मँ कि तँ एउटा लडाई मात्र भो
उधेश्य,
गर्भबती आमालाई बारमबार बलत्कार गर्नु मात्र हो ।
तिम्रो दुश्प्रायश्
बलत्कार को चित्कारमा रमाउदै
उत्तेजना ले उन्मत्त तिम्रो यौबन्
अख्तियार र अदालत पश्चात्
स्खलित तिम्रो अनुहार
तिम्रो उधेश्य
गर्भबती आमालाई बाराम्वार बलत्कार गर्नु मात्र हो ।
तैले कि मैले ?
एउटा लडाई मात्र भो
निर्दोस गर्भ तुहाउने तिमीहरु को उधेश्य हो ।
बल तिम्रै हातमा,सेना तिम्रै हातमा
हतियार तिम्रै
सँङिन र नाल तेर्सायौ
रगतलाई रगत सम्झेनौ
रँग सम्झेर होली खेलेउ
निहथ्था नेपालिको स्वच्छ स्पन्दन मा,
गोली बर्षायौ
धिक्कार छ
हाम्रो बलिदान खेर गो,
नपुषक बिरालाहरु
तिम्रो घाटिमा घन्टी झुन्डाउने बेला भो,
ईतिहास जिबितै छ ।
राजा र रैती भएको देश्,
एउटा राजा फल्न हजार बली दिँयौ,
के भो ?
हजारौ राजा करोडौ रैति,
आँखिर
प्रजातन्त्र,लोकतन्त्र जे आएपनी जनतालाई के भो ?
अब सँगिन तिमीतिर फर्कनु पर्छ ।
पैँचो तिर्ने बेला भो
किन कि ? पक्का पनि
तिम्रो हाम्रो दुरी टाढा हो ।
मेन्हाटन पुग्दा कयौ पटक्
हुम्ला जुम्ला नचिन्ने तिम्रो नियती भो
गन्तब्य नभएका तिम्रा आदर्श मात्रै
प्रजातन्त्र,लोकतन्त्र अधिकार का कुरा गर्छौ
काँह आयो लोकतन्त्र ?
हामी नेपाली लाई थाह भएन,
गास, बास, कपास का कुरा गर्छौ,
पेटभरी खाँदा कस्तो हुन्छ हामीलाई थाह भएन ।
आँखिर किन ?
याँहा तिम्रो मनोमानि,
हेर्दै राख
बिर्शन नसकिने यथार्त हामी अगाडी छ ।
आँशुले सिंचित छन ,
रगतले मोलिएका गराहरु
रित्ता छन भकारी उजाड छन बस्ति,
आप्रबासी भा छन छोराहरु ।
यथार्थ यही हो
रगत बेचेर नेता पालेका छौ
पल पल मरेर खुशी टालेका छौ
मुठी भर ले राजाई गरेका छन्
हजारौ ले प्राण फालेका छौ
देश को दुर्दशा नै नेता भए,
सबै निर्धा नेपाली ले हारेका छौ
देश
यिनकै बाउ को बिर्ता हो कि ?
पालेइ पालो लुटी खाने ?
अराजक,दण्डहिन भो
हामी गरीब काहं जाने ?
मन मा आगो दन्किन्छ ?
कबिता मा ढाल्न खोज्छु मिल्दै मिल्दैन यो सानो प्रायस मात्र हो (नेपाली जनता को जय होस्)