घटना तथा पात्रहरु कपोकल्पित हुन् ।
पहिलो भागको लागि लिंक: बहराइन चौतारी: भाग १
रेड्डी र म हाइ फाइभ गर्छौं । प्रोजेक्टको फाइनल रिलिज कुनै मेजर बगविना सकेको थियो ।
"दिस इज फ्रिकिङ्ग असम ड्युड । वी क्यान नाउ टेक भ्याकेसन फर क्रिसमस ।" रेड्डी मक्ख पर्दै भन्छ ।
"या राइट!" म उसको होमा हो मिलाउँछु । रिलिजमा अलिक गडबडी भएको भए अर्को एक महिनाजस्तो तेही मिलाउँदैमा जान्थ्यो ।
पछिल्लो पटक तपाईहरुलाई रेड्डीको बारेमा सुनाउँदा हामी दुवैलाई हामी काम गर्ने कन्सल्ट्यान्सीले ह्युस्टन खटाएको थियो । अहिलेचाहिं हामी शिकागोमा छौं, बेग्लै कन्सल्ट्यान्सीको मार्फत । पुरानोमा पैसा पनि कम, कामको पेलान पनि बढी । फेरी ४-५ महिनामा ठाउँ सरीरहनु पर्ने । झोकै झोकमा रेड्डी र म दुवैले अर्को ठाउँमा अपलाई गर्यौं, दुवैले पायौं । अहिलेको जागिर पनि खासै खतरा त होइन, उही पहिलेको भन्दा कम नराम्रो भनौं न ।
"सो व्हाट इज योर प्लान?" रेड्डी सोध्छ ।
"नट स्योर, मेबी गो होम?" रेड्डीको स्वीकृति लिने स्वरमा भन्छु ।
"व्हाई डन्ट यु वेट टिल द ग्रीन कार्ड ड्युड ? आइ एम गोइङ्ग टु क्रुज टु बाहामास विथ सम फ्रेन्ड्स । यु मे जोइन अस् ।"
"सरी ड्युड, आइ विल पास अन दयाट्, फोक्स ब्याक होम आर काइन्डा लोन्ली ।"
अढाई वर्ष भयो नेपाल नगएको । फेरी दिदी भिनाजु पनि सपरिवार क्यानाडा बसाई सरे, सार्है न्यास्रो मानिरहेका थिए बा आमा । मन मनै जंग चल्यो, "केहि नभनी सरप्राइज भिजिट गर्छु ।"
भोलिपल्ट एक राउण्ड ट्राभल एजेन्टहरुलाई फोन लगाएँ । सबैभन्दा सस्तो टिकट बुक गरें । संजोग भन्ने कि के, रुट पनि यूरोपदेखि पछिल्लो पालिकै पर्यो - फ्र्यांकफर्ट, बहराइन हुँदै काठमाडौँ ।
रेड्डीबाहेक कसैलाई पनि भनिन नेपाल जाँदैछु भनेर । ठुलै सरप्राइजको तारतम्य बुनेर लागें नेपालतिर । बहराइन आइपुग्छु, अढाई वर्षअघिको सम्झना मानसपटलमा ताजा भएर आउँछ । व्यग्रताको बाँध फुट्लाजस्तो हुन्छ - कसलाई सुनाउ, कसलाई सुनाउ हुन्छ आफनो सरप्राइज प्लान ।
पछिल्लो पटकको कफी पसल देख्छु, झल्याँस्स ढुंगेलजीको झल्को आउँछ । यसो कटुन्जेतिर पनि जानु पर्ला भनि सोच्दै कफी पसलतिर लम्कन्छु ।
"दाइ नेपाली हो?" कफी पसले अर्कै थियो तर प्रश्न पुरानै ।
"हो भाइ । थाह छ, अढाई वर्षअघि म नेपाल फर्कंदा यही पसलमा बस्ने अर्को भाइले मलाई यसरी नै सोध्याथे ।"
"हो र ? होला ! हामीलाई नेपाली ग्राहक आए भने रमाइलो लाग्छ । तेसैले नेपालीजस्तो लाग्योकी सोधिहाल्छौं ।"
"तेइत आफनो देशको मान्छे भन्या आफनै देशको मान्छे हो नि !" आइडीयोलजिकल्लि भन्नुपर्दा, यो उमेर र सोचसम्म आइपुग्दा मलाई राष्ट्र भनेको केवल मानवनिर्मित अवधारणा मात्र हो भन्ने लाग्छ । तर दर्शनले मात्रै त जिन्दगी कहाँ चल्छ र ? सोच जे जस्तो छ, व्यवहारमा तेस्तै उतार्न सके त महामानव भइहालिन्थ्यो नि ।
अलिकति भलाकुसारी सकिन्छ अनि म कफी लिएर तेही सँगैको बेन्चमा बस्न जान्छु । छेवैमा एउटा नेपालीजस्तो देखिने मान्छे थियो, वास्तवमा म जानी जानी नै सँगै बस्न गएको थिएँ । सरप्राइज भिजिटको यत्रो पुरुषार्थ जो सुनाउनु थियो दुनियाँलाई ।
"भाइ नेपाली हो?"
"हो ।"
"ए अनि कताबाट फर्कदै त?
"अमेरिकाबाट दाइ ।"
"ए म पनि, भाइ कता नि अमेरिकामा बस्ने?"
"बस्ने त म सियाटलमा हो, तर अब नेपाल फर्किन लागेको । फर गुड । तपाई नि?"
"म शिकागोमा काम गर्छु, आइ टि मा ।"
"ए ए !"
"मैले चाहिं ओरेगन स्टेटबाट इकन मेजर लिएर कलेज सक्काएँ अनि शुरुमा इन्टर्न गरेको इन्सुरेन्स कम्पनीकै लागि काम गरें सियाटलमा ।"
"तेइत भाइ हेर्दा कलिलै देखिन्छौ, किन फर्किन लागेको त नेपाल ?"
"टु मच करपोरेट बुलशिट दाइ । इन्सुरेन्स कम्पनी, बैंकहरुले मान्छेलाई चुसेको देख्दा दिक्क लाग्यो । आइ स सम अभ द अग्लियस्ट फेसेस अभ अमेरिकन क्यापिटलिज्म दाइ । फेरी म खासै इन्डिभिजुअलिस्टिक मान्छे पनि होइन । आइ डिसाइडेड दयाट सोसाइटी इज नट फर मी ।"
"ठिकै हो नि । आफुलाई जे मन लाग्छ तेही गर्ने त हो जिन्दगीमा ।"
"एक्ज्याक्टली! तेसैले आफ्नो स्किल आफ्नै देशमा लगाउँछु भन्ने सोचेको छु ।"
"ल हेर भाइले यै उमेरमा डिसाइड गरिसकेछौ लाइफको बारेमा । म चाहिं ३० कटिसकें, अझै ढुलमुल ढुलमुल छु । साच्चिं मेरो नाम रोशन, रोशन कार्की..।" म परिचय दिदैं हात बढाउँछु ।
"म अनुपम बास्तोला ।" हात मिलाउँदै ऊ भन्छ ।
"उमेरले के फरक पार्छ र दाइ! दे से एज इज जस्ट अ नम्बर, होइन र ?" हात मिलाइसकेपछी ऊ भन्छ ।
"तेसो त एज, स्यालरी सबै नम्बर नै हुन् । मजस्ता धेरैलाई यही नम्बरहरुले कैद गरेर राख्दा रैछन् ।"
"वी आर हयुमन नि ! वी क्यान ब्रेक दयाट चेन इफ वी ग्यादर इनफ करेज ।"
"यु आर राइट बट अनलाइक यु आइ थिङ्क आइ चेरिश माइ इन्डीभिजुयालिटी, टु द पोइन्ट दयाट आइ कन्सिडर माइसेल्फ यान एगजिसटेन्सिअलिस्ट ।"
"ओह नो, नट दयाट एगजिसटेन्सिअलिज्म क्र्याप । कलेजमा हुँदा सधैँ डिबेट पर्थ्यो यहि कुरामा ।"
"क्र्याप चाहिं नभनिहाल न भाइ ।" अलि गम्भीर हुदैं म भन्छु ।
"तपाइलाई अफेन्ड गर्न खोजेको होइन दाइ । आइ जस्ट डन्ट बाइ इन्टु दयाट आइडीयोलीजी । तेति हो ।"
"ठिकै हो, आ-आफनो विचार । तर मेरो विचारमा एगजिसटेन्सिअलिज्म एउटा भ्युपोइन्ट हो न कि आइडीयोलीजी ।"
"दाइको कुरा मैले बुझें तर यो भ्युपोइन्टले सार्है एक्लो बनाउँदैन त मान्छेलाई?"
"संसारै तेस्तै छ त!"
"तर दाइले नै यो त केवल एउटा बुझाई हो भन्नुभो, जस्ट अ भ्युपोइन्ट, अनि बुझाई त आफनो खुशीको लागि जसरी एडजस्ट गरे नि भो नि !"
"तर सत्य त एक हुन्छ नि । तेस्लाई एडजस्ट गर्ने भन्ने त कुरै भएन ।"
"सत्य पनि रिलेटिभ हुन्छ, हैन र? सँधैका लागि, सबैका लागि सत्य शास्वत हुँदैन ।"
"त्यो तिम्रो भ्युपोइन्ट भयो ।"
" हा हा, लेट्स अग्री टु डिसअग्री भन्ने बेला आयो जस्तो छ ।"
"तेही हगि ? कुरो र कुलो जहाँ लगे पनि हुन्छ भन्छन् ।" म सौहाद्र मुस्कानका साथ भन्छु ।
"हा हा हा, तर विचार गर्नुस् है, हाम्रा उखान टुक्कामा पनि खोट छन् । कुरो र कुलोमा कुलोलाई डाँडामास्तिर कसरी लाने ?
"हा हा हा, सार्है तर्कालु मान्छे रैछौ भाइ त! बट दयाट्स अ कम्प्लिमेन्ट है !"
"मजा आउँछ नि दाइ तर्क वितर्क गर्न ।"
"ल ल तर्क र दर्शन धेरै भयो । यसो डुलौं यो एरपोर्ट ।"
"हुन्छ दाइ !"
पहिले ढुंगेलजीले रेड लेवल किनेको पसल देखेर ढुंगेलजीलाई एक बोतल किनिदिन मन लाग्यो । कटुन्जे गइयो भने रित्तै हात त के जानु?
"म एउटा रेड लेवल किन्छु है ! भाइ पनि किन्छौ कि ?"
अनुपम रक्सी छाडेको एक वर्ष भाको, अनि कुन सोचले उर्जा दिएर तेसो गरेको भन्दै लामो दर्शन छाँट्न थाल्छ । म झर्को लागेर सुने नसुने झैं गरी रक्सी किन्छु ।
वरिपरि अर्को एकाध घण्टा डुलियो । हरेक टपिकमा आफनो विद्वता प्रदर्शन गर्न खोज्थ्यो अनुपम । म चाहीं उसले थाह नपाउने गरी (अथवा थाह पायो कि, के थाह? ) इगनोर गर्दै थिएँ । सोचें, " कति मान्छेहरु बुद्धिमान हुन्छन् तर उनीहरुलाई टोलरेट गर्न अलिक गार्हो हुन्छ । यो अनुपम तेसैको अनुपम नमुना रहेछ ।"
"फ्लाइटको बेला भो, जाउँ गेटतिर ।" ऊ भन्छ ।
"जाउँ जाउँ !" मनमनै रमाइलो लाग्छ ।
"अनि दाइको घर काठमाडौँमै हो?"
"हो, चाबेलमा !"
