||| समागम |||
कालो बादल बज्रन्छ, आकशबाट थोपा थोपा बनि,
पोखिन्छ, तृप्त बनाउछ धर्तिलाइ|
धर्ति, उ बसेकी हुन्छे, कुमारी केटी झै,
कुनै सुन्दर अनि बलिष्ठ राजकुमारको प्रतिक्षामा||
राजकुमार बर्षात बनेर आउछ्|
उस्को आउने जाने ठेगान छैन|
तैपनी धर्ती बसेकी हुन्छे उस्को प्रतिक्षामा||
राजकुमार आउछ्,
कृडामा लिप्त हुन्छन दुबै,
कतै जलमग्न हुन्छ, कतै हिलाम्मे,
उ तृप्त हुन्छे, उ रमाउछे,
आकाश स्खलित हुदा ||
शुक्रकिट्झै, धर्तिको तापमा रन्किएको अन्डालाइ तारो बनाइ
झरेका थोपाहरुको लक्ष्य एउटै छ,
धर्तिलाइ तृप्त बनाउने|
कुनै थोपाहरु बज्रन्छन् र टुक्रा टुक्रा हुन्छन्,
कुनै थोपाहरु फोका बन्छन्,
एक छिन खेल्छन्, हास्छन्, डुल्छन्,
र प्वाक्क फुट्छन्|
समागमको समय सिमा हुदैन्,
कहिले लामो त कहिले छोटो|
धर्ती राजकुमारसङै उफ्रन्छे्,
गज्रन्छे अनि बग्दछे्,
पर्खाइको सारा बेदना र प्यास मेटाइ्,|
राजकुमार स्खलित हुन्छ, शान्त हुन्छ,
र फेरी भेट्ने प्रतिज्ञा सङै हराउछ्|
उ मस्किन्छे, भर्खर बिहे भएकी दुलही झै|
पहिलो सुहगरात पछी झै लाली भरिन्छ उस्मा,
हसिलो, रसिलो, कसिलो, र भरिलो हुन्छे उ|
समागमको दौरानमा फोहोरमा लट्पटिएकी उ,
केही क्षण् पछी चिटिक्क बन्छे्,
र प्रतिक्षामा बस्छे, राजकुमारको,
जसरी देह बेच्ने आइमाइ बस्छे,
ग्राहाकको प्रतिक्षामा|||