मेरो बालकच्छा
"हैन यो स्यान्बाबु कहाँ गएछ! दाइ-दिदिसङ पानी लिन गए नी हुने ।" बिहानको सिरेटो नछिर्ने गरि गुँडुल्कियेको भएपनि मैले हाम्री आमाको स्वोर् टाँट्ठै सुने।"सुति राको होला नि , म बोलएर आउछु" दिदि जान्ने बनी। "होइन-होइन बिहान बिहान तँ उठाउन गैस् भने रिसाउछ, म फकाएर ल्याउछु" दाइ ले झन् बचाउला जस्तो गरेर फसायो। मन नलाइ नलाइ झ्यालबाट निस्केर लागेँ पँधेरोतिर छिटो छिटो। क्यार्नु , ढोकाबाट निस्क्यो भने त पठाइहाल्छन् बाल्टिन बोकाएर। पँधेरोमा हाथ् मुख् धोयेर येसो तलतिर हेरेको दाइ दिदि आउदैरहेछन बाल्टिन र जरकिन् हल्लाउदै। मलाइ खोज्न लागेर ढिला गरेहोलान्, खुच्चिङ् !
अब बाटो तताम् नत्र येहिँ भेट्छन, "बन्दुके कता फेरि बिहानै?"पछाडिबाट आवाज आइ हाल्यो। म खङ्गरङै भए। आँखाको चरबाट हेरेको, चुडामणि सर रहेछन्। मन शितलो भो। तर बिहन बिहानै सरले पनि उपनामले बोलएको देखेर झनक्क रिस् उठ्यो। पछाडि को छ थाहै नपाएको जस्तो गरि फनक्क घुमेर "केssss" भनेँ। "क...कता....हो...बाबु बिहानै। मर्निङ् वाक् हो?"सरको स्वोरमा नौनि बर्सियो। "हजुर् सर" मैले सकेसम्मको मधूर् स्वोर् बनाए। अनि टाप दियेँ त्याँहाबाट।
त्यो उपनाम कसरि रह्यो भन्ने कुराको पछाडि लामो र धमिलो कथा छ। दुइ तीन बर्ष अगडि बाले फुटेको भकुन्डोको बलाइडर् काटेर मलाइ एउटा गुलेलि बनाइ दिनुभएको थियो। म पनि त्यस्लाइ कहिले नछाड्ने। एउटा चरा मारेर बालाइ देखाउने धोको थियो। तर गुलेलि एक् दम ठिस् ,तन्काएर छाड्यो कि बलाइडर् भ्याट्टsss गरेर कराइ हाल्ने, अनि त चरासम्म ढुँङ्गा पुग्न भन्दा अगढि नै चरले तूफान हान्दिने। रिस्सै उठेर एक दिन् अरिङ्गालको पोलोमा बजाइदिएको गाउँ भरिकाले दुख पाएछन्।अनि त जता पनि मेरो चर्चा। तर पनि मैले हरेस् खाइन, रोइ-कराइ गरेर राम्रो गुलेलि किनेर लागी परि राखेँ।अर्जुनकै जस्तो निसाना बनाउने धोको थियो।
"पर्दैन अब देखि तँइले गुलेलि छुन्न सम्म पनि। निसाना लाउने रन्कोलेगर्दा एउटा आँखा नै चिम्म हुन लाइ सक्यो,थाहा छ गाउँभरीकाले के भन्छन्? डेँडे भन्छन् डेँडे, तेस्सै बन्दुके भनेको होलान् त?"आमाले एक् सासमै रिस् पोख्नु भएको थियो त्यो दिन। मलाइ पनि एक् दम् नराम्रो लाग्यो। मैले त्यसै दिन देखि सुधृने कसम खाए ( आजकाल गुलेलि हान्दा दुबै आँखा खुला गर्न कहिले पनि बिर्सन्न)। तेहि पनि त्यो बन्दुके भनेको चाहिन् पट्टक्कै मन पर्दैन। तर के गर्नु गुलेलि बोक्यो भन्दैमा "गुल्ले" भन्न समाजले दिएन केरे, अनि अरु के भनुन् त गाउलेहरुले पनि।
"हैन काँ गएको थिईस हँ ब्यान भरि?" आमाले आश्चर्य पोख्नु भो।
"मर्निङ् वाक! चुडामणि सरले भन्नु भाको स्वास्थ्यको लागि राम्रो हुन्छ रे",मैले पनि दियेँ।
"येह्! उसो भये सरले कसरत पनि त गर्नु पर्छ भन्नु भएको होला। ला दौरा चिर्" बाले बनचरो दिन्दै भन्नु भो। यो चोटि चाहिँ मेरो केहि लागेन।
खाना खाइवोरी निस्कन लागेको बाले झम्टि हाल्नु भो"कता फेरि आज सन्सरबार् पनि? बारीमा काम् छ"। "दुइ थाल् भात् चिर्का परि हाले केरे अब त दिन्भरि गाउँको चौकिदारि नगरे कहाँ पच्ला र" आमाको बाणि गुन्जियो।
"होइन, आज इस्कुलमा स्काउटको बैठक छ, सक्ने बित्तिकै बारीमा आम्ला" साँच्चि मलाइ आजकाल कुरा टार्न दुइ बाजि सोच्नै पर्दैन।
गाउँघर हेर्दै लागे म आफ्नो मन्जिलतिर, साँच्चि हाम्रो गाउँ चाहिँ मलाइ औधि मन पर्छ। गैरामा भएर हो कि, हाम्रो नाकको खिल्लि उडाएर हो नाम चाहिँ थेप्च्चे गाउँ राखेका छन। तर जे भएपनि गाउँ रमाइलो छ। सबै गाउले समान् छन्, सबैलाइ खोयबिर्के चल्छ, सबैको घरमा बन्छ पनि।अनि सबै गाउले एक् अर्कालाइ सुहाउँदो ब्यवहार गर्छन्।
"बन्दुके आयो, बन्दुके आयो!"आगनमा उभिएर दैलोतिर हेर्दै कराएका रिस् उठ्दा बच्चाहरु देखेर मेरो सामाजिक चिन्तन उडेर गयो।
"बन्दुके आयो! बन्दुके आयो!"
"यह् हो, एकछिन कतै नजाओ है, करेसातिर कुखुरा-चल्ला कता छन् याद् गर.......अनि बार्दलिका परेवा पनि।"भित्रबाटै कराएर मोरे माट्टाँ किल्नेहरु। जति राम्रो सोच्न खोजे पनि नहुने के।
के के कुर सोच्दै जक्सन् पोइन्टमा पुगियो, सर्पा अघिनै आइसकेको रहेछ।
"बल्ल आइस् जाँ...।"उस्ले स्वगत् गर्यो।
"तँ जस्तो हो र घरमा केहि काम् नगर्ने"मैले डाइलेक हाने।
"खोस्सियो, चिन्या हो सबलाइ" उस्ले बिट मार्यो।
सर्पा मेरो गाउको मिल्ने दौतर हो।हुन त उस्को नाम आमा बाले ज्योतिष हेराएर श्रवण राखेका भए नि उस्को उपनाम् नै अलि चर्चित थियो, जुन् कुरा उस्ले पनि स्विकारि सकेको थियो अब। मन र बदन दुबै नाजुक छ उस्को।मैले साथ् गरेदेखि अहिलेसम्म उस्लाइ अलि मोट्टाएको देखेको भए मार्दिनु। भुँडी बाहेको अरु केहि बढेको देखे पो, हात खुता उहि हो बाँसका सिटा जस्ता, दुइटा घुँडा ठोकिए भने त आगा झिल्कै पर्ला जस्तो।
जे भए पनि मान्छे चहिन् एक्दम कामको हो। जङलमा कालिज, बनकुखुरालाइ पासो थाप्न, अनि दुवालि थुनेर माछ्छा मार्न, मैले ढुङा पल्टाएको बेला गङ्गटा छोप्न एक् दम सिपालु छ। उस्लाइ बिषालु झारपातको बारेमा सब् थाहा छ।कुन चाहिन् कति कडा, कुन चाहिँले के के मर्छ, भन्नै परेन। नामै सर्पा भएर हो कि?
