खिचकडी मुक्तकहरु
१ कहिले भोको पेट सुतेकोछु
कहिले आधा निन्द्रामा पनि गुडेकोछु
त कहिले
सिरानी बिझाएर सुतेकोछु
कहाँ बाट सुरु गरु
यो अम्रिका शहरमा
मैले धेरै मस्ती गरेकोछु
२ नजगाई देउ
मेरो पुरुषार्थलाई
कहिले ओठ टोकी
कहिले लाजले शिर झुकाई
घुमाई दिउला स्वर्ग नगरी
जवानिको खेलमा भुलाई
३ के गछौ ए मुर्खहरु
भाले-पोथी पिरती
आफु भोकै बसी पोथिलाई चारो खेलाउने
आफु रोई दुनियाँलाई हसाउने
बेलैमा होस् गर
जातोमा मकै पिसिए झै पिसिदाँ थाहा पाउछौ
४ कहिले माओको बन्दुक पड्कियो
कहिले र्हितिक कान्डा मच्चियो
त कहिले मदेश करायो
खै कसरी भनु ?
देशमा शान्ति हरायो
गिरिजाहरु कति आए गए
देउवाको त के कुरा
एउटै आशा थियो माईला दाईको
तर चलाई दिए छुरा
प्रचन्ड होस् या बाबुराम
मादव होस् या गिरिजा
अब नेपालमा शान्ति आउने
भगवान भरोसा
५ मुगयनी नयन तिम्रो
रेसमी कपाल
नागबेली चाल तिम्रो
दन्त माछापुछ्रे हिमाल
मदहोश भए म
लट्ठा भए म
आह्ँ कति सुन्दर स्याउ जस्तो गाला
धेरै उत्ताउली नबन मोरी
भ्याकुतले किस् खाला
६ थामी दिन्छन धड्कनहरु
जब तिमीलाई देख्दछु
अनयाँसमै रोक्छन पाईलाहरु
जब तिमैलाई हेर्दछु
प्रिय
डुब्न चाहन्छु म तिम्रो मायाको गहिराईमा
मलाई डुब्न देउ
सारा संसार भुलेर
तिम्रो अं गालोमा बाधिन चाहन्छु
म आफैलाई भुल्न देउ