[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा
[VIEWED 1378 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-13 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्जिनिया ,अमेरिका ,जुन १३ (जेष्ठ ३१ , २०७०) ए एन ए नेपाली साहित्य प्रतिष्ठान , उत्तर अमेरिकाद्वारा आयोजित चौथो अन्तरराष्ट्रिय नेपाली  कविता महोत्सबमा मोरंगका पदम गौतमको “ 'सपना पछ्याउदै”  शीर्षकको कविता प्रथम ,काठमान्डौकी हरिमाया भेटवालको “आमा र घाम “ कविता दोश्रो र तेश्रो पोखराका ईश्वरमणि अधिकारीको “घर” कविता तृतीय भएको घोषणा प्रतिस्ठानका महासचिब हेमन्त श्रेष्ठले एक छापा बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका छन् l महोत्सवमा प्रथम हुने कविले  ‘एन एम शुभद्रा भानुभक्त काव्य पुरस्कार’ र प्रमाणपत्र सहित नगद १००० डलर, दोश्रो हुनेले ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ र प्रमाणपत्र सहित नगद ३०० डलर र तेश्रो हुनेले ‘वसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ र प्रमाणपत्र सहित नगद २०० डलर प्राप्त गर्ने जनाइएको छ l

उक्त छापा बिज्ञप्तिमा श्रेष्ठले जनाए अनुसार कविता प्रतियोगिताको लागि १८ देशबाट अंग्रेजी र नेपाली भाषामा  जम्मा २२७ वटा कविताहरु प्राप्त भएका थिए ।  कविता महोत्सब आयोजनाको निमित्त प्रतिष्ठानका उपाध्यक्ष एबं साहित्यकार विनोद रोका प्रमुख संयोजक र सदस्य एबं कवि गोवर्धन पूजा उपसंयोजक रहनु भएको एक समिति गठन गरिएको थियो | कविता मूल्याकंनका लागि उपाध्यक्ष रोकाकै संयोजकत्वमा प्रशिद्ध कवि, कवयित्री एवं साहित्यकारहरु तुलसी दिवस, उषा शेरचन, डां. हरिहरप्रसाद भट्टराई, विप्लब प्रतिक, गोवर्धन पूजा र नीलम कार्की निहारिका रहनु भएको एक निर्णायक समिति गठन गरिएको थियो । 

पुरस्कृत कवि कवियत्रीहरुलाई यही जुलाई ४ देखि ६ सम्म अमेरिकाको न्युयोर्कमा हुने दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए एन ए ) को ३१ औं सम्मेलनको अबसरमा पुरस्कार प्रदान गरिने जनाईएको छ l

कविता संकलन र सम्पर्कका लागि सदाझैँ यस वर्ष पनि बिभीन्न देशका निमित्त संयोजकहरु मनोनयन गरिएको थियो | जस अन्तर्गत नेपालका लागि बिश्वबिमोहन श्रेष्ठ, बेलायतका लागि कोमलप्रसाद श्रेष्ठ मल्ल, क्यानाडाकालागि ऋषि बस्ताकोटी, भारतका लागि मनप्रसाद सुब्बा, इजराइलका लागि  भगवती बस्नेत, खाडी मुलुकका लागि चन्द्र गुरुङ, दक्षिण एसियाका लागि टंक सुब्बा, अष्ट्रेलियाका लागि निष्प्रभ सजी र भूटानका लागि  पुरानाघरेले सहयोग पुर्याउनु भएको जनाईएको छ l

उक्त छापा बिज्ञप्ति मार्फत महोत्सबलाई सफल पार्न सहयोग गर्नु हुने संयोजक समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न देशका संयोजकहरु, मूल्यांकन समितिका बिशिष्ट साहित्यकारहरु तथा कविता पठाउनु हुने सम्पूर्ण स्रस्टाहरुलाई प्रतिष्ठानको तर्फबाट धन्यबाद दिइएको छ l

 


 
Posted on 06-13-13 10:30 PM     [Snapshot: 44]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Khoi ta winning poems???
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters