[Show all top banners]

taraniraula
Replies to this thread:

More by taraniraula
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 प्रवासमा "आईडेन्टिटी क्राईसीस"
[VIEWED 2223 TIMES]
SAVE! for ease of future access.
Posted on 12-29-15 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निष्ठाले समाजमा काम गर्नेको लागि एउटा कार्यकारी जिम्मेवारी (परदेशमा पद पनि नभनौं, किनकी यो अवैतनिक हो) नै काफी हुन्छ | अधिकांश मानिसको प्राथमिकतामा जागिर (काम) र आफ्नो परिवार हुन्छ अनि त्यसपछि बचेको अलिकति समय मात्र सामाजिक अथवा अमुक (हो पनि अनि होइन पनि) राजनैतिक संगठन हाँक्नको लागि हो|
तर यो गोलार्धको अर्को कुनाको प्रवासीहरुको नियत र अभिष्ट कस्तो छ कुन्नी मलाई थाहा छैन तर पूर्वी तटीय अमेरिकी राज्य अनि बिशेष गरेर न्युयोर्कका मानिसलाई पाए जति पद (जिम्मेवारी?) लिने लालची रोग लागेको छ | केहि मान्छेहरुलाई त्यो जिम्मेवारी गलगाँड साबित भएको छ अझ त्यस माथि उनीहरु थप कार्यकारी र आलंकारिक जिम्मेवारी ग्रहण गरिरहेका छन | कहिले अनि कत्तिले पनि पुग्दैन उनीहरुलाई |
उ आफैलाई थाहा हुँदैन, उ खासमा के हो? एनआरएन हो कि कांग्रेस? जनजाती हो कि साहित्यकार? कलाकार हो कि भात्री संगठनको स्थानीय राजनैतिक कार्यकर्ता? बिद्यावारिधी गरेको डाक्टर अथवा पेशागत डाक्टर हो कि पार्टीको कोटामा मनोनयन गरिएको कुनै ठुला भनिएको संगठनको सल्लाहकार? परदेशमा एमालेको जयजयकार गर्ने कार्यकर्ता हो कि तथाकथित समाजसेवी? ब्यापारी ब्यबसायी हो कि नव प्रवेसी पार्टी कार्यकर्ता? संचारकर्मी पत्रकार हो कि प्रवासको राजनैतिक संगठनको प्रवक्ता अनि प्रेस संयोजक?
उफ कति दुरुह र जटिल बनाई दियो केहि स्वार्थी मान्छेहरुको भींडले "स्काई इज लिमिट" भनिएको यो सम्भावनायुक्त सपनाहरुको देश, प्रवासलाई ! हाम्रो पुस्ता प्रवास अझ अमेरिका जस्तो ठाउंमा पनि "नयाँ दास" जन्माउने संयन्त्र मात्र बन्ने भो |

 
Posted on 12-29-15 4:19 PM     [Snapshot: 7]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नघरको नघाटको 
Last edited: 29-Dec-15 10:06 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
MAGA denaturalization proposal!!
wanna be ruled by stupid or an Idiot ?
advanced parole
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
From Trump “I will revoke TPS, and deport them back to their country.”
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters