नसम्झे नि बिर्सिनु भएको छैन होला सर्मिलाको कथा ...................| अलिकति पढिदिनुहुने , पुरै पढिदिनुहुने सबै धन्यवाद को पात्र हुनुहुन्छ | अझ राम्रो, नराम्रो कमेन्ट गरिदिनुहुने साथीहरु त झनै ठुलो धन्यवाद को पात्र भइहाल्नुभो जसले मलाई अझ बढी लेख्ने उर्जा मिल्छ | फेरी पनि येस्तै मायाको आशमा प्रस्तुत छु “सर्मिला” को अन्तिम भाग हाललाई | मौका मिले फेरी पनि लेख्ने नै छु ......
अघिल्लो भाग्ग छुटेको भए यहाँ छ है त
http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=109641
“एउटा मौका त देउ एक्स्प्लैन गर्ने, यो शनिवार ५ बजे म्हेपी मन्दिरमा आउंछु, तिमि आए नि नआयेनी कुर्नेछु रातभरी ” एती भनि मैले नि ढ्याक्क फोन राखिदिएँ उही सारुखान इस्तायलमा" |
" सर्मिला - ३ " अन्तिम भाग
शनिबार बेलुकी ५ बजे. म्हेपी मन्दिर प्रांगण | आधा घण्टा अगाडी नै आइसकेको थिए आज, शर्मिलाको कुरो किलियेर गर्नको लागी | बा को सुर्यको बट्टाबाट चोरेको तिन खिल्ली चुरोट पनि भ्याई सकेको थिएँ | कुराइको प्रतेक मिनट लामो लागिरहेको थियो | मन्दिरको सिँढीको कुन साइडबाट आउँछे फेरी भनेर कहिले यता कहिले उता गर्दै थिएँ | घाम पनि बिस्तारै डुब्दै थियो | माथि मन्दिरबाट तल सिँढीतिर हेर्दा ठाउँ ठाउँमा केटाकेटीको जोडीहरु देखिन्थ्यो | उनीहरुलाई मन्दिर आउने जानेहरुको कुनै मतलब नभएको जस्तो लाग्थ्यो | अँधेरोको मौका छोप्ने म जस्तै उरन्ठेउला हरुको प्रवृति पनि हेर्नलायक नै थियो |
६ बज्न लागिसकेको थियो | मनले अब आशा मार्यो, घर फर्कने सुर गर्न थालें | हुन त रातभरी कुर्छु भनेको थिए सरुलाई फोनमा तर म सारुखान परिन | यदि यहाँ अहिले सारुखान नै भएको भए पनि मैले जति कुर्न सक्दैनथ्यो होला, यति समयमा त उसको आधा फिलिम नै सिदिन्छ के कुर्थ्यो होला ! तल भरेंग ओर्लदै थिए, मेरो आखा माथि आउदै गरेको एक जोडीमा पर्यो | नियालेर हेरे, सरु जस्तै लाग्यो, तर उसको साथमा त्यो मोटे केटा को हो त ? कतै मलाई कुटाउन त ल्याएकी हैन त्यो केटालाई | बिचरी किन मलाई कुटाउथी र , तेस्तो मायाले हेर्थी मलाई | उसकी आमा कडा हुनुहुन्छ भन्थी, अस्ति फिलिम हलको कुरा थाहा पाएर मलाई कुट्न पो पठाएकी हुन् कि उसकी आमाले | अब चाहिँ मुटुमा ढ्यांग्रो ठोक्न थाल्यो | म फरक्क पछाडी फर्के अनि माथि मन्दिर तिर नै लागे छिटो छिटो | शायद शर्मिलाले अधेरोमा मलाई चिन्न सकिन, म भने अर्को पट्टिको भरेंग बाट छिटो छिटो घरतिर लागे |
भोलिपल्ट आइतबार बिहान ११ बजे, झोछेको सानो गल्लि, गल्लि भित्रको सानो भट्टी | चिर्पटेले स्वाट्ट गिलास रित्यायो अनि भन्यो, “ यी पात केटीहरु भनेकै येस्तै हुन् | तँ संग येत्रो समय संगै हिडी, फिलिम पनि हेर्न गइ, अझ समात्न पनि दि
, अहिले कति न सति सावित्री जस्तो गर्छे यार” | मैले पनि तिन गिलास रित्याई सकेको थिए, हो मा हो मिलाएँ | लास्टमा चिर्पटेले भन्यो “हेर गेड़े, तँलाई आज तेरो केटीको माया जालबाट छुटाउँछु, एक पटक तैले त्यो चाखेपछि सबै केटी उस्तै लाग्छन्, माया न साया बुझिस् ?”
फु गर्दा नि ढल्ला जस्तो पुरानो घर | हुन त आफू नै माइली दिदीको लोकल ले ढलमलि रहेको बेला, घर त ठिकै होला भन्ने पर्यो | समात्ने नि नभएको काठको भरेंग कसरी तिन तल्ला चढियो थाहा नै भएन | तेस्रो तल्ला नपुग्दै आइमाइहरु हाँसिरहेको सुनियो, अनि सँगसँगै “ काँटा लगा.... “ भन्ने गीत पनि | बाहिरको हावाले त्यो ढोकाको पर्दा बिस्तारै हल्लिरहेको थियो भने भित्रको डर र संकोचले मेरो मुटु | ढोकाको माथि सानो साइन बोर्ड पनि झुन्डीरहेको थियो, “कोहिनूर मसाज सेन्टर” |
चिर्पटे अघि, त्यसपछि बिने र म ढलमलिदैं भित्र छिर्योउ | भित्र सोफामा एउटी केटी पत्रिका हेर्दै बसिरहेकी थिई, “साप्ताहिक”, उसको छेउमा अर्की केटी र एक अर्धबैसे अँगालोमा थिए | अर्को पट्टि सोफामा तेस्तै ३५ वर्ष जतिकी महिला बसिरहेकी थिइन् जो हामीलाई देख्ने बित्तिकै उभिइन् र चिर्पटे तर्फ मुस्कुराउँदै भनिन् “ओहो कता हराउनु भाको थियो तेस्तरी माया नै मारेर, कि अर्की भेट्टाउनु भो ?” | “तेस्तो केही होइन कोहिनूर भाउजू, झन् आज तपाइलाई कुमार ल्याईदेको छु” म तिर हेर्दै भन्यो चिर्पटेले | म भने भए लाजले रातोपिरो | कोहिनूर भाउजू हामी तिनलाई त्यो सोफा छोडेर छेउको कुर्सीमा बसिन् |
ठीक हाम्रो सामुन्नेको सोफामा अघिका दुईजना केटी र अर्को अर्धबैसे मान्छे आफ्नै सुरमा थिए | साप्ताहिक पढिरहने केटीको अनुहार मैले राम्रोसँग देखिन | पत्रिकाको बाहिरी पृष्ठमा मिनी इस्कर्ट लगाएर बाइकमा बसिरहेकी मोडल मैले बडो स्वाद संग हेरे, फेरी कसैले देख्ला कि भनेर नजर अन्तै फेरे | त्यो अर्धबैसे मान्छेले अर्की केटीको कानमा के भन्यो कुन्नि दुबैजना मरि मरि हाँसे | पत्रिका पढिरहेकी केटी रिसाउँदै पत्रिका हटाएर भनि, “एती सार्हो छिल्लिने हो भने भित्र कोठामा गए भैगो नि, सबलाई डिस्टप” | अँगालोमा बेरियेकी केटी पनि नखरा देखाउँदै बोली, “तँ सँग टाँसिने कोही भएन भन्दैमा धेरै नकरा न, कति न एसेल्सी (S.L.C) पढ्न डिस्टप भए जस्तो, तेइ योन जिज्ञासा त हेरेर बस्ने हो नि तँ” | अनि म तिर हेरेर मुस्कुराउँदै भनि, “उ कस्तो हेन्सम कुमार आउनु भाछ, अहिलेसम्म कसैले नि नछोको रे, सक्छेस् भने लैजान भित्र” | सबैजना हाँसे मरीमरी, चिर्पटे र बिनेले ताली पिटे भने मेरो आधा रक्सि झर्यो, उही कसैलाई नआएको लाजले |
केही बेरमा अधबैँसे मान्छे कोठाबाट निस्कियो, बिने तेही केटी च्याप्न लाग्यो | कोहिनूर भाउजूले भनिन्, “लौ आजको उद्घाटन हाम्रै कुमारजी बाट होस्, म बुढी लाइ त के छान्नु हुन्थ्यो र, यी दुइटीमा एउटी छान्नुस, अर्की दुई एई पालि नहुने भैहाले, पर्सि मात्रै आउलान्” | संकोचले मैले इन्कार गरेँ | एकछिनमा बिने आफूले च्यापिरहेको केटी लिएर भित्र कतातिर लाग्यो | “कोहिनूर भाउजू त अझै पनि क्या जवान है, जाऊँ भित्र, यी दुईलाई यही छोडीदिउं” भन्दै चिर्पटे पनि लाग्यो भित्र भाउजू च्यापेर |
