भुये जाती साबुइ ले ,मो साबुइ खान्छ ' जा ले ?
पहाडी सभासद ::(शान्त परामा ) 'यो केटा नयाँ जस्ती छ् ,अडर लिना अली जान्दो रहेनछ | ' 'ठिक भन्नु हुन्छ 'तराइका सभासद ले थपे |
तराइको सभासद:: 'त म् अगी देखी नै बिचार जो छ् ,गरिरहेछु ' बेरा तर्फ देखाउदै 'उहा सग जो छ् ,मेनर पनि तेती हुनुहुन्न '
'म सभाशद छु, संबिधान लेख्छु ,म सग सोधेको पनि छैन कि मेरो के मा पसन्द छ् ,के मा छैन , म् परमानन्द जि को मान्छे भएको शायद उहालै थाहा जो चैन् ' पहाडी सभासद र् पुर्बेली सभासद तिर हेर्दाइ 'परमानन्द जि !जो उप् राष्ट्रपती
हुनु भये छ्' हाम्रो न् मान्छे हुनुहुन्छ '
सभासदहरु ले बुझेको भाब देखाउछन | बेरा आफ्नो नालायकी न् चाहदा न् चाहदै समर्थन गर्न वाध्य हुन पुग्छ |
पहाडी सभासद :: 'ये केटा ,तेरो मालिक कहाँ छ् ,बोला त् '
धेरै बेर को हल्ला खल्ला र् अर्डर अझै न् आएपछी क्यान्तिन मालिक आँफै अाईपुग्छ् '
'हजुर हरुलाई के ट्टक्र्याउ '
तराइको सभासद ::' ल् हेर केटा , उहा ले ठीक भन्नु भये छ् |त साहु जि उहालाइ भोली नै निकाल्नुस् ,उहा ले काम गर्न जाने छैन '
क्यान्टिन मालिक :: हस हजुर |
पूर्व को सभासद:: (सिरियस भएर ) हामी संबिधान लेख्ने मुन्छे हो |हामीलाई भुक लागेको छु ,तिर्खा पुनी लागेको छु ,नु धाटी भुन |(सानो स्वर मा )
'तिमी का जाड छ् ??'
क्यान्तिन मालिक :: 'त्यो त् छैन हजुर |'
'तेसो भये किन खोलिस त् होटेल |' पुर्बेली सभासद निकै रिसाये |
अरु सभासद तिर लक्षित गर्दै'जाउ हिड !!,मानानीय हरु ,आजु मु तिमीहरुलाइ गातिलो खाजाखुवाउछ | मेरै पैसामा खुवाउछ , हिन !'दुबै सभासद्लाई समातेर तान्छन |
तेस्पछी सबै सभासद निस्कन्छन |तर जाने बेलामा ढोकै मा क्यान्तिन मालिक ले सोध्छन 'हजुर हरु!! ,अहिले सम्म संबिधान कती लेखियो ?'