[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 एन डब्लु जी एन (अमेरिका ) ले आमाको घरलाई आर्थिक सहयोग जुटायो
[VIEWED 1698 TIMES]
SAVE! for ease of future access.
Posted on 01-04-13 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                          एन डब्लु जी एन  (अमेरिका ) ले आमाको घरलाई आर्थिक सहयोग जुटायो 

                                    

अमेरिका ,पौष २१ गते (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तेश्रो सम्मेलन गत अक्टोबर ७ ,२०१२ का दिन अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सफलतापुर्वक सम्पन्न गर्यो र  सम्मेलनको मूल नारा  'सहकारिता र सक्रियताबाद द्वारा महिला सशक्तिकरण ' राखिएको थियो lतेश्रो सम्मेलनको मूल ध्येह नेपाल स्थित आमाको घर अर्थात् समाज सेवी दिलशोभा श्रेष्ठलाई अभिनन्दन गर्ने र आर्थिक सहयोग जुटाउनु रहेको थियो lदिलशोभा श्रेष्ठले टुहुरा ,सडकमा बस्न बाध्य भएका बालबालिकाहरु र हेलाको पात्र तथा आफ्नै सन्तानहरु द्वारा घरबार बिहिन भएका बृद्धहरुको लागि काठमाडौँमा बृद्ध आश्रम बनाउन कल्पना गरेको चाहनालाई सहयोग पुर्याउनु थियो l

 

(एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघले बिगतमा नेपालबाट सपना मल्ल प्रधान तथा मन्दिरा शर्मालाई सम्मेलनमा आमन्त्रण गरि सकेको थियो भने यस पाली अधिकारकर्मीबाट समाज सेवी लाई छनौट गरेको कुरा सघ कि अधक्ष्य बिष्णु कुमारी थापाले एक छापा बिज्ञप्तिमा जनाएकी छिन् lउक्त सम्मेलनमा उपस्थित समाजसेवी ,संचार कर्मी ,संघ तथा संस्थाहरुमा आबद्ध व्यक्तित्वहरु ,उद्योगी तथा ब्यापारीहरुले मन फुकाएर गच्छे अनुसार सहयोग गरेका थिए भने समाज सेवी दिल शोभा श्रेष्ठलाई अमेरिकामा स्थापना भएको एन डब्लु जी एन )विश्व संजाल नेपाली महिलाको अगुवाईमा अमेरिका भ्रमण गराएको उक्त अवसरमा अमेरिकाको विभिन्न राज्यहरु ,क्यालिफोर्निया ,बाल्टिमोर ,क्यानाडा ,वाशिंगटन डिसी तथा न्यु योर्कमा लगाएत राज्यहरुबाट गरि करिब बीस लाख नेपाली रुपैया जुटाउन सफल भएको र यसले बृद्ध आश्रम बनाउन केहि सहयोग हुने छ भनि अधक्ष्य बिष्णु कुमारी थापाले जनाएकी छिन् l

 

उनले छापा बिज्ञप्तिमा समुदाय सदश्यहरु ,संचारकर्मीहरु तथा मानव सेवा प्रति सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिएकी छिन्  र आर्थिक सहयोग गर्नु हुने चन्दा दाताहरुको नामावली पनि उल्लेख गरिएको उक्त बिज्ञप्तिमा जनाईएको छ lर आफ्नो कार्यकाल समाप्त हुने जानकारी दिदै समाज सेवी दिल शोभालाई बोलाई सफलता पुर्वक सम्मेलन गराएकोमा खुशी व्यक्त गरेकी छिन l समाजसेवी दिलशोभा नेपाल पुगेता पनि तेश्रो सम्मेलन देखि निरन्तर संघको पहल द्वारा यति रकम जुटाउन सफल भएको जानकारी बिष्णु कुमारी थापाले दिएकी थिईन l 

 

विजय थापा 

हाल भर्जिनिया ,सयुक्त राज्य अमेरिका

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
From Trump “I will revoke TPS, and deport them back to their country.”
Nepali Psycho
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters