source: NEPAL
कमरेडहरुसँग कार्टर
कार्टरमार्फत अमेरिकी नीति नरम बनाउने माओवादी प्रयास
दीपक अधिकारी
विविश्वमै कम्युनिस्टविरोधी राष्ट्रका रूपमा चिनिएको संयुक्त राज्य अमेरकिाका पूर्वराष्ट्रपति जेम्स अर्ल -जिम्मी) कार्टरले मङ्सिर ७ गते नेपाली सांसदहरूबाट एउटा अनपेक्षित प्रश्नको सामना गर्नुपर्यो । नेपालको संसद्मा बहुमतमा रहेका कम्युनिस्ट दलहरूप्रति अमेरकिी रवैया कस्तो रहन्छ ? अमेरकिाको जर्जिया राज्यस्थित एटलान्टामा मुख्यालय रहेको कार्टर सेन्टरका सह-संस्थापकका हैसियतमा नेपाल भ्रमणमा आएका कार्टरले अमेरकिाको पहिलो सरोकार प्रजातन्त्र भएको बताउँदै सबै राजनीतिक शक्ति मिलेर जानुपर्ने विचार व्यक्त गरे ।
पाँच महिनापछि नै दोस्रो नेपाल भ्रमणमा आएका कार्टरले सांसदहरूलाई सम्बोधन गर्दै भने, "तपाईंहरूले महत्त्वपूर्ण निर्णयहरू गरसिक्नुभएको छ । शान्ति र प्रजातन्त्रका लागि प्रस्ट बाटो तय भइसकेको छ । नेपाल गणतन्त्र हुने आमसहमति देखिइसकेको छ । तर, यो घोषणालाई कानुनी रूपमा अपरविर्तनीय बनाउनु जरुरी छ ।" उनले प्रस्ट सङ्केत दिए, राजतन्त्रको छिनोफानो संविधानसभाको चुनावले गरेमा मात्र त्यो अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुनेछ । अर्थात्, माओवादीले भनेजस्तै तत्काल संसद्बाटै गणतन्त्रको घोषणा कार्टरहरूलाई स्वीकार्य छैन । यस्ता कतिपय विषयमा गहिरो मतभेद रहे तापनि कार्टरसँग बढ्दो सम्पर्क/सम्बन्धले निकै ऊर्जा दिएको छ माओवादीहरूलाई ।
ँआतङ्ककारी’ सँग भेटघाट
कार्टरले नेपालमा रहँदा प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म र भारतीय राजदूतदेखि प्रमुख निर्वाचन आयुक्तसम्म धेरैलाई भेटे । तर, अर्थपूर्ण भेटघाट थियो नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग । पाँच महिनापहिलेझैँ यसपटक पनि प्रचण्ड र उनका सहकर्मी नेता डा बाबुराम भट्टराई मङ्सिर ६ गते बेलुकी सोल्टी होटल गई कार्टरसँग एक घन्टा भलाकुसारी गरेका थिए । आफ्नो देशले जसलाई आतङ्ककारी घोषित गरेको छ, तिनैसँग दोस्रोचोटि खुला भेटघाट गरेर कार्टरले उनीहरूलाई एक किसिमको 'वैधता' दिएका छन् ।
नयाँ सम्बन्धबाट माओवादीहरू पनि प्रसन्न छन् । कार्टरलाई भेटेपछि माओवादी अध्यक्ष प्रचण्डले भने, "पाँच महिनाअघि -कार्टरसँग भेट्दा) र अहिलेको स्थिति फरक छ । औपचारकि रूपमा त -सम्बन्ध) सुध्रेको भन्न मिल्दैन तर अनौपचारकि रूपमा पहिलेको जस्तो कटुता अहिले छैन ।"
गत जेठको पहिलो भेटमा कार्टरले 'अमेरकिी सरकारसँग कुरा गरेर माओवादीसँगको सम्बन्ध सुधार्न कोसिस गर्ने' वचन दिएका थिए । कार्टर सेन्टर स्रोतका अनुसार, कार्टरले नेपाल भ्रमणपश्चात् ह्वाइट हाउसलाई बुझाएको प्रतिवेदनमा पनि माओवादीलाई 'इन्गेज' गर्नु जरुरी भएको उल्लेख गरेका थिए । यसबीच विभिन्न माध्यमबाट अमेरकिी संस्थापनसँग अनौपचारकि सम्पर्क स्थापित भइसकेको प्रचण्डले खुलासा गरेका छन् । त्यसैको परण्िााम हुनसक्छ, यसअघि माओवादी नेताहरूलाई आफ्नो देशमा प्रवेशाज्ञा नदिएको अमेरकिाले संयुक्त राष्ट्रसङ्घको ६२ औँ साधारणसभामा भाग लिन माओवादी सांसद जनार्दन शर्मा -प्रभाकर) र सुरेश आलेमगरलाई पहिलोपटक प्रवेशाज्ञा दिएको छ, भलै आधिकारकि सूचीमा उनीहरू आतङ्ककारी नै कहलिएका हुन् ।
माओवादी जनसेनाका एक डेपुटी कमान्डर प्रभाकर अमेरकिी भूमिमा पुगेकै बेला यता नेपालमा रहेका बाँकी तीन डेपुटी कमान्डरहरू वर्षमान पुन -अनन्त), नन्दकिशोर पुन -पासाङ) र चन्द्र खनाल -बलदेव) सँग पनि कार्टरले छुट्टै कुराकानी गरेका छन् । प्रचण्ड-बाबुरामलाई भेटेलगत्तै कार्टरले उनीहरूसँग सोल्टी होटलमै एक घन्टा वार्तालाप गरेका थिए । त्यस क्रममा उनले जनसेनाको अवस्था, यसको प्रमाणीकरण, नेपाली सेनामा यसको प्रस्तावित समायोजनलगायतका विषयमा जिज्ञासा राखेका थिए । वाईसीएलको पृष्ठभूमि र वर्तमान क्रियाकलापबारे पनि उनले प्रश्नहरू गरेका थिए ।
"स्थायी शान्ति स्थापना हुनुपर्छ र लोकतन्त्र संस्थागत गरनिुपर्छ, त्यसका निम्ति हामी सहयोग गर्न तयार छौँ," कार्टरको भनाइ उद्धृत गर्दै माओवादी नेता अनन्तले बताए, "हामीले समग्र राज्यको पुनःसंरचना हुनुपर्ने र जनमुक्ति सेना तथा नेपाली सेनाबीच समायोजन गरी नयाँ राष्ट्रिय सेना बनाइनुपर्ने आफ्नो धारणाबारे पनि अवगत गराएका थियौँ ।"
कार्टर-कार्ड
अमेरकिी नेतासँग माओवादीहरूले 'कूटनीतिक पहलकदमी' बढाउने नीति अन्तर्गत सम्पर्क राखेका हुन् । नत्र त नेपाली सेनालाई आफूविरुद्ध लड्न यथेष्ट सैन्य सहयोग दिएपछि अमेरकिालाई उनीहरूले नम्बर एक शत्रुमध्येमै राखेका थिए । र, उसबेला नेपालमा 'साम्राज्यवादी' अमेरकिाको प्रभाव रोक्न 'विस्तारवादी' भारततिर हात फैलाएका थिए । त्यही सम्बन्धको उत्कर्षका रूपमा भारतको सहजीकरणमा सात दल र माओवादीबीच १२ बुँदे समझदारी सम्भव भएको थियो । तर, केही समययता माओवादीको भारत-सम्बन्ध उतारचढावबाट गुजि्ररहेको छ र समग्रमा यो चिसिँदै गएको छ । यस्तो अवस्थामा कतै भारतलाई सन्तुलनमा राख्न माओवादीहरू कार्टरमार्फत अमेरकिासँग नजिकिन खोजेका त होइनन् ?
कार्टरसँगको भेटपछि प्रचण्डले भारतसँग बढ्दै गएको दूरीबारे त प्रस्ट उल्लेख गरेनन् तर त्यसको सङ्केतचाहिँ गरे । "हाम्रो समस्याको समाधान वासिङ्टन, दिल्ली कहीँ छैन, नेपालमै छ," कार्टरमार्फत आफ्नो दलको अन्तर्राष्ट्रिय छवि सुधि्रएको बताउँदै उनले भने, "उहाँको प्रयत्न -अमेरकिासँग) सम्बन्ध सुधि्रयोस् भन्ने छ ।"
माओवादीलाई मूलधारमा ल्याउन सघाउनुपर्छ भन्ने धारको प्रतिनिधित्व गर्छन् कार्टरले अमेरकिी संस्थापनमा । उनको 'लबिङ्' को प्रभाव केही हदसम्म देखिन थालिसकेको छ । कार्टरसँगको भेटलाई माओवादीले आफूबारे अन्तर्राष्ट्रिय समुदायमा रहेको 'भ्रम' निवारण गर्नसमेत प्रयोग गरेका छन् । कार्टर-भेटपछि प्रचण्डले भने, "हाम्राबारेमा अन्तर्राष्ट्रिय समुदाय र देशभित्रै पनि शान्ति प्रक्रिया छाडेर जाने हो कि भन्ने भ्रम पार्न खोजिएको छ, त्यसलाई साफ गर्न हामी संसद्भित्र गएको उहाँलाई जानकारी गरायौँ ।"
प्रचण्डले अगाडि बताए, "व्यवहारबाट -हामीले) के बुझेका छौँ भने -अमेरकिासँग) कूटनीतिक सम्बन्ध विकास/विस्तार गर्ने क्षेत्रमा प्रगति भएको छ ।" माओवादीको तत्कालको सरोकारचाहिँ आफ्नो पार्टीलाई अमेरकिाको विदेश मन्त्रालयको आतङ्ककारीको सूचीबाट हटाउनु रहेको छ । त्यसका निम्ति पनि कार्टर-कार्ड उपयोगी बन्न सक्ने उनीहरूको आकलन हुनसक्छ ।
अमेरिकी नीतिमा बदलाव ?
प्रचण्डले कार्टरलाई दोस्रोचोटि भेटेपछि भनेका थिए, "-जेम्स एफ) मोरयिार्टी राजदूत हुने बेलाको स्थिति र अहिलेको स्थितिमा धेरै फरक छ ।" तर, प्रचण्डले यसो भनिरहेकै बखत अमेरकिी सरकारचाहिँ मोरयिार्टीलाई नेपाललगायत केही दक्षिण एसियाली मुलुक हेर्ने गरी उप-सहायक मन्त्रीमा नियुक्त गर्ने तरखरमा थियो । नेपालमा राजदूत छँदा माओवादीविरोधी छवि बनाएका मोरयिार्टीलाई यसअघि बङ्गलादेशको राजदूत नियुक्त गरएिको थियो । त्यो रद्द गरी उनलाई नेपालमा समेत प्रभाव राख्ने उपल्लो जिम्मेवारी दिइनुले माओवादीसम्बन्धी अमेरकिी नीतिमा आधारभूत परविर्तन नआएको कतिपय विश्लेषकहरूको दाबी छ ।
एक जानकारका शब्दमा, "अचेल माओवादीप्रति अमेरकिा केही लचिलोजस्तो देखिएको छ । तर, उसले अपरेसनल र ट्याक्टिकल रूपमा त्यसो गरेको हुनसक्छ । उसको मूलभूत नीति त पहिले जे थियो, अहिले पनि त्यही नै छ ।" नेपालमा भारतको प्रभाव बढ्दै जाँदा अमेरकिाले पछाडिको ढोकाबाट भूमिका बढाउन खोजेको चाहिँ हुनसक्ने ती विश्लेषकको अनुमान छ ।
'पछाडिको ढोका' बाट माओवादी वृत्तमा पस्ने अमेरकिी व्यक्तित्व राष्ट्रपति कार्टर बन्न पुगेका छन् । पाँच महिनाअघि नेपाल भ्रमणबाट र्फकने क्रममा कार्टरले आफू संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्न आउने बताएका थिए । त्यो निर्वाचन त भएन तर संयोगवश उनी त्यही तिथिमा फेर िनेपाल आइहाले । सरकारले कार्टर सेन्टरलाई निर्वाचन पर्यवेक्षणका लागि स्वीकृति दिएको थियो । तर, चुनाव अनिश्चित भएको अवस्थामा पनि सेन्टरको सक्रियता यथावत् छ । कतिपयले यसलाई अमेरकिी संस्थापनको दीर्घकालीन नेपाल-रुचिसँग पनि गाँसेर हेर्न थालेका छन् ।
'शान्ति राजदूत' का रूपमा कम्युनिस्ट मुलुक उत्तर कोरयिादेखि निकारागुवा र क्युबामा समेत सक्रिय रहेका कार्टरका निम्ति नेपाल व्यक्तिगत रुचिको क्षेत्र पनि हो, जहाँ उनी सन् १९८४ मै निजी पदयात्रामा आएका थिए । उनले नेपालको द्वन्द्व समाधानमा मध्यस्थको भूमिका खेल्न सक्ने आशयको पत्र ०५६ सालमै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पठाएका थिए । भलै, उनले चाहेजस्तो मध्यस्थको भूमिका त पाएनन् तर जनआन्दोलन-२ पश्चात् उनको 'नेपाल प्रोजेक्ट' औपचारकि रूपमै प्रारम्भ भयो ।
नेपाली जनताले नै माओवादीलाई सकारसिकेपछि उनीहरूसँग सम्पर्क बढाउनुपर्छ भन्ने कार्टरको मान्यता रहेको समाचार स्रोत बताउँछ । डेमोक्रेटिक दलबाट ३९ औँ राष्ट्रपति -सन् १९७७-१९८१) चुनिएका कार्टर राष्ट्रपति जर्ज बुसका कट्टर विरोधी मानिन्छन् । एक वर्षपछि हुने चुनावमा कार्टरको डेमोक्रेटिक पार्टीकी सम्भावित उम्मेदवार हिलारी क्लिन्टन राष्ट्रपति चुनिएको खण्डमा त्यसले अमेरकिामा पहिलो महिला राष्ट्रपतिको रेकर्ड मात्र राख्ने छैन, वासिङ्टनको नेपाल नीतिमा पनि धेरथोर बदलाव आउन सक्छ ।
पाँच वर्षअघिको कुरा हो । आफ्ना नागरकिलाई क्युबाको भ्रमण नगर्न अमेरकिी सरकारले 'ट्राभल एड्भाइजरी' जारी गरेको थियो । तर, त्यसको उल्लङ्घन गर्दै हवाना पुगेर त्यहाँका राष्ट्रपति फिडेल क्यास्ट्रोलाई भेटेका थिए उसबेला जिम्मी कार्टरले, जसरी अहिले काठमाडौँ आएर अमेरकिी नजरका 'आतङ्ककारी' प्रचण्डसँग भलाकुसारी गरेका छन् । एउटा तथ्य के भने अमेरकिी सरकार आफैँ पनि विभिन्न तरकिाले आफ्ना शत्रु पक्षसँग समेत सम्पर्कमा रहिरहेको हुन्छ । कार्टरले ठ्याक्कै अमेरकिी रुचिको प्रतिनिधित्व नगरे तापनि उनको माध्यमबाट माओवादी र अमेरकिा दुवैलाई एकअर्कासँग सामीप्य बढाउन सहज भएको छ ।
Last edited: 28-Nov-07 10:55 PM
Last edited: 28-Nov-07 10:56 PM