के गर्ने हिजोआज दिन कटाउनै मुस्किल छ । यो दाजुको मसानघाटमा पनि बस्नै डर लाग्छ भन्या । त्यो भारतको कालि बाबाले पनि दाजुको भुत भगाइदिन्छु भनेर मोटो पैसा मात्र कुम्ल्यायो । तर दाजुले तर्साउन छोडेको हैन । अब यो नारायणहिटी पनि छोडेर जाउं भने फेरी राष्ट्रियकरण गरिदिने होला के गर्ने के ।
बंगैचा छ, यत्ति राम्रा शुसारेहरु छन् तै पनि मन बहलाउन नै मुस्किल भइसकेको छ । पहिला त एक बोतल रम खाएपनि रमरम पार्थ्यो तर अहिले त के भएको हो के जत्ति खाएपनि रम नै लाग्दैन । पिरले होला ।
मोराहरु कत्तिको चलाख भएका लोकतन्त्रमा । मेरो सारा सम्पत्ति कहांकहां छन पत्ता पो लगाएछन् । तर जे होस् यिनिहरुले मेरो स्विस बैंकमा भएको पैसा र सुनको भने पत्तै पाएका छैनन् । यि मोराहरुले थाहा पनि पाउंदैनन नै । यत्तिको चलाख त को नै छ र यहां हैन ।
आहां हेर मेरा ति दिनहरु । सपना नै बनिहाले । चारैतिर जयजयकार । पत्रिकामा फोटो र समाचार नै समाचार । विरोधै गरेर लेखेपनि दिनकै नाम त आउंथ्यो नी । तर अहिले त फोटो छापिन पनि मुस्किल नै पर्यो । नाम पनि फाट्टफुट्ट मात्र आउंछ । सबै फोटो पत्रकारलाइ खवर गरेर असनमा हात्तिछाप चप्पल लगाएर हिडिदिन्छु अनी । आं यस्तो त गर्नु हुन्न है । म त राजाा पो श्री ५ ज्ञानेन्द्र । फेरी मैले नै शासन गर्ने दिन आउन के बेर ।
अहिलेको सबैभन्दा बलिया नेता भनेका गिरिजा त हुन् नी । उनी मेरो पक्षमा छदैछन् । सेरेमोनियल भनेरै भएपनि मेरो अस्तित्व राखेभने त फेरी देखाइदिइ हाल्छु नी मेरो पावर । तुल्सि गिरि छंदैछन्, यि बुढाहरु गए भनेपनि कमल थापा छदै छ नी । यो एउटा थापा भएपनि म शासन गरिहाल्छु नी ।
तर डर त कतै सबै मिलेर गिरिजालाइ पनि मेरो विरुद्ध भड्काउनछन् कि भन्ने डर छ भन्या । यि गिरिजा बाहेक अरु कसैले सेरेमोनियल भनेको सुन्नै सक्दैनन् जस्तो छ । के गर्ने पशुपति शमशेरकै पार्टी फुटाइयो । बुबाज्यले विश्वास गरेका थापाकाजीलाइ विश्वासमा लिन सकिएन । यि दुइ जना मात्र मेरो पक्षमा पुर्ण लागेका भए त म पनि बलियै हुन्थे नी । मैले माघ १९ पछि यि दुबैलाइ नटेरे पनि यिनिहरुले नुनको सोझो भने गरेकै छन् है । जे होस् मान्नै पर्छ यिनिहरुको नुनभक्तिप्रति भने ।
सबैभन्दा अप्ठ्रो त माओावदीले पो पार्लान् जस्तो छ । तर, यिनिहरु पनि गिरिजाको पुच्छर जस्ता छन् । गिरिजाले भनेपछि भन्यो भन्यो हैन । लजा सेरेमोनियल नै भएपनि ठिकै त छनी । तर खोइ के खोइ के भने झै त्यो सेरेमोनियल पनि खोसिदिए भने त मेरो सन्तानको त विजोग नै हुन्छ नी ।
हुन पनि म पछि यो राजकाज चलाउने हुति भएको को नै छ र । पारसेलाइ रक्सि र तरुनी भएपछि केही चांहीदैन । त्यस्ती राम्री बुहारी छ र पनि कस्तो बाहीर हिड्नु परेको कुकुर झै । उसकी आमा त्यत्रि मोटी छ र त मैले चित्त बुझाएर बस्नु परेको छ । के मेरो चै मन छैन र रमाइलो गर्ने । तर के गरी गर्नु कहां जानु । जताततै पत्रकार नै पत्रकार छन् जस्तो लाग्छ । त्यो जनआस्था भन्नेले थाहा पायो भने लेखिहाल्छ । के हो के हो भन्या मेरा जासुस भन्दा पनि बलियो छ त्यो किशोर भन्ने । दरवारमा भएको जत्ति सबै थाहा पाउंछ । भयो बरु यि मोटी बुढिनै ठिक छ । सबै मोज त्यही मोरो पारसले नै गरोस् ।
जस्तो बाउ त्यस्तै छोरो । विउ कस्तो - अब पारसको ठाउंमा उसको छोरालाइ राजा बनाइदिउनत भन्ने सोच थियो मेरो लठेब्रो पो निस्कियो । धन्न गिरिजाले छोरी पनि राजा बन्ने कानुन बनाउन भनेको मान्यो । नमानेको भए त बर्वाद नै हुन्थो नी । त्यो लठेब्रो ले कसरी राजकाज सम्हाल्थ्यो ।
यसो विचार गर्दा त गोरखनाथ बाबाले भनेको ठिकै हो जस्तो लाग्यो । क वाट शुरु भएको राजकाज ज्ञ मा आइपुगिसक्यो के गर्ने । कस्तो जुरेको पनि हो ।
आं कत्ति सम्झनु ति दिन । बरु यसो बाहीर कतै घुम्न जान पाएपनि हुन्थ्यो । गिरिजालाइ फकाउन पर्लाजस्तो छ । शानेवानीको बोइङ्ग मात्र दिए पनि त हुन्थ्यो नी फेरी अफि्रकै घुम्न गइदिन्थे । अब गए भने त यो मोटीलाइ ज्यान गए लैजान्न नी । यहां त यातना दिइ दिइ उता पनि संगै टासिएर कस्तो यातना दिएको । बुढो भएपछि हड्डीदेखी नै चिलाएर आउंछ भनेको ठिकै रहेछ । जत्ति भएपनि नपुग्ने । अनुहार हेर न छि यस्तीलाइ महारानी बनाउनु परेको छ ।
उफ् हैन के गर्ने होला भनेको । त्यत्रो राजनीति गरियो, सबैको काम हुन्छ हुन्छ बुझे बुझे भनेको नै थिए । तर पनि यि सात दलले मलाइ थाग्नामा नै सुताए भन्या । कत्रो जयजयकार थियो । राष्ट्रिय अन्तराष्ट्रिय सबैतिर मेरै चर्चा मात्र । टिभि, पत्रिकामा मेरै नाम वाह क्या रमाइलो थियो त्यो दिन ।
मन्त्रिपरिषद्को बैठक भन्यो तुल्सि, विष्ट, कमलेलाइ बोलायो । अनी गफ दियो यो गर त्यो गर भनेर । अनी निर्णय गर्दा आफुलाइ जे फाइदा हुन्छ त्यही गर्यो । डाडु पन्यु सबै आफ्नै हातमा थियो । तर अहिले त सबै लुटेर लगे असत्तिहरुले ।
हैन उनीहरुसंग भएको कुन क्षमता मसंग छैन र भन्या । पढाइको कुरा गर्ने हो भने अहिले सात दलका सबै नेताभन्दा बढि पढेको छु । त्यो प्रचण्डेले पनि मेरो जत्ति पढेको रहेनछ । राजनीति पनि सिकेकै हो । त्यो पनि बुबाहजुरवाटै सिकेको । झुट बोल्न पनि आउंछ उनीहरुको जस्तै सबै हुन्छ हुन्छ म गर्छु भनेकै हो ।
यि सबै गरेर गिरिजा सफल हुने, त्यो एमालेका के रे….. एकचोटी प्रधानमन्त्री हुन विन्तिपत्र हालेको थियो नी अं…… नाम पनि कस्तो विरसेको । अं याद आयो नेपाल नेपाल होले सबैको तालि खाने, त्यो लठेब्रो देउवालाइ पनि स्विकार्ने । तर मलाइ किन नरुचएको होला ।
बरु म पनि एउटा पार्टी पो खोल्नुपर्यो कि क्या हो । अं….. राष्ट्रिय शाहीवाद पार्टी । चुनावचिन्ह श्रीपेच । कमलेको पार्टी यसेमा गाभ्यो, अं त्यो केशरेको पनि पार्टी छ क्यारे त्यसलाइ पनि मिलाउंछु । अनी त्यो मुस्कान, एकता सेकता के के भन्ने छ नी सबै एकिकरण गर्यो । वाह पार्टी अध्यक्ष म नै । अनी कोइरालाले जे जे गरेका छन् म पनि त्यही त्यही गर्छु । आफु अध्यक्ष, मोटिलाइ उपाध्यक्ष।….. हैन महिला विभाग प्रमुख, उपाध्यक्ष बुहारीलाइ बनाउनु पर्छ । छोरालाइ पनि पद त दिनै पर्यो । नत्र आफुले हिजो जे गरेको थिए त्यही दोहोर्याउला भन्ने टेन्सन । उसलाइ महासचिव बनाइदिन्छु । सल्लाहकारहरुमा तुल्सि,विष्ट, भरते छंदै छन् हैन ।
तर, कोइरालाको धेरै कुरा सिक्न बांकी छ । यसो दरवारमा आएपनि त सिक्न पाइन्थ्यो नी हिजोआज आउंदैन । अ नयां जुक्ति निकाल्नु पर्यो । भरे नै पिएम कोइरालाको इमेल एड्रेस सोध्नुपर्यो अनी च्याटमा राजनीतिक प्रशिक्षण लिनुपर्यो । त्यसपछि चित्त बुझ्यो भने पार्टी नै खोल्नु । लजा ।
ओहो धेरै रात परेछ । हेरन मोटी घुरेको । आं… आज त्यो राम्री सुसारेको कोठामा जान्छु ।
Its from
www.hamroblog.com