"मेरो सानेपा, भेट गर्नुपर्छ उता ।"
"स्योर स्योर !" मनमा अर्कै कुरा भए पनि सदासयता देखाउँछु म ।
नम्बर साटौं भनेर उसले भनेपछि मलाई मनमा खै के भो भो । सबैकुरा पहिलेजस्तै दोहोरिएको देखेर किन हो किन हल्का घबराहट महशुस गर्छु । मलाई खासै फेरी भेट्ने मन हुन्न त्यो ठिटोसँग । फेरी यो मनै चिसो पार्ने गरी उर्ली आएको 'देजाभु'को शृंखला पनि तोड्नुछ जस्तो लाग्छ । उसको नम्बर लिन्छु अनि आफनो घरको नम्बर भन्दै जे पाए तेइ एउटा नम्बर दिन्छु । बेकारणको आफनो त्रास देखेर आफैंलाई उदेक लाग्छ ।
करिव चार घण्टाको उडानपछि गल्फ एरको विमान काठमाडौँ आइपुग्छ । झ्यालबाट बाहिर हेर्छु, पुष महिनाको छोटो दिनलाई विदा गर्ने तरखरमा हुन्छ नेपाल खाल्डो । एरपोर्टमा हामीभन्दा अलि पहिले आइपुगेको कतार एरवेजको विमान ढ्यास्स परेर हामीतिर हेरे जस्तो लाग्छ - दौडमा पहिलो हुनेले अरु प्रतिस्पर्धीलाई हेर्ने नजरले ।
विमानबाट ओर्लेर इमिग्रेसनतिर लाग्दा अनुपमसँग फेरी भेट हुन्छ ।
"भनेपछि दाइ अमेरिकामै बस्ने? चटक्कै माया मार्ने यो देशलाई ?"
लामो फ्लाइटपछिको ठाडो सवालले मलाई झनक्क रिस उठ्छ । आफुलाई संयमित बनाउँदै भन्छु, " हेर भाइ, राष्ट्र, समाज वा विश्वले व्यक्तिमाथि केहि लाद्न मिल्दैन । म स्वतन्त्र प्राणी हुँ । मेरो आदर्शमा मान्छेको कुनै जात, नश्ल, राष्ट्र हुँदैन । हरेक व्यक्तिको अस्तित्व नै सबैभन्दा ठुलो हो, प्रेम; चाहे त्यो राष्ट्रको होस् वा अरु कुनै व्यक्तिको, वा अरु कुनै भावना नै किन नहोस्, सबै अस्तित्वसँग गाँसिन खोज्ने धागाहरु मात्र हुन् । यी धागाहरु जोडिन्छन्, फेरी टुट्छन् ।शास्वत भनेको अस्तित्व मात्र हो ।"
"अलि साँघुरो सोच भएन र त्यो ?"
"अहँ, मलाई तेस्तो लाग्दैन । यो त झन् फराकिलो सोच हो, उन्मुक्तितिरको सोच हो । तिमी बरु त्यो चन्द्र र सुर्य झण्डाको फेदीमा बसेर आफुलाई खुम्च्याउँदैछौ । संसार र श्रिस्टिको चिन्तन कसरी साँघुरो कुरा भयो ? आइ एम सरी बट आइ डोन्ट ह्याभ अ नेसेसिटी फर अ बिलोंग्इंग् लाइक यु राइट नाउ । तिम्रो त्यो माइक्रो लेन्डिंगको मोडल नेपालमा राम्रो चलोस् । धेरैभन्दा धेरै निम्न वर्गीयहरुको आर्थिक अवस्था उकास्न तिमीलाई सफलता मिलोस् ! मेरो शुभकामना !" बहराइन एरपोर्टमा भएको हाम्रो कुराकानी अनुसार बंगलादेशको मोहम्मद युनुसको ग्रामिण बैंकिंग मोडल इमप्लिमेंट गर्न खोज्दै थियो नेपालमा अनुपम ।
एकैछिनको मौनतापछि म हात बढाउँदै भन्छु, "ल भाइ, भेटेर धेरै खुशी लाग्यो, अहिलेलाई विदा हौँ ।"
"हस दाइ, सेम हिएर !"
म अनुपम उभिन आटेको लाइनभन्दा केहि परको लाइनमा गएर उभिन्छु ।
इमिग्रेसन क्लियर गरेर तल झर्छु, ब्यागेज क्लेमतिर । कन्भेयर बेल्ट वरपर मान्छेहरुको भिडमभीड, कतार एरवेजको प्लेन पनि संगसगै आएकोले होला यति भीड भएको । निकै बेरपछि आफना दुइ लगेज हात पर्छन्, तिनलाई ट्रलीमा राखेर बाहिर लाग्छु । बाहिर साँझ सकेर रात पर्न लागेको अवस्था, अराइभल गेट नजिकै एक हुल मान्छेहरुको हल्लाले ध्यान आकर्षित गर्छ । एउटा बुढो मान्छे डाँको छाडेर रुँदैछ, रुँदारुँदै मुर्छित जस्तो हुन्छ, वरपरका मान्छेहरुले सम्हाल्छन् । अचानक ढुंगेलजीको भाइ रविलाई देखे जस्तो लाग्छ । यति पछि देखेको, फेरी उज्यालो पनि थिएन खासै । ठ्याक्कै ठम्याउन नसकेर आँखा मिच्दै नजिक जान्छु । नभन्दै रवि नै रैछ ।
"मलाई चिन्यौ रवि? म रोशन, रोशन कार्की, २-३ वर्ष अघि तिम्रो घर आएको थिएँ ।"
मेरो कुराले उसको रोदनमा एकैछिनको बिश्राम लाग्छ । मलाई चिनेर हो वा नाचिनिकन, एक्कासी मलाई अंगालो हालेर रुँदै भन्छ, "दाइ बित्नु भो!"
म भावशुन्य हुन्छु । यत्रोपछि देशमा खुट्टा राख्नासाथ यो के देख्नु सुन्नु परेको ? ती बुढा मान्छे ढुंगेलजीका बा रैछन् । म उनको नजिक जाने साहस जुटाउन सक्दिन । म रविको ढाड धपधपाउँदै उसलाई अरुहरुतिर सुम्पिन्छु । कटुन्जेबाट आएका अरुसँग कुरा बुझ्छु । ढुंगेलजीको कुखुरापालन फापेनछ, रोग लागेर पहिलो लटकै जम्मै कुखुरा मरेछन् । श्रीमतीलाई मृगौलाको रोग लागेछ । आर्थिक अवस्था नाजुक बन्दै जान थाले पछि फेरी एकपल्ट ऋणपन गरी खाडीतिर हानिएछन् उनी । कतारमा विश्वकप हुने भएर बढी आम्दानी छ भनेर कतार लागेछन् । २०२२को विश्वकपको लागि बनिरहेको एउटा स्टेडियममा मजदुरी गर्दा रहेछन् । एक हफ्ता अघि काम गर्दै गर्दा माथि उचाईबाट तल भुइँमा खसेछन्, प्राण पखेरु खुत्रुक्कै ।
मलाई भाउन्न भएर आउँछ । दिमागमा कोलाहाल मच्चिन्छ । ढुंगेलजी, अनुपम, रवि, बा, आमा, दिदी, भिनाजु, रेड्डी सबै हातेमालो गर्दै गोल गोल घुम्छन् । "अस्तित्व, अस्तित्व, रोशनेको अस्तित्व, " भन्दै नर्सरीका बच्चाहरु झैँ भट्याउन थाल्छन् ।
अराइभल गेटबाट कफिन बाकस लिएर केहि मान्छे निस्कनछन् । ढुंगेलजीको लाश हुनपर्छ त्यसभित्र । रवि अनि अरुहरु त्यतैतिर लम्कन्छन् ।
म एकसुरमा ट्रली गुडाउँदै अर्कोतिर लाग्छु । "ढुंगेलजीको अस्तित्व समाप्त भैसक्यो, अब त्यो निर्जीव कायालाई हेरेर के गर्नु ?" एक मनले भन्छ । शायद मेरो स्वार्थले आदर्शको हतियार बनाएर आफनो बचाव गर्दैछ । "तेस्तो मितेरी गाँसेको मान्छेलाई अन्तिम एक नजर हेर्न पनि नखोज्ने, कति निकृष्ट व्यक्ति म !" अर्को मनले भन्छ । शायद आदर्श आफैं तुँवालो बनेर मेरो स्वार्थलाई ढाक्न खोज्दैछ । खोइ के हो के हो, केहि खुट्याउनै सक्दिन । यहि अकर्मण्यताको फाइदा उठाउँदै एउटा ट्याक्सी ड्राइभर म र मेरो सामानको सजिलै अपहरण गर्छ अनि राख्छ आफ्नो ट्याक्सीभित्र । पुषको त्यो झमक्क परिसकेको रातमा एउटा थोत्रो ट्याक्सीमा अनायसै कैद हुन पुग्छ कठै मेरो अस्तित्व !