[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बैंकमा जम्मा गरेको पैसा कहाँ गयो ?
[VIEWED 4567 TIMES]
SAVE! for ease of future access.
Posted on 06-20-13 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बैंकमा जम्मा गरेको पैसा कहाँ गयो ?

 
(1 Vote)
 
 
 
 

महांकाल गाविस- ५ का विपिन लामाले कतारबाट एक बर्षअगाडि जम्मा गरेको दुई लाख ६४ हजार रुपैयाँ आफ्नो खातामा नभएको भन्दै बैंकविरुद्ध कतारस्थित नेपाली दुताबासमा उजुरी दिएका छन् ।

कतारको एउटा होटलमा कुक काम गर्ने बिपिनले सन् २०१२ फ्रेवरी १३ मा एक लाख र मार्चमा एक लाख ६४ हजार रुपैयाँ जम्मा गरेको पैसा खाता नभएको बताए । उनले खातामा पैसा जम्मा गर्न र परिवारलाई पठाउन सिदार्थ रेमिट प्रयो गर्थे ।

'मेरो होटल बन्द भएर एक हप्ता अघि घर जान खोजेको थिएँ । यहाँको शाखामा मैलै ५ बर्षअघि खोलेको खातामा राखेको सबै पैसा माग्दा दुई लाख ६४ हजार रुपैया देखिएन,' उनले भने, 'यो पैसा कता गयो भनेर सोध्दा बैंकले आफूसँग त्यसको भौचर नभएको बताए ।'

उनी पैसा नपाएपछि निकै तनावमा परेका छन् । पैसा पाउनको लागि कतार र काडमाडौंको केन्द्रीय कार्यलयमा उजुरी दिएपनि चासो नदिएको बताए । 'मैले घरमा चाहिने खर्च मात्रै पढाउथेँ । बाँकी बैंकको खातामा राख्थे,' उनले भने, 'यसरी दिनरात नभनी कतारको चर्को तापमा खाना पकाएर कमाएको पैसा बैंकले नै लापरबाही गर्छ भन्ने मैलैं कल्पना पनि गरेको थिइन ।'

पीडितले स्थानीय शाखा प्रमुखलाई सबै पैसा दिलाइदिन आग्रह गर्दा तत्कालिन म्यानेजरबाट उठाएर मात्रै दिने भनेको बताए । 'मैले बैंकलाई पैसा बुझाएको हो । मसँग भौचर सुरक्षित छ,' उनले भने, 'यसको जिम्मेवार बैंकले लिनुपर्छ । तर, लिएको देखिएन ।'

सिदार्थ बैंक दोहाका प्रमुख अशिस रानाले यस बिषयमा अनुसन्धान भइरहेको बताए । 'तत्कालिन म्यानजेर (विवेक झा)बाट गलत भएको रहेछ । उसलाई हटाएर मलाई पठाएको हो,' रानाले भने, 'सानो समस्या भएको हो । यसलाई सल्टाउने काम भइरहेको छ ।'

रानाले 'आज (बिहिबार)' सम्ममा पीडितलाई रकम सल्टाउने बताए ।  तपाईंको बैंकमा पनि यस्तो हुन्छ भन्दा रानाले भने, 'यो म आउनुभन्दा अघिको कुरो हो । कहिल्य काहिँ यस्तो हुन्छ । तपाईंले विस्तृत रुपमा काठमाडौंमा बुझ्नुहोला ।'

बैंकका तत्कालिन दोहा प्रमुख विवेक झाले आफुबाट गल्ती भएको बताउँदै उनलाई आज जसरी नै रकम दिने बताए । 'म आधा घण्टा भित्र उसलाई सबै दिन्छु । एउटा भौचर (एक लाख १३ हजार रुपैया) दिइसकेको छु', उनले भने, 'अर्को आजै दिन्छु ।'

यो समाचार तयार पार्ने बेलासम्म पीडितले दुवै भौचरको पैसा नपाएको बताए । पीडित लामाले भने, 'पैसा पाए भइहाल्यो । पाएन भने आजै स्वदेश जाने टिकट लिएको छु । जान्छु । कामदारलाई दलालले मात्रै होइन बैंकले पनि ठग्ने रहेछ ।' 

प्रकाशित मिति: २०७० असार ६ ०५:५८

- See more at: http://www.ekantipur.com/np/2070/3/6/full-story/370464.html#sthash.bAMmestt.dpuf
 
Posted on 06-20-13 10:02 PM     [Snapshot: 472]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Toit bichara 
 
Posted on 06-21-13 5:52 PM     [Snapshot: 699]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दलाइलाइ  दिएर बचेको पनि हात नलाग्नु ? दैब मानबता खोज्न कहाँ जाऔ ? धर्मका ठेकेदार हरु संग जबाफ होला ?


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters