विष्णु गौतम
सन् २००८ डिसेम्बर २७ साझ ९ बजे जिन्दगीको अन्तिम फोन भएछ मेरो र छोरो कुमारको बीचमा । शुवाङ् छि टुर्समार्फर्त् २००८ मा अत्याधिक चिनिया पर्यटक भित्राउन सफल भई पर्यटन व्यवसाय र समाजसेवामा राम्रो प्रभाव जमाउादै गरेको जेठो छोरा कुमारले अचानक २८ वर्षको कलिलो उमेरमा तिलगंगा सञ्चारग्राम अगाडि भएको मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाउन पुग्यो । त्यसको नौ महिना पछि अमेरिकामा त्यहाको युनिभर्सिटि टप गरेर विभिन्न अवार्डसहित देशकै नाम उच्च गराउन सफल माईलो छोरो बलराम समेतले सन् २००९ अक्टुवर ३ का दिन २६ बर्षको कलकलाउादो उमेरमा कार दुर्घटनामा ज्यान गुमाउन पुग्यो । यसरी एकपछि अर्को गर्दै हामीमाथि बज्रपात परिरहृयो । नियतिका अगाडि हामी निमुखा थियौ, त्यो अकाल मृत्युलाई हामीले रोक्न सकेनौा । छोराहरूको सफलतामा ढक्क फुलेको छाती चोटैचोट खाएर छियाछिया भयो, एउटा हाासीखुशी परिवार वेदनाको भेलमा बग्यो । चरम दुःखको त्यो क्षणमा हामीले हिम्मतले काम लियौा, शोकलाई शक्तिमा बदल्न हामीले छोराहरूको सपनालाई काध चढायौ । दुई सन्तानको वियोगमा हामीले अरु हजारौा सन्तानका लागि काम गर्ने संकल्पका साथ लक्ष्मी प्रतिष्ठानको स्थापना गर्यौा । पवित्र उद्देश्यमा साथ दिने निःस्वार्थ हातहरू, हार्दिक मनहरू पायौ र त दुई वर्षको छोटो अवधिमा नै हामीले ग्रामीणस्तरमा उल्लेख्य परिणाम हासिल गर्न सकेका छौ ।
प्रतिष्ठान अघि बढेकोमा हामी खुशी छौा तर छोराहरूको वियोगको पीडा अहिले पनि ताजा नै छ । मेरी पत्नी लक्ष्मीका आाखा सन्तानको सम्झनामा भिजिरहेकै छन्, बुबाआमाको अनुहारको उदासी स्पष्टै देखिन्छ । छोरी र कान्छो छोराको मुहारमा दाइहरू गुमाउनुको पीडा बारम्बार झल्कन्छ । जबजब म कुमार र बलरामका बारेमा सोच्दछु, मन अमिलो भएर आउाछ । कति रङ्गनि सपनाहरू थिए उनीहरूसाग जोडिएका, कति सुन्दर योजनाहरू थिए हामी मिलेर बनाएका तर सबै भताभुङ्ग भए जसरी भत्कन्छन्् तासका घरहरू । आज म सोच्छु- सडकमा हुने प्रत्येक दिनका ती अनगिन्ती दुर्घटनाहरूमा यसरी नै कति घरसंसार भताभुङ्ग भएका होलान् ? कति सपनाहरू चकनाचुर भए होलान् ?
अब बितेको एक महिनाकै कुरा गरौ । असार १ गते सिमराबाट हेटौंडातिर आउादा मेरो नजिकको नाता पर्ने राम चौलागाईंको दुर्घटनामा मृत्यु भयो । उनी आफैा ट्रक व्यवसायी संघको कार्यसमिति पदाधिकारी थिए तर उनलाई आˆनै समितिको ट्रकले किचेर ज्यान लियो । भनिन्छ- मोटरसाइकललाई ट्रकले ठक्कर दिएर भुइामा लडेपछि उनले हात उठाएर आफुलाई चिनाउन खोजेका थिए रे, तर ट्रक ड्राईभरले नदेखे र नसुनेझैा क्रुरतापूर्वक ट्रक व्याक गरेर उनलाई मारिदियो । उनको घटनास्थलमा नै निधन भयो । उनको निधनले फेरि उही अनुत्तरित प्रश्न उब्जाएर गयो- नहुनुपर्ने दुर्घटना भइसकेपछि आफूले ठक्कर दिएका पीडितलाई उद्धार, उपचार गर्न छाडेर किन व्याक गरी गरी मारिदिन्छन्् चालकहरू ?
