यो पुर्पुरो पनि लिएरै आउनु पर्छ भन्थे हो क्यार? हुदा हुँदा अब त घरमा केही बिग्रिए भत्किए, हराए पनि जा तेरो बाउलाई सोध भन्न् पुग्छन |
नजान्नु भन्दा पनि आबस्यक जानकारीको आभाब र जानकारी लिन नसक्नु घातक रोग जस्तो हुदो रहेछ | यो खैरेकेटो कता हरायो : यो गुले नेपाली खाते हुन भन्थ्यो: तेस्को बाउले जस्तो घुस खाएर कामाएको भए पनि त्यसरीनै खर्च गर्नु अथवा हिन्दुस्तानीभाइको ग्यास स्टेसनमा चोरेको डलर भए पनि माया नगरि खर्च गर्नु , तर कहिले काही हामी खाते पनि हुनु पर्ने बाध्यता हुदो रैछ|
नेपाल यात्रा सन्स्करणका लेखकले भने झै हामी सुद्द तलब खाएर बस्ने नेपाल होस् वा बिदेश २-४ पैसा बजेट बाहिर खर्च गर्न २ -४ पल्ट सोच्नु पर्ने हुन्छ | कही आँफैले ठोक ठाक गर्दा काम चली हाल्छ कि भनी ४ महिना ठोक्दै बसियो!
४ बर्स अघी गराजको ढोका लाग्न छोड्यो ग्रिज हालेर १०-१२ पल्ट चलाएको मोटर नै जल्यो | तुरुन्तै अर्को ल्याएर आँफैले जेन तेन् गरी फिट गरे | तेती खेर पो देखे त्यो पुल्ली र फलामे डोरी काम गर्न छोडेकोले गराज नखुलेको रहेछ | अहिले एस्ले फेरी तेस्तै तेस्तै गर्दै छ | एस चोटि चै दाँया बाँया डोरी देखी पुल्ली र स्प्रिङ्ग समेत फेरी सक्दा पनि ठीक हुने चाल् देखाउदैन | तिमी भस्मासुर हौ, तिमीबाट काम हुँदैन : ४ महिना तेसै बिती सके हरेक सप्ताहन्त तेही गराज द्वार ध्वार पारेको छ छिमेकिले पनि कम्प्लेन गर्लान भन्ने डर | तर उसले कुकुर पालेको छ , रात बिरात भुईचालो लाई नै बिर्साउने गरी उफ्रन्छ , अहिले सम्म हामीले कम्प्लेन गरेका छैनौ अनी उस्ले पनि गरी हाल्ला जस्तो छैन ?
कुरो को चुरो चै : आज त्यो टेक्निसियन आएर हेर्यो ! अनी रिमोट हातमा लिएर टेस्ट गर्न पाएको छैन त्यो मुला ढोका त काम गर्न सुरु गर्छ बा आफुले भने चार चार महिना के के गरिएन ? !अचमै भयो मानौ रोगिलाई डाक्टरले नारी छम्ना साथ आधा रोग निको भए जस्तो | उस्ले रिमोट हातमा लिएर के स्विच थिछेको थियो मानौ केही भएकै छैन जस्तो गरी काम गर्छ |
मैले गरेका २-४ वटा गल्ती देखाइ दियो अनी सर्विशिङ गर्नु पर्छ भन्दै ५०० डलर को इस्टिमेट दियो | पुरै गराज ढोका फेरेको १०००-१२०० रे ? जोड घटाऊ गर्दा ५० डलरको सामान किनेर आँफैले गर्न सकी हाल्छु | २-४ बर्ष पछी त त्यो ढोकानै फेर्नु पर्ने स्थितिमा पुग्ने तरखरमा छ तेही अनुसार 3 बर्से योजनामा राखेर उस्को दस्तुर दिएर पठाएँ | काम जानु अघी मैले पहिले गरेको एउटा गल्ती चै अहिले नै सच्याइ हाल्नु पर्यो भनी सच्याए| लौ सुन्नुस् त्यो टेन्किसियनले केही नगरि काम गरेको गराज ढोका पहिलै कै स्थितिमा पुग्यो : यानेकी ढोका लाग्न छोड्यो | अनी धेरै पल्ट् सुनेका र् भस्मासुरको अर्थ पनि बुझेका बच्चाले चिच्याए "बाउ तिमी भस्मासुर हौ " भनेको सुन्नु पर्यो |
धन्न म नेपालको कुनै खास पदमा रहेनछु नत्र देशको हालत दसौ गुणा खस्किएको हुनेरहेछ ?
Last edited: 08-Oct-15 09:08 AM