[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ए एन ए निर्वाचन समिति गठन र जुलाई ४ मा निर्वाचन हुने घोषणा
[VIEWED 1340 TIMES]
SAVE! for ease of future access.
Posted on 04-19-14 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बैशाख ६ ,भर्जिनिया
विजय थापा

अप्रिल ११ तारिखमा बसेको ए एन ए (दि एसोसिएसन अफ नेपालिजइन अमेरिका )को कार्यकारी समितिको बैठकले सर्बसम्मती द्वारा निर्णय गरि र उक्त निर्णयलाई पारित गर्दै निर्वाचन समितिको गठन गरेको छ l उक्त निर्वाचन समितिको गठन गर्नुको साथै जुलाई ४ तारिखमा निर्वाचन गर्ने र जुलाई ५ भित्र निर्वाचनको नतिजा घोषणा गर्ने भएको छ l

निर्वाचन समितिमा डिसी महानगर क्षेत्रका अभिनेता सरोज खनाल ,न्युयोर्कका संचारकर्मी तथा युएसनेपाल अनलाईन डटकमका सम्पादक प्रदिप थापा मगर ,क्यालिफोर्नियाका लेखा परीक्षक (सीपीए )राजेन्द्र सिवाकोटी रहेका छन् भने महिलाहरुको सहभागितालाई उच्च प्राथमिकता दिदै आधा आकाश ढाकेका महिलाहरुको तर्फबाट प्रतिनिधित्व हुने गरि क्यालिफोर्नियाबाट सीता गुरुङ तथा फ्लोरिडा नेपाल संघ /अनेसास फ्लोरिडा शाखाकि बिना पाण्डेलाई समितिमा मनोनित गरिएको छ l

ए एन ए निर्वाचन समितिको प्रमुख निर्वाचन आयुक्तमा लेखा परीक्षक (सीपीए )राजेन्द्र सिवाकोटी रहेका छन् भने नव नियुक्त प्रमुख निर्वाचन आयुक्त राजेन्द्र सिवाकोटीले ए एन ए कार्यकारी समितिले दिएको जिम्मेबारीलाई शिरोधार्य गर्दै निर्वाचन जुलाई ४ मा नै हुने र पूर्ण बिधान अनुसार निर्वाचन गराईने प्रतिबद्दता जाहेर गर्दै ए एन ए कार्यकारी समितिलाई धन्यबाद दिएका छन् l

निर्वाचन सन् जनवरी १५ ,२००९ तारिखमा संसोधित बिधान अनुसार हुने छ र यहि बिधान अनुसार २०११ को डिसी सम्मेलनमा पनि निर्वाचनको घोषणा गरिएको थियो l नव गठित निर्वाचन समितिलाई बिधानको ब्याख्या गर्नु परे ,राय ,परामर्स तथा सल्लाह लिनु परेमा सल्लाहकार समितिको गठन समेत गरिएको छ l सल्लाहकार समितिमा अमेरिकाको न्युयोर्कमा कानुनी व्यवसायीको रुपमा लामो समय देखि रहदै आएका अधिवक्ता तथा कानुनविद बिनोद रोका ,केशब सेडाई र रमेश श्रेष्ठलाई मनोनयन गरिएको छ l ए एन ए को निर्वाचन पूर्ण प्रजातान्त्रिक तथा पारदर्शी सम्पन्न गराउन कुनै कसर नछोड्ने प्रमुख निर्वाचन आयुक्त राजेन्द्र सिवाकोटीले बताए l गत पौष २३ गते ३२ औ ए एन ए सम्मेलन डिसी महानगर क्षेत्रमा हुने सूचनाको साथै उक्त सार्वजनिक सूचनामा निर्वाचन समेत हुने भनि उल्लेख गरिएको संचार माध्यममा प्रकाशित भएको थियो l

गत पौषमा ए एन एको सम्मेलन डिसी महानगर क्षेत्रमा हुने तय र निर्वाचन पनि हुने भनि सूचना सार्वजनिक भए पछि सम्मेलनमा सहभागिताको चहल पहल ज्यादा हुने आशा गरेको ३२ औ ए एन ए सम्मेलनका प्रमुख संयोजक हेमन्त श्रेष्ठले बताए l

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
wanna be ruled by stupid or an Idiot ?
From Trump “I will revoke TPS, and deport them back to their country.”
How to Retrieve a Copy of Domestic Violence Complaint???
MAGA denaturalization proposal!!
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters