माफी बक्सियोस् हजुर
म भोट हाल्न चाहन्न ।
मैले चुनेकाले बोल्न नपाउने भए
मैले जिताएकाले पद नपाउने भए
जितको अर्थ चै के त ?
यदि हार्नेकै बोलबाला चल्ने भए
चुनबी रंगमन्चमा अभिनय गर्न चाह्न्न
अबदेखि म भोट हाल्न चाहन्न
पैले रुख अनि सुर्य
हंसिया हथौडालाई दिएकै हु
बहुदल, लोकतन्त्र
गणतन्त्र देखेकै हु
जुन जोगि आएनि कानै चिरेका
के नै फरक पर्यो र खै?
आफन्तकै पेट भरे सबैले
मलाई कसले सम्झ्यो र खै?
कत्रो आश थियो
मेरो भोटले सुब्यवश्था ल्याउला भन्ने
जनताका हक अधिकार सुनिश्चित् गर्ला भन्ने
किशोरहरु दिउसै मरिदा
मेरो भोट केहि बोलेन
जनताका आवाज दबाइदा
मेरो भोटले प्रदिबाद गरेन
कलमहरु भांचिदा समेत
मेरो भोटले मुख खोलेन
मेरो भोटको के अर्थ
येदि मेरो सुरक्षा गर्न सक्दैन भने
मेरो बोल्ने र लेख्न्ने अधिकार
सुनिश्चित् गर्न सक्दैन भने
भैगो, यो गल्ति दोहर्याउन चाहन्न
अबदेखि म भोट हाल्न चाहन्न।