I am not sure who the actual writer is, (I know it's a guy) --- this is floating around in facebook! Nice Sattire ! I thought you'd enjoy!
गंगटा
"विश्व गंगटा प्रतियोगिताको निमन्त्रणा आयो । अमेरिकामा हुन लागेको यस प्रतियोगितामा फ्रानस, जापान, जर्मन, बेलायत, लगायतका अन्य धेरै युरोपेली, उत्तर अमेरिकी, दक्षिण अमेरिकी र केही एसियाली राष्ट्रहरु छनोटमा परे । जित्नेलाई ठुलो धनरासी प्रदान गरिने यस प्रतियोगितामा नेपाल पनि पर्यो । प्राप्त रकम देश बिकासमा खर्चिनु पर्ने एकमात्र सर्त थियो । सबै राष्ट्रहरुले उत्कृष्ट गंगटा भेला पारे । नेपालले पनि ६०१ गंगटा जम्मा गर्यो मधेस, पहाड र हिमाल सबैतिर बाट । सारा नेपालीमा खुशीयाली छायो, पुलकित भए सबै । आफ्नो देशले एउटा इतिहास रच्ने भयो - कतिले भने । फुलमालाले झकीझकाउ पारेर सम्पूर्ण देशको नेन्त्रित्व गर्न ति सबै गंगटाहरुलाई एउटा ठुलो, चमचमाउदो सिसाको भासमा राखियो । प्रतियोगिता नगिकिदै थियो । अब सम्पूर्ण देशको आँखा अनी प्रथाना ति गंगटामा थिए । नेपालीहरुको सपना अब धेरै टाढा थिएन । एक बरिस्ठ महानुभावकले ति जम्मै गंगटा लिएर अमेरिका प्रस्थान हुनुभयो । कार्यक्रम चालु भयो । अन्य राष्ट्रहरुले पनि त्यसैगरी आ-आफ्ना गंगटा सिसाको भासमा सबैले देख्ने गरी प्रतियोगोतामा ल्याए ।
'नेपालबाट किन यती धेरै गंगटा ?' एउटा खैरेले सोध्यो
'समावेसी' महानुभावले छोटो उत्तर दिए ।
गंगटाले भेरीएका भासहरु लाइनै टेबलमा थिए । भासको मुन्तिर राष्ट्रको नाम लेखिएको थियो । नेपालको नाम अङ्रेजीमा क्यापिटल लेटरमा NEPAL लेखिएको थियो । सबै भास माथि ढक्कन थियो । नेपालको भासमा ढक्कन थिएन ।
'त्यो कुन देशको भास हो ढक्कन नलाएको ?' कसैले बोल्यो
'कस्तो मुर्ख ! जस्को भा पनि ढक्कन लाउ छिटो' अर्कोले बोल्यो
यो सुनेर महानुभावले - 'पर्दैन लाउनु, ठिकै छ' भनेर चर्किए ।
'किन पर्दैन ? अहिले ति गंगटा निस्कन्छन, छोपी हाल झट्ट' कार्यक्रमको एक स्वयमसेवकले भने
'नियममा छैन कहीँ पनि छोप्नै पर्छ भन्ने, लु छ भने देखाउनोस कुन पेजमा छ' महानुभावले ठाडो प्रश्न गरे ।
'नियममा त छैन होला तर तपाईंको नियतमा चैं खोट छ जस्तो छ है' - एक युवकले भिडबाट बोले ।
'हामीले त सुरक्षाको दृष्टिकोणले खतरा हुनसक्छ भनेर पो भनेका हौँ त'- अर्को युवकले भन्यो
'केही हुँदैन, चिन्ता नलिनोस' महानुभावले हाँस्दै भने ।
'केही नहोला, तर केही भइहाल्यो भने ? मान्छेहरु आतिएर भाग्लान । किन चान्स लिने, कृपया बन्द गर्नोस ।' अर्को आवाज आयो भिडबाट ।
हेर्दाहेर्दै मान्छेहरुको भिडलाग्यो । सबैले त्यो ढक्कन बन्द गर्नुपर्ने तर्क राखे । नियममा त्यस्तो नलेखिएको हुँदा आयोजकहरुको हात पनि बाधीएको थियो । कसै गर्दापनी नलागे पछी, कार्यक्रम रोक्ने र पछीको मितीलाई सार्ने कुरा चल्नथाल्यो । कुरा अमेरिकि राष्ट्रपतीसम्म पुग्यो । उनले 'किन बन्द गर्न नचाहेको तपाईंले?' प्रश्न गरे
महानुभावले हाँस्दै भने - 'रास्ट्रपती महोदय, ति ६०१ गंगटा नेपालभरी बाट चुनिएर पठाइएका हुन । त्यो भासबाट कोही निस्किदैनन । यदी कोही निस्किन खोज्छ भनेपनी अर्कोले निस्किन दिनेछैन ।'
राष्ट्रपती अलमल्लमा परे । यो देखेर ति महानुभावले भासलाई देखाउदै भने - 'ल त्यो हेर्नोस'
भासभित्र गंगटाहरु एक माथि अर्को खप्टिएका थिए । टुप्पोमा पुगेको एउटालाई तलबाट अर्कोले खुट्टो तान्यो । कोही लाप्पा खेल्दै थिए । कोही एउटा कुनामा मुख लुकाएर बसेका जस्ता देखिन्थे । माथिको एउटाले तलका २-४ ओटालाई लात्तले हान्यो । ति भुइँमा बज्रिए । फेरी अर्को हुलले माथि उक्लिदै गरेकोलाई एकै चोटि हमला गरेर पुन: तल झारे । घम्सा घम्सी, कुस्ती, लडाईं, थिचोमिचो निकैबेर चल्यो । एकछिन शान्त भएको मौका छोपेर कोही उक्लिन खोज्यो भने, सबै जोसिएर त्यस्को खुट्टा तान्थे अनी फेरी सुरुकै चटक दोहोरिन्थ्यो । त्यहाँ उपस्तिथ सबै यो द्रिस्य हेरेको हेरै भए । नेपाल स्वदेश फर्कियो, रित्तै ।
एस. एन."