कुरै कुरामा हाम्रो मन्जिल् पनि आइयो, लोहोरे खोला। गाउँभन्दा अलिकति टाढा भए पनि गाउँकै अभिन्न हिस्सा भन्दा अत्तियुक्ति नहोला। कल कल गर्दै सङ्लो पानि बार्हैमासे बग्छ। यहाँका याssssमानका चिल्ला ढुङा , केहि दूधझै सेता, केहि चिल्ला, केहि छिर्के मिर्के,किरे मिरे, चक्ला, गोला.......। गाउभरि लोहोरा सिलौटा बनाउने ढुङा येहिँबाट जन्छ, फेरि गाउँभन्दा अलि पस्चिमतिर पर्ने भएकाले याहाँ दोप्परमा घाम् पनि असाध्यै न्यानो लाग्छ। वोरिपरि हरियो सालको जङल , सारै मन्मोहक छ यो ठाँउ।........ येत्ति नभए त इस्कुल्माभन्दा धेरै समय याहाँ कसरी बित्ने थियो र।
"आहा हा हा...... आहा" यस्सो हेरेको छेउको ठुलो ढुङ्गामा कपडा राखेर नीलो रहमा हाम्फाली सकेछ सर्पाले, आफु पनि के काम; हत्त न पत्त पुलिस्टरका बोक्रा छोडायर डाइफ दिये "याsssलि"। क्यार्नु आफ्नो बेस्ट हिरो मिथून् चक्रवर्ति पर्यो।
"हैन येत्ति छिटै कता मरिस त फेरि, खोलामा आयो कि गोब्र्याउन परि हाल्छ है सर्पा तलाइं, फेरि तल्ला गाउंमा गाइ गोरुलाइ हाइजा लागो भन्ने सम्चार सुन्नु पर्नि भो" बाहिर निस्केको सर्पालाइ कराये मैले।
"लाग्न लाग्न तै मुँ..लाइ लागे हुन्थ्यो नि बरु, कुरा सुरा बुझ्नु छैन" मेरो बोलि भुईमा झर्न नपौदै झर्क्यो उ अनि झ्याङ्पछडितिर लाग्यो।
लामैसित्ति.... मलाइ के को ठिन् ठिन्। म आफ्नै सुरमा उल्टोमुखि ख्याउने कसरत्मा लागेँ।
"बाहिरतिर गाडुन् एकछिन तलाइ" येस्सो हेरेको सर्पाले हातमा दुधि, कुरिलो, बकाइनो,आँक अनि अरु के के जाती झारपातको गुजिल्टो लियर कराउदै रहेछ। बल्ल मैले कुरो बुझे अनि खुशी खुशी बहिर आएर ठुलो ढुङामा ढाड सेक्न बसेँ। सर्पा भने हातमा गुजिल्टोलिएरै डाइफ हान्यो। एकछिन पछि निस्ससिदै बाहिर मुन्टो निकाल्यो।
"कतिवटा परे त श्रवण" मैले मिठो स्वोरमा सोधेँ
"एेउटा भोटी-दुइटा गोटी.... अब भक्कर त कुरमा बुजो लाएर आएँ बिष लागेर माछा मर्न त टेम लागिहाल्छ नि बन्दुके" के गर्नु अब धाक दिने पालि उस्को थियो।
"बरु जा अलिकति स्याउला र झिङ्टा खोजेर ल्या।" आडर् हान्न पनि पछि परेन असत्ति। मलाइ रनक्क रिस न उठेको होइन, फर्काएर देखाइदिम् जस्तो। तर क्यार्नु पोल्या असला र गडेला भने पछि आफुलाइ आन्द्रा भुँडि नफाल्या भए नि चल्छ।
"माछा त परेकै हुन् है आज।" मैले मुख् मिठ्याउदै भने।
"अर्को एक् सुलि भा भे पनि येस्तै गरि पोलेरै सकिन्थ्यो होला केरे" सर्पाले जवाफ् फर्कायो।
"हुन त हो।" तेस्ले मलाइ नचिनेको त काहाँ हो र।
बरु अब जाउँ चिप्लेटि खेल्न, सर्पाले प्रस्ताब राख्यो।
"जाने र?" मैले सन्कोच तेर्सायेँ
जाने भने पछि जाने नि अब। आफुलै अन्नदाता-कमान्डर दुबै हुँ भनेझै गर्यो सर्पाले।
हुन त मलाइ पनि मन नपर्ने कहँ हो र।
हुन पनि त्यो क्षेत्रिय सिँचाइ निर्देशनालयले परारताक बनाइदियेको सिँचाईका कुलाहरु त हाम्रै लागि मात्र हो कि जस्तो पनि लाग्थ्यो कहिले काहिँ। ड्याम बाँधेको रह अलि धेरै नै गहिरो भएकाले दुइ चार् सुक्काको बाजि नपरे सम्म डुबुल्कि मार्ने आँट आ उदैनथ्यो तर तेस्को तलका नहरहरुमा चाहिँ सिमित् मात्रामा मात्र पानि छोड्ने भएकाले बर्है मासे जस्तो पानि मथ्थर हुन्थ्यो अनि तेसै कारन् तिनका पिँधमा पनि बर्हैमासे जस्तो लेउ र काइ जमेर चिप्लेटि खेल्न काइदाको हुन्थ्यो।
"जाउँ त जाने भए" मैले मन्जुरी दियँ। फेरि हामि पौडी खेल्ने कुनाबाट नजिक् पनि थियो त्यो ठाउँ। अब आखिर् एेउटै खोला न पर्यो।
एक..दुइ..तीन..
