कुनै वृद्द महिलाले 'म एक्लै छु, छोरा छोरी त छन् तर, सबै विदेशमा छन्। खाना पकाउन पनि सक्दिन, तपाईँकहाँ भएकी मध्येबाट कोहि महिलालाई मेरोमा साथी बस्न रातिलाई पठाईदिनु भए म एक छाक तातो खान पाउँथेँ, खाना पकाएर खुवाउन सक्ने मानिस भए मलाई सजिलो हुने थियो। बरु म पैसा दिन पनि तयार छु , नत्र म पनि तपाईँकहाँ नै बस्न आउँछु, अस्तिनै आएकी महिला पैसा पुगेन भनेर झगडा गरीन्' भनेर कुनै महिलाले उता पट्टीबाट भनेको रहेछ भने यो घटनाले कुन रुप लिएला?
बिवाद उठेपछि अनुसन्धान हुनै पर्छ।
गल्ती वा कमजोरी होकी होईन? निष्पक्ष छानबिनले अवस्य देखाउँला।
समाजसेवीको रुपमा चिनिएकी दीलशोभा दिदीले अंग्रेजीमा बाक्लो प्रोपोजल लेखेर भाडामा भुराहरु जम्मा गरि डलर कमाउने वर्गकी त पक्कै हुनुहुन्न होला।
न त कुनै गैरसरकारी संस्था खोलेर सम्पत्ति थुपार्ने वर्ग कि हुनुहुन्छ। सोझो हिसाबले मानवीय कार्य गरेकी महिला हुनुहुन्छ।
आफ्नो निजी घरमा सकेको जति अनाथ र बेसहारालाई समेटेर मागेरै भएपनि पनि वर्षौदेखि पालेर बस्नु भएको छ, त्यो पनि कुनै स्वार्थबिना।
हामीलाई आफ्नो कमाईबाट चार पाँच जनालाई पालिन त यति धौ धौ छ, उहाँले त पचासौं जनालाई पालेर बच्चाहरुलाई पढ्नसमेत पठाएर सरकारले गर्नु पर्ने काम गरिरहनु भएको छ। म त एउटा अपुष्ट आरोप लाग्ने वित्तिकै हाम्रो समाज उहाँप्रति खनिएको देखेर मर्माहत भएँ।
केही अगाडि सरकारी बालमन्दिरमा दुध खान नपाएको खबर आएकै हो, एकदिन उद्दार गरेर समस्या समाधान पक्कै हुँदैन, लामो समय ति बालबालिकाहरुलाई पाल्न गार्है होला। सस्तो प्रचारप्रसारको लागि एक दिन तदारुकता देखाउन त सजिलो छ, तर बाँकी ३ सय ६४ दिन ति बालबालिका र वृद्दबृद्दालाई फेरि सडकमा पुर्याउने काम चाँही नहोस।
राज्यले असाहय नागरिकप्रति आफ्नो दायित्व पूरा गरेको भए दीलशोभा जस्ता समाजसेवीले आफ्नो घरलाई आश्रम बनाउनै पर्ने अवस्था आउने थिएन।
सँधै षडयन्त्र मात्र खोतल्ने नेपालका पत्रकारले साधारण कुरामा पनि षड्यन्त्र नै देखेको पनि हुन सक्छ। त्यसैले केहि समय कुरौं, सत्यकुरा बाहिर आउँछ, गल्ती भएको हो भने पनि नियतवस नै गरेको हो कि परिवन्धले परेको हो पहिल्याउँ।
गलत उद्देश्यनै राखेर गरेको प्रमाणित नभएसम्म एकै पटक दानविकरण पनि हतारमा नगरिँहालुँ।
मैले प्रत्यक्ष त भेटेको छैन ।तर, उहाँका अन्तर्वाताहरुमा उहाँको आँखामा नाटकीयपन देखेको छैन। कि कुनै ठूलो नाटकबाजले मात्र यस्तो अभिनय गर्न सक्छ नभए एउटा सरल मानिसले यति लामो समयसम्म नाटक गर्न असम्भब छ।
उहाँबाट पक्कै पनि यस्तो गलत काम भएको छैन, कसैलाई मद्दत गर्न खोज्दा कसैले कुनै परिबन्दमा पारेर गलत काम हुन गएको रहेछ भने पनि उहाँले गरेको पुण्यको अगाडि त्यो गल्तिलाई माफी दिनु पर्छ।
फोन रेकर्ड गर्दा उता पट्टी महिला थिईन कि कुनै पुरुष? फोनको कुराबाट मात्र एकै पटक सबै उहाँ बिरुद्द खनिएको देखेर मनमा एउटा संका उब्जियो।
केही बुद्दिजिवि साथीहरुले खबर आउनासाथ दीलशोभा जस्तो उच्च मानवीय भावना भएकी मानिसलाई वेश्यालय चलाएर सम्पत्ति थुपारेको जस्तो गरी टिप्पणी गरेको देख्दा दुःख लाग्यो।
केहि साथीहरुले उनले बिस्कुट बेचेको देखेको कुरा पनि गरे, म त यस्मा कुनै गल्ति देख्दिन, बढि भएको बिस्कुट सँग आफूलाई चाहिएको ग्यास साट्नुलाई खराव भन्न सकिँदैन। सबैले खाने कुरा मात्र ल्याएर हैरान पारेपछि खानेकुरा राख्ने ठाउँ अभाव होला, आफूलाई ग्यास सकिएको होला वा पानी चाहिएको होला, बच्चाहरुको लागि कापी कलम चाहिएको होला। खानेकुरा फ्याँक्नु पनि त भएन अनि के गर्नु त्यो बढी भएको खानेकुरा?
हिजो रमेश खरेलको खबर, आज दीलशोभाको खबर, के यो प्रायोजित त हैन? “नेपाली समाजमा कुनै राम्रो मानिस छैन- त्यसैले खरावनै ठीक” भन्ने मान्यता बनाउँदै “जय भ्रष्टाचार” प्रमाणित गर्न खोजिएको त हैन?
http://m.setopati.com/blog/8907/