नमस्ते माटसाप,
दुई दशकको अन्तरालां तपांई लाई चिठ्ठी लेख्दैछु । माटसाप, धेरै भयो विदेशिएको पनि, सुन्छु अचेल त विदेशीने लहर नै चल्याछ रे नेपालां । रिन, धन जे जस्तो गरी भए पनि सके अमरीका, बेलायत युरोप नसके अरब खाडी, नभए मलेशियासम्म भएपनि जानै पर्ने बाध्यता छ रे , कति त भए भरको जेथो, जग्गा बेचेर विदेश जाने चक्करां परेर घर न घाटको भा छन् रे, घाँटी रेटेर नेपालीहरुको निर्मम हत्या गरीएको अस्त ब्यस्त मुलुकां पनि नेपालीहरु ज्यानको बाजी थापेर गईराछन् रे , रात दिन जोतीराछन् रे, नगएर पनि के गरुन त माटसाप ? आफ्नै देशमा पनि मरीने र बाँचीने टुगों छैन । गाउँ, अब त्यो पहिलको जस्तो गाउँ रहेन रे हैन त माटसाप ? न शान्ति छ, न त जिउ ज्यानको सुरक्षा । बिचरा निसहाय गाउँलेहरु घरबारी, पुर्खाको थलो छाडेर शहर पस्न बध्य थिय आझै गाम् फर्कन सकेका छैनन्, रानधानीको जनसंख्या तिब्र छ रे , महंगी को त कुरै नगरौं, हैन त माटसाप । घरभाडा पनि धुरीमा चद्या होला । सुन्छु, दुई ढुगोंको तरुल, नेपाल र त्यस्का जन्ता, नेपालीहरु अब त आफ्नै देशां पनि तरुल भाछन् रे, जताततैबाट चोट पाउने जन्ता नै हैन त माटसाप ?
वर्षौंसम्म के के न गर्छु भनेर उफ्रिने नेताज्यूहरु पनि आफ्नै भूंडी भर्न थाल्नाले अब चाहि नया नेपाल र गणतन्त्र को कुरा “काम कुरो एकातिर कुम्लोबोकी ठिमी तिर” भन्या जस्तै भको छरे, चिया खाने पैसोसम्म खल्तीमा नहुने नेता ज्यूहरु अहिले पजेरो चढ्छन रे, बेंकां पैसो नअटाएर पानीट्यांकीमा राख्छन रे । शहीदको रगतको कत्रो बेवास्ता, हैन त माटसाप ? त्यत्रो पैसो कांबाट आहोला कुन्नी ? गुदीको कुरो हामी जस्ता सोझालाई के था ? उनीहरु भन्दैनन् कानुनले सोच्दैन, अख्तियारले आफैलाई ओखती गर्दैछ होला क्यार ? छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी, विचरा निमुखा जन्तालाई भने दुई छाक टार्न धौ धौ । पैसो कमाउने मानसायले कर्मठ युबा मात्रै विदेशीएका छैनन्, नेताहरु पनि विदेशीराछन् , कलाकारहरु विदेशी राछन् ।
नेताहरु यहाँ पनि आउछन् माटसाप, भाषण छाट्छन्, प्रजातन्त्रको दुहाई दिन्छन्, सानातिना नेताहरु यतै घरजम गरि बस्छन्, ठूला नेता हरु नेपाल फर्किन्छन् । मिल्ने भए, लाज नलाग्ने भए ती पनि फर्किदैनथे माटसाप । दुताबासां भिसा दिनेलाई पनि मुश्कील, छुट्याउनै गाहृो, को फर्केला ? को साचों हो भन्नै नसकीने । अस्ती भर्खरै एउटा सभामा एकजना नेता ज्यूले भन्नु भो, कपालां जुम्रो पर्यो भनेर टाउको काट्न मिल्दैन, प्रजातन्त्र भन्या टाउको हो । अचम्मै हैनत माटसाप, टाउको काटे त मरिहालिन्छनी, कपाल काटे के विग्रीन्छ र, टाउको भरी जुम्रा पर्यो भने । ओखती गर्दा पनि, जुम्रा मरेन भने कपाल काटे भो नी, नयाँ कपाललाई पनि त मौका दिनु पर्यो नी, हैन त माटसाप ?
अर्कातिर चै सुन्छु सर्बहाराबर्गको नेतृत्व हुनु पर्यो भनेर गणतन्त्रको लागि आन्दोलन गर्ने माओबादी हरु पनि चुनाब हार्ने डर् ले समानुपातीक को खोल् ओडिराछन् रे। ति सोझा जन्तालाई के थाहा ? के प्रजातन्त्र हो के गणतन्त्र ?उनिहरु लाई त सान्ती चाहियकोछ, सुरक्ष्या चाहियकोछ। “मह” जोडीले भन्या जस्तै प्रजातन्त्र पनि जस्तो जस्तो खल्ती र आकारमा राख्यो, उस्तै उस्तै हुन्छ रे ,हो माटसाप ?
खै सतीले सराप्या हो की क्या हो? ? जन्ताले कहिले सुखको सास फेर्लान कहिले शान्ति आउला ? तपाईले बाह्रखरी पढांउदा क पछि ख आउँछ भन्नुहुन्यो । अब नेपालां के आउला त माटसाप ? कहिले विदेशीने लहर घट्ला ? कहिले दुधको दुध, पानीको पानी होला ? जुठो पर्दा चोखाए जस्तै माटसाप, लुट्नु लुटेपछि नकद दिएर चोखिनेहरुलाई कहिले कार्वाही होला ? जन-आन्दोलन-दुई मा जनता ले देखेको सपना कहीले पुरा होला? शम्बिधानसभा को चुनाब कहिले होला? नेताहरुको घैटोमा कहिले घाम लाग्ला? समग्र नेपाल कहिले उन्नतीको बाटोमा लम्कला माटसाप ? आजलाई यती नै, अर्को चिठ्ठीको प्रतीक्षा गर्नुहोला र फुर्सद भए उत्तर पाउँ ल माटसाप । तपाइको विद्यार्थी
- परिकल्पना, विदेशबाट