कपडा जहाँको तेहिँ छदेर बुर्कुसि मारियो बर्षिका बुटा नाघ्दै।
"आहा हा......आहा....."
सिरिरिरि............. पिप -पिप
टुइ इ ई......इ इ
चिप्लेटि को मजा नै अर्को।
सर्पाले त बाटैमा अलिकति असारेका डाला भँच्न भ्याइहालेछ तेसैलाई ओच्छायेर खेल्दै थियो। आफु त उसलाइ जितेर अग्गु हुने दौड्मा अरु कुरा जुगाड हान्नै भुलेछु।
"ओ इ सर्पा जाउँ अब, साँझ पर्न लागि सक्यो।" मैले कमान्डरको पद फिर्ता लियेँ।
"जाम्त" सर्पा पनि धेरै बोल्न सकेन येसपालि त।
मन मनै मुस्कुराउदै बाटो लागियो। तर मेरो खुशि धेरै बेर टिक्न पाएन। लुगा राखेको ठाउँमा पुग्छु त पुलिस्टरको चेक सर्टमात्र झुन्डि राछ त्यो धाइरोको सीटामा।
"लौन मेरो हारा जिनको पेन्ट काहाँ गयेछ" म अत्ताल्लिएँ।
"हावालेतल पानीमा खसालिदिए होला अनि खोलले बगाएर काहा पो पुर्यायो अब" येस्को मुखँ गु-भात जान हुनि बोल्यो अलच्छिना सर्पा।
आफु खङ्रगै परियो,झन् पोहोर्साल् मत्र रोइ कराइ गरेर किनाएको हारा जिन। येता उता धुइँपत्ताल खोजिओ, हात लाग्यो फुस्टा..
आज यो ज्यानमाथि दैब लाग्या जस्तो भो। अब घर कसरि जाने। फेरि राति घर नगए काहाँ जने त।
"आहा हा हा आहा हा हा हि हि हु..... खुइ...आ" डर लाग्या बेला झन् पैरो गा जस्तरि हास्यो सर्पा।
"किन मर्न लागिस् माचि...रन्...छोरा....झन् दसा लाग्या बेला "मैले रिस पोखेँ।
"हैन के तेरो दशा झन् ठुलो रैछ मैले अहिलेसम्म नदेखिरा ।तेरो कट्टुमा त चिप्लेटि खेल्दा प्वाल परेछ नि येउटा होर दुइ-दुइ वोटा ।" हाँसो खटाएर मज्जा लुट्दै बोल्यो सर्पा।
आफुलाइ भने सातो हराएजस्तो भो, मुटुमा र कन्डोमा एकैचोटि बतास् पस्यो। कन्चट्मा हात राखेर थचक्क बसेँ। अब येत्ति रैछ जस्तो लाग्यो।
सर्पाले ख्याल गरेछकि कुन्नी मलिन स्वोरमा बोल्यो" अब के गर्ने त , जे हुनु भै हाल्यो तर पनि घर नगएर त भएन केरे, बरु येस्तो गरम्। तँ अगाडि अगाडि हिन्नु म तेरो पछि पछि हिन्छु कसैले देख्दैनन् तेरो त्यो प्वाल् अनि त फेरि यो तेरो कट्टु अलि ठुलो पनि छ , हाफ्-पेन्ट होला भन्छन् नि सबैले। हुन्न"
आफुले राम्रोगरी केहि सोच्न सक्या होइन , अब लास्टै पर्या बेलाँ हुन्न पनि कसरि भन्नु। टाउको मात्र हल्लाएँ।
मेरो दुख देखेर सर्पाको मनमा दोस्तिको मूल फुट्यो भनेर सोच्नु धिक्कार् रहेछ। झन् पछाडिबाट समाजको आँखा बचाउला कि भनेको येत्रो हुनु।
आली, गल्ली, चौतारो, पँधेरो,घट्ट कहिँ पनि येउटा सम्म मान्छे देख्न पाछैन चरिफाइँ पर्यो जस्तो गएर बेतोड्ले हास्न सुरु गरिहाल्ने अझ चोर औलाले मेरा कट्टुका प्वाल् तिर देखाइ देखाइ पो हो त।मान्छे छैनन् भने पनि काहाँ सुख दिने हो र। तेस्का रिस् उठ्दा सवाल् र हर्कतले छाडे पो.....