यस विषयमा सवारी चालक तथा व्यवसायी संघहरू त इन्कारमै टाउको हल्लाउाछन्् । मुख खोलिहालेमा प्रतिप्रश्न गर्छन् – “सडकमा एउटा कुखुरा त बचाउन खोज्ने चालकले कहाा मार्छ जानीजानी मान्छे ?” तर दिनदिनै मान्छे मारिएकै छन्् । मेरै घरमा कुनै समय कोठा लिएर बस्ने कृष्ण महर्जनको झण्डै डेढ महिना अगाडि गौरिघाटमा भएको दुर्घटनामा परेर निधन भयो । यता बाटोमा हिाडिरहेका मेरा मित्र डेकराज भट्टराईलाई असार ३० गते बनेपाको बुडोलमा गाडीले ठक्कर दिादा उनको घटनास्थलमा नै ज्यान गयो । गम्भीर घाईते अर्का एकजनाको न्यूरो अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ । त्यसको भोलिपल्टै नवलपरासीमा एउटा बस नहरमा खस्न पुग्दा ४२ जनाको ज्यान गयो, १६ जना घाइते भए । साउनको पहिलो दिन नै कृष्णभिरबाट रात्री बस त्रिशुली नदीमा खस्दा १६ जनाको मृत्यु भयो । सोही दिन नवलपरासीको सुनवलमा यात्रु बसमा टि्रपर ठोक्किादा तीनजनाको ज्यान गयो र ४० जना घाइते भए भने कपिलवस्तुको चैनपुरमा जिप पल्टादा जिप चालकको मृत्यु भयो ।
यसरी हेर्दा सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या द्वन्द्वकालमा युद्धका कारण ज्यान गुमाउनेहरूको भन्दा पनि धेरै देखिन्छ । १० वर्षको अवधिमा द्वन्द्वमा करिब १४ हजार जनाले ज्यान गुमाए । त्यसलाई वर्षले भाग लगाउादा १४ सय हुन आउाछ । तर, तथ्यांकहरूले देखाए अनुसार नेपालमा देशैभरि सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या बाषिर्क सरदर २००० हुन आउाछ । घाईते र अंगभंग हुनेहरूको संख्या त्योभन्दा कयौा गुणा बढी हुन सक्छ । हुन त यो विश्वव्यापी समस्या हो । सन् २००९ मा विश्व स्वास्थ्य संगठनले निकालेको प्रतिवेदन अनुसार विश्वभरिमा प्रतिवर्ष १२ लाखभन्दा बढीले सडक दुर्घटनामा ज्यान गुमाउाछन्। त्यसमध्येको ९० प्रतिशत दुर्घटना नेपाल जस्तो अल्पविकसित र कम आय भएको मुलुकहरूमा नै हुने गर्छ ।
दुर्घटनाका पछाडि विविध कारण छन्् तर जुनसुकै कारणले भएको भए पनि दुर्घटनाबाट हुने हानी नोक्सानीचाहिा समान किसिमको हुन्छ । व्यक्तिगत स्वास्थ्यमा मात्र होइन, पीडितको परिवार र पूरै समुदायमा त्यसको आर्थिक एवं सामाजिक असर पर्न सक्छ । दुर्घटनामा अंगभंग वा घाइते हुादा कति व्यक्तिलाई जिन्दगीभरि औषधोपचारको आवश्यकता पर्न सक्छ । उमेर बढ्दै जाादा अपाङ्गता र बुढ्यौली दुबैको असरका कारण जिन्दगी अझ कठिन हुन सक्छ । यता आम्दानीचाहिा बढ्नुको सट्टा उल्टो घट्न सक्छ । अर्कातर्फ घरको कमाउने सदस्यले ज्यान गुमाएमा परिवारमा चरम आर्थिक संकट आउन सक्छ, अभिभावकत्व गुम्न सक्छ र कति केटाकेटीको पढाई छुट्न सक्छ । यसो तथ्यांक हेर्ने हो भने सडक दुर्घटनामा ज्यान गुमाउनेहरू प्रायः १६ देखि ४० वर्षभित्रका हुन्छन्् जुन कि एकदम सुन्दर र उत्पादक उमेर पनि हो । यसरी हेर्दा सडक दुर्घटनाको क्षति अकल्पनीय छ ।
