[Show all top banners]

BudoBaaje
Replies to this thread:

More by BudoBaaje
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

raju161
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पर्दा खसेको रात
[VIEWED 11511 TIMES]
SAVE! for ease of future access.
Posted on 11-01-10 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"याहू ! हे हे" 
असिम्  को खुशी को सिमा नै रहेन जब उस्ले त्यो चिठ्ठी  पढ्यो । एकछिन टक्क रोकियो । यताउता पल्याक्पुलुक हेर्यो । अनी घर को मुल ढोका तिर दगुर्यो । 
"शिला !! शिला !!! " भित्र बाट शिला  ढोका को सँघारमै आइपुगी ।  " ओ .... धत्तेरिका " उ टक्क रोकियो ।  अनायसै केही  सम्झियो । माथिल्लो टुप्पो मा पुगेको उस्को खुशी को पारो झर्दै झर्दै पिँध मै आइपुग्यो। अनुहार को भावमा एक्कै पटक बुझिने गरी परिवर्तन आयो । हास्न लाई तन्केका अनुहार का मांस्पेन्शी  हरु एकाएक खुम्चिए । अचानक उसको अनुहार मा ठुलो निराशा को बादल मडारियो। उ चुप रहयो।  केही बोल्न सकेन।
"हजुर किन एत्तिसारो आत्ति'सेको  ! एका बिहानै   के भयो फेरी  ?" अचम्म मान्दै शिला ले सोधी । असिम् अक्मकायो । कुरा मोड्नु पर्ने भो । के गरु कसो गरु भयो ।  अघी भर्खरै बाहिरको मेल बक्स बाट ल्याएको जन्क् मेला हरु मध्य एउटा  मा झट्ट उस्को आँखा गढ्यो । त्यही बिज्ञापन देखाउदै उस्ले भन्यो "हेर न अहिले वाल्मार्ट मा  केटाकेटी को लुगा  हरु मा ५० % छुट  रहेछ । यही बेला मा हामीलाई चाहिने जती किनी हाल्नुपर्छ है ।"  उस्ले शिला को अनुहार मा हेर्यो । शिलाले ले सारै सन्तुस्टिजनक जवाफ पाइन भन्ने बुझ्न उस्लाई  गाह्रो परेन । शिला ले अचम्म  मान्दै उस्लाई हेरी । असिम् ले जुधाउन नसकेको आँखा भुइतिर घुमायो  । शिला ले एकनजर  यो बिज्ञापन मा हेरी, अनी उस्को रातो भएको अनुहार मा हेर्दै भनी "हजुर को जानकारी को लागि यो बिज्ञापन वाल्मार्ट को हैन टार्गेट को हो । अनी अर्को कुरा हाम्रो घर मा कुनै बच्चा भएको मलाइ थाहा भएन" "अहिले नभएर के भयो त ? अब हुन्छ नि त चाडै  । अनी ब्यवस्था  गरिरा'नु परेन त ?" असिम् लुसुक्क बेडरुम तिर मोडियो ।  "खै के के हुन्छ यो मान्छे लाई पनि बेला बेला मा" शिला को बोली उस्ले भित्रै बाट सुन्यो । त्यो चिठ्ठी  हरु को थुप्रो बाट अगी भर्खर शिला सँग लुकाएको चाँही निकाल्यो अनी सरक्क एउटा पुस्तक भित्र छिरायो  । हात मा भएका अरु चिठ्ठीहरु बिस्तारा  को अर्को कुना मा हुर्याइदियो । चिट्ठी भएको पुस्तक लाई अरु पुस्तक हरुले छोप्यो । ओछ्यान् मा लडेर मास्तिर शुन्यता मा आँखा गाडीरहयो।  फेरी जुरुक्क उठ्यो । अनी त्यो पुस्तक निकाल्यो ।  पुस्तक भित्र को चिठ्ठी तान्यो ।चिठ्ठी पाउने को नाम पढ्यो ए के शर्मा अनी ठेगानाउसैको थियो । नाम मात्र फरक। “ए के शर्मा ,समय भोलि बिहान ८ बजे, १०,००,००० अमेरिकि डलर् को बिजेता"  लामो सास् फेर्दै गुनगुनायो। 
चिठ्ठी हेर्न छाडेर फेरी एकोहोरो टोलाइरहयो । कोठा बाहिर शिला को पद्चाप सुनियो । हत्तपत्त चिठ्ठी फेरी त्यही पुस्तक भित्र छिरायो अनी पुस्तक् लाइ हातै मा समाइरहयो । 
"हैन ! एक्लै धुम्धुम्ती के गरी बसिसि'या भन्या ? सन्चो पो  भएन कि ?" निधार छाम्दै  शिला ले भनी । हात को पुस्तक खोस्दै फेरी थपी "हैन कत्ती पढिरा'नु  पर्ने भनेको ? पढ्दा पढ्दै  पनि बिरामी होला जस्तो" मन नलागी नलागी उस्ले पुस्तक लाई आफ्नो हात बाट फुस्कन दियो । शिला ले पुस्तक को अगाडि पट्टी पल्टाएर नाम  हेरी । "आइ लभ माइ वाइफ्" शिला मुसुक्क हासी अनी असिम् को टाउको सुम्सुम्याउदै निधार मा सुस्तरी चुम्बन गरी  । असिम्  रुन्चे हान्सो हास्यो । शिला मेच् मा असरल्ल छरिएका पुस्तक हरु मिलाएर बाहिर निस्की । शिला ले पुस्तक हरु मिलाउदा उस्को सवारी चालक प्रमाण पत्र उसको आँखामा पर्‍यो । असिम् सिग्देल आँखा को रङ कालो रौ को रङ कालो ठेगाना उही । त्यही  चिठ्ठी मा भए  जस्तै ।  एकछिनमा बाहिर तिर चिहाएर हेर्यो । कोही नदेखेपछी  उस्ले फेरी पुस्तक बाट चिठ्ठी  निकालेर सर्रर  एकफेरो  हेर्यो  । खाम बाहिर पढ्यो । पाउनेमा ए के शर्मा अनी उसैको घर को ठेगाना । पठाउने मा लेखिएको थियो - फेसबुक  १५६ युनिभर्सिटी एवेन्यु पालो अल्टो, क्यलिफोर्निया  ९४३०१-१६०५ । पत्र सामाजिक सन्जाल का लागि प्रख्यात वेबसाइट फेसबुक डट्कम् को केन्द्रिय कार्यालय बाट आएको थियो ।
जनयुद्ध को मार मा परेर घर अनी बाबुआमा बिहिन भएका बालबालिका हरु को लागि एउटा अनाथालय खोल्न को लागि कोष सङ्कलन गर्ने क्रम मा उनिहरु को भेट भएको थियो । नेपाल् फर्केपछी  एउटा अनाथालय खोलेर  तिनै केटा केटी को सेवा मा जिन्दगी बिताउने शिला को सोच् थियो  । त्यसकै सिल्सिला मा आयोजना गरेको सांगीतