एकताक ठुलो पर्दाकै नायिकामध्ये चलेको नाम हो, दीपाश्री निरौला । त्यही नाम अहिले सानो पर्दामा लोकपि्रय छ । खासमा उनि अभिनित नेटिभीको ‘तितो सत्य’को चोटोलो प्रस्तुतीले थुप्रै दर्शक लोभ्याएको छ । यसपालीको सफ-गफमा उनै दिपाश्री निरौलालाई रोजेका छौ । दश वर्ष लामो अभिनय यात्रामा नेपाली सिने उद्योगको विकास र तपाईको अनुभूति अलिकति हामीसँग पनि बाँडौं न ।
ठुलो पर्दाबाट किन सानो पर्दातिर ?
१५ वटा जतिमा अभिनय गरेपछी ठुलो पर्दामा धोको पुग्यो । आफ्नो शैली सानै पर्दामा ट्वाक्क सुहाउने लाग्यो । सानो पर्दामै रमाउने मन भयो । अहिले यसैमा छु ।
हसाउँने नारी पात्र त कमै छन् । कमैमा एक हुनुपर्दा कस्तो लाग्छ ?
खुशी लाग्छ । अझ पहिले भन्दा हास्य कलाकारलाई हेर्ने आँखा सुधारिएको छ । झनै खुशी छु ।
‘तितो सत्य’ले त निकै चर्चा बटुल्यो नि । हैन, के जादु गर्नुभयो ?
सुरुमा त यति सारै चर्चामा आउला जस्तो लागेको थिएन । अहिले पाएको लोकपि्रयता टिकाउनै हम्मे छ ।
अनि आजकल त तितो सत्य बाहेकका श्रृंखलामा गंभीर भूमिकामा पनि आउन थाल्नुभयो नि । मन फेरियो के हो ?
कलाकार भएपछि के कमेडी, के गम्भीर । सबै खाले भूमिकामा आउनु पर्यो नि ।
दिपकराज गिरीसँगको जोडी त टेलिभिजनमा निकै सुहाएको छ । वास्तविक जीवनको कुरो चाँही के छ नि ?
हामी एक अर्कामा उहिले देखिका मिल्ने सहकर्मी हौं ।
लोग्ने स्वास्नीको भुमिकामा संधै काम गर्दा एक अर्काको सम्बन्ध बारे कुनै बेग्लै अनुभूति छैन ?
कला दुनियाँमा १२ वर्ष पहिले देखिको सम्बन्ध हो । ब्याक्तिगत रुपमा राम्रो सम्बन्ध छ । दिपकको श्रीमती -भाउजु)सँग पनि उत्तिकै राम्रो सम्बन्ध छ ।
ठुलो-सानो पर्दामा त धेरै नायक आए । बास्तविक जीवनको नायकको बारेमा नि ?
अहिलेसम्म भेटिएको छैन । यो त देउताको हातमा छ जस्तो लाग्छ ।
अब ठुलो पर्दामा नर्फकने ?
सायद फर्किन्न होला । किनकि ठुलो पर्दाभन्दा सानोपर्दामा मा सफल छु जस्तो लाग्छ !
राजनीतिमा कत्तिको रुचि छ ?
राजनीति बुझ्न जरुरी छ । तर, अस्वस्थ राजनीतिमा हात हाल्नु हुदैन ।
अभिनय बाहेकको रुचि नि ?
चलचित्र निर्देशन गर्ने हो । अहिले पनि एक टेलि-श्रृंखलाको सह-निर्देशन गर्दैछु । यसैलाई अगाडी बढाउँछु