कोठामा अब बाँकी भयौं पत्रिका पढ्ने केटी, म अनि गीत “चढती जवानी मेरी चाल मस्तानी” | उसले पुलुक्क म तिर हेरी, पत्रिका छेउको टेबुलमा राखी अनि भनि, “कुमारजी को अरू कुनै नाम छ कि कुमारै भनुम” | अरू नभएर हो, रक्सीको रमरमले हो वा त्यो वातावरणले नै हो, म पनि अलि बलियो हुँदै थिएँ, अनि भने उही सारुखान इस्तायलमा, “नाम त मेरो अरू नै होला, तर साथीभाई र तिम्रो लागी गेड़े हुँ म” | यो सुनेर उ बेस्मरी हाँसी, अनि भनी, “धत् एस्तो पनि नाम हुन्छ कहीँ ? हुन त अघि तपाइको साथीले गेड़े भनेको जस्तो त लाग्याथ्यो” | मैले मौकामा चौका हानिहांले, “अनि तिम्रो नाम चाही के नि ?” उ उठेर मेरो छेउमै आएर बसी अनि भनि, “ नाम मे क्या रखा हे जी , आपको लागी मलाई खुस्बु भने हुन्छ” एती भनि उही सर्मिला जसरी खितिति हाँसी | अरे वा यो खुश्बु त मेरो सारुखान इस्तायल लाइ टक्कर दिने पो रैछे बा |
यतिन्जेल सम्ममा उ मेरो छेउमै आएर टाँसिसकेकी थिई, म पनि बिस्तारै रोमाञ्चित भइरहेको थिए | उसले बिस्तारै भनि, “किन त तपाई अहिले सम्म कुमार, तपाइको साथीहरू त कति पल्ट आइसक्नुभो यहाँ” | यस्तो मायालु पारामा सोधेपछि मैले पनि खुश्बुलाई सर्मिला सँगको सबै कुरा भनें, फिलिम हलको घटना पनि | मेरो सबै कुरा ध्यान सँग सुनेपछि खुश्बु बिस्तारै मुस्कुराई अनि भनि, “धत् तपाई पनि, तेसरी एकैचोटी समात्नु हुन्छ त, केटी मान्छे भनेको नाजुक हुन्छन्, यी यसरी समात्नुपर्छ” | यति भनि खुश्बुले मेरो हात समातेर आफ्नो छातीमा राखी | अनि उसको हातले मेरो हात बिस्तारै थिची | मेरो मुटु तेज गतिले धड्कियो, अनि त्यो खुल्ला निम्तोलाई सहर्ष स्वीकार गरेँ | गीतको मादकता अनि कामुक वातावरणको सहजतामा हामी रम्दै गयौ | केही समयमा दुबैलाई गार्हो भए पछि खुश्बुले मेरो हात समातेर उसको भित्रि कोठामा लगी | बन्द कोठाको १५ मिनटमा मैले जीवनको पहिलो मीठो अध्याय पढेँ |
बेलुकी घर छेउको “गोर्खाली बाजेको पसल” छेउ पुगेको थिएँ, बाजेको नातिले बोलायो, “ओइ गेड़े दाइ, तपाईंको फोन आछ, दिउसो नि ३ चोटी आइसक्यो” | १२ वर्षै फुच्चेले मलाई तेसरी बोलाउँदा झनक्क रिस उठ्यो अनि भने, “मु ... फुच्चे , तेरो भाइ हो म ?” फुच्चेले भन्यो “दाई भनेँ त मैले, सबैले गेड़े त भन्छन् नि तपाइलाई, फोन राख्दिम कि आउने ?” आजकलको केटाकेटी सँग कुरा गर्नु बेकार भनेर फोनमा “हेलो” भने | उताबाट चिरपरिचित सुमधुर आवाज आयो, “म बोलेको, कति फोन गरिसकें, आज कलेज पनि आएनौ, सन्चै त छौ ?” सर्मिला सँगको रिस अझै मरेको थिएन तेही पनि भनें, “हैन तेस्तो केहि पनि होइन, काम पर्यो” | सर्मिलाले फेरी भनि, “हिजो मन्दिर बोलाएर पनि आएनौ त , किन ?” फेरी मलाई कुटाउन तयारी गर्न खोजेकी हो कि क्या हो | डराई डराई हिम्मत गरेर मैले सोधें, “सरि हेरन काम पर्यो, तिमि आयौ र ?” उसले भनि, “आएकी थिएँ त, मामाघर बाट भाइ आएको थिए, उसलाई पनि मन्दिर देखाउछु भनेर ल्याएकी थिए, तिमीलाई भने देखिन, तेस्तो हत्ते गरेर नि नआउने ?” | भाइ को नाम सुन्ने बित्तिकै मनमा ठूलो भूकम्प गयो अनि फेरी शान्त भयो | नारायण त्रिपाठीले “ट्वाक्क - टुक्क” मा पुर्पुरोमा हात राखेको जसरी मैले नि पुर्पुरोमा हात राखेँ अनि मनमनै भनें, “हँ ........ भाइ पो !” |