नेपाल पत्रकार महासंघमा ८ हजार भन्दा बढि पत्रकारहरु आवद्ध भएका छन् । यो संस्थामा सम्पूर्ण पत्रकारहरु सदस्य हुन सक्ने व्यवस्था छ । यो नेपालभरी रहेका पत्रकारहरुको छाता संगठन पनि हो । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ भने देशका ७५ वटै जिल्लामा शाखा कार्यालय रहेको छ ।
यो संस्था सन् १९५६ मा गठन भएको हो । यो संस्था इन्टरनेशनल फेडेरेशन अफ जर्नालिष्ट र इन्टरनेशनल फेडेरेशन अफ एक्स्प्रेशन एक्सचेन्ज (आईएफईएक्स) को पूर्ण सदस्य हो । यो संस्थाले पूर्ण प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता र पत्रकारहरुको शारिरिक सुरक्षाका साथै आम नेपाली जनतालाई सूचनाको अधिकार सुनिश्चित गराउने काम गरेको छ । त्यस्तै सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षमा यसले अनुसन्धान गरी नेपाल सरकारलाई सुझाव समेत दिने गरेको छ ।
यो संस्थाले नेपाल सरकारको समन्वयमा विभिन्न कार्यहरु गर्ने गरेको छ । त्यतिमात्र होइन विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गरेर यसले प्रेस स्वतन्त्रता र सूचनाको हक अधिकारका लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।
नेपाल पत्रकार महासंघ पूर्ण लोकतान्त्रिक संस्था हो । यसले प्रत्येक ३ वर्षमा नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक विधिबाट चुनाव गर्ने गरेको छ । त्यस्तै यसले प्रत्येक वर्ष प्रेस स्वतन्त्रताको अवस्था र मुलुकको राजनीतिक स्थितिको विषयलाई समेटेर विशेषांक प्रकाशित गर्दै आएको छ ।
नेपाल सरकारले पत्रकार महासंघलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि अधिकार प्रत्यायोजन गरेको छ । यसको सम्पूर्ण गतिविधि नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको निगरानीमा हुने गरेको छ ।
नेपाल पत्रकार महासंघका विषयमा थप जानकारी आवश्यक परे यस मन्त्रालय वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न