यत्ति संगिन विषयमाथि सर्वसाधारण तथा सरकार र यसका सरोकारवाला निकायहरू मौन छन्् । दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा बढाउने कुरामा कसैले चासो दिएको छैन । सााघुरा सडक र सडक घुम्तीहरू, चालक र पदयात्रीको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, गलत साइडबाट हुने ओभरटेकिङ्ग, क्षमताभन्दा बढी भार, कच्चा चालकहरूबाट सवारी चलाइनु, मेकानिकल समस्या आदि दुर्घटना गराउने प्रमुख कारण हुन् । त्यसैले सुरक्षित बानीव्यहोरा, सुरक्षित र दुरुस्त सवारी साधनहरू, तथा सुरक्षित सडकहरूको व्यवस्थापन गरी सडक यात्रालाई सुरक्षित बनाउनु जरुरि छ । सबैभन्दा ठूलो कुरा त आचरणगत सुधार नै हो र सडक व्यवहारमा सुधार आएमा धेरै समस्याहरू आफसेआफ हटेर जान्छन्् ।
लक्ष्मी प्रतिष्ठानले आˆनो स्थापनाको दुई बर्षमा सडक दुर्घटना न्युनीकरणका लागि सडकका डिभाइडरहरू रिपेन्ट गर्ने तथा तिनमा राति चम्कने खालका स्टिकर लगाउने कार्य गर्दै आएको छ । तर, वास्तवमा त्यो मात्र समस्याको समाधान होइन रहेछ । पेन्ट गरिएका डिभाइडरहरू केही समयमा नै कालो हुन्छन्, टासिएका स्टिकर उप्काएर सडक बालबालिकाहरू डेन्डराईट सुाघ्छन् । यसबाट हामीले के बुझ्यौ भने दीर्घकालिन समाधानका लागि ट्राफिक सिस्टममा नै सुधार ल्याउनु जरुरी छ जसका लागि चालकहरू सबैभन्दा बढी जिम्मेवार हुन्छन् । चालकले ट्राफिक नियमको पालना गरी दक्षतापूर्वक सवारी चलाउने हो भने ९० प्रतिशत दुर्घटना कम हुन्छ ।
सिट बेल्ट, मादक पदार्थ सेवन चेक जस्ता अभियान बेलाबेलामा सञ्चालित भए तापनि सडक सुरक्षा बढाउनका लागि सरकारी तवरबाट ठोस पहल हुन सकेको छैन । दुर्घटना घटाउने खालको दहि्रलो कानुनी आधार पनि छैन । घाइतेलाई आजीवन उपचार तर मृत्यु भएमा काजक्रिया खर्च मात्र दिादा हुने भएकाले बााच्ने सम्भावना भएकालाई समेत व्याक गरेर मार्ने प्रबृत्ति बढेको छ । त्यसैले भएका कानुनमा सुधार हुनु र नयाा कानुन बन्नु निकै जरुरी छ । सााघुरा बाटाहरू चौडा पार्नु र वैकल्पिक बाटाहरूको निर्माण गर्नु पनि उत्तिकै जरुरी छ । जनताको जिउधनको सुरक्षा र सुरक्षित आवागमनको सुनिश्चितता गर्नु सरकारको दायित्व हो । यसका साथै सडक सुरक्षा बढाउने कुरामा सर्वसाधारणको भूमिका समेत उत्तिकै महत्वपूर्ण हुन्छ । आज अर्काको देखेर नचेत्ने हो भने भोलि नियतिको त्यो बज्रप्रहार आफैामाथि पनि पर्न सक्छ । यसर्थ सबैजनाले आ-आˆनो ठाउाबाट सडक सुरक्षाका लागि योगदान दिनुपर्छ, ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुपर्छ । दक्ष, कुशल र इमान्दार चालकहरू सडकमा भएको विकृतिलाई न्यून गर्ने सबैभन्दा उपयुक्त माध्यम हुन् । यस अर्थमा अब लामो समयको ड्राइभिङ्ग तालिम प्याकेजमा दिई, सवारी साधनको सामान्य मेकानिकल समस्या सुल्झाउन सक्ने र ट्राफिक नियमको पूर्ण जानकारी भएका दक्ष चालकहरू ठूलो संख्यामा उत्पादन गरी सडकमा ओराल्नुपर्ने देखिन्छ ।