"बन्दुके तेरा यी प्वालबाट झिङा छिर्यो भने के गर्छस् हँ?"
"हुन त के गर्न पर्यो र आफै निस्सासियेर मरि हाल्छ नि...... हि हि हि हैन?"
"वाह् वाह् हिन्दा त क्या कन्डो हल्लायेर हिन्दो रैछ नि हाम्रो बन्दुके"
"ठ्याक्कै इस्काउटमा परेड् खेल्या जस्तो... लेफ्ट राइट् लेफ्ट , लेफ्ट राइट् लेफ्ट"
चुमुक झुमुक् चुमुक, झुमुक चुमुक झुमुक......टुइँ.....इ....आ भन्दै एक्चोटि त येउटा बाँसको सिटो पो छिराउँछ के रे।
मलाइ पनि सहि नसक्नु भएर मिथूनले जस्तो घुमेर राउन किक हान्न लागेको अगडिबाट गाउँका एक् हुल् अाईमाई पराल् बोकेर आएका रहेछ झन्डै दुरबिन् देखाइयेको। अब अैन्दा बाट यो सर्पासङ हिने गाई खानु भनेर मन मनै कसम् खायेँ। येस्ले मलाइ बचाउन होइन आफु बेलैमा घर पुग्नलाई मात्र मलाइ खोलामा आयिडिया दिएको हो भन्ने कुराको छर्लङै भैसकेको थियो।
जसो तसो सकि नसकि लोकसँग लाज बचाएर घर पुगेको बा पिँढिमै बसेर "मोँर" चुरोट् फुक्दै हुनुहुँदो रहेछ। हत्त न पत्त आँगन तिर पिठ्युँ फर्कायँ।
"बल्ल अाइस त तेरो इस्काउटको मिटिङ् सकेर, के हो थाके जस्तो देखिन्छस् नि" किन बालाई तेत्ति धेरै माया लागेको हो कुन्नि खुरुक्क भित्र जान दिनुनि मलाइ।
"भोक लग्या होला, भित्र भुटेको मकै छ, खा गएर। आमा त छैन केरे भान्सामा। पनी लिन गाकि छ।" बा ले बल्ल मनै हरर हुने कुर गर्नु भो।
"हवस" भन्दै भन्सा तिर हेरेँ।
"हरे शिव ! यो बन्दुकेले त आज बा को कच्छा पो लाएर मोर्या रैछ त सिङौरी खेल्न। दिन भरि के उपति लाउन निस्क्यो भनेको त।"पछाडि हेरेको, आमा डोकोमा भरी गाग्री लिएर च्याँठिदै हुनुहुँदो रहेछ। भरी गाग्री ले त झन् साइत फल्छ भन्थे, आज भने तालुमा आरुफुला फल्ने भए भन्ने निस्कर्शमा पुगे म। मिथूनले भाग् कुत्ते भाग् भनेको कानमा गुन्जियो, पछदि हेर्दै नहेरिभित्र तिर फरार हानेँ।
"साच्चि मेरै पो रहेछ त । मैले त तेस्कै जाँघे होल भन्ठानेको त।" हाम्रो बा कान्फिउजमा परे जस्तो गरि बोल्दै हुनुहुन्थ्यो। क्यार्नु बा ! त्यो चिप्लेटी खेल्दा खेल्दा आफ्नो येउटा कट्टु, येउट हाफ् पेन्ट सद्दे भा भे मार्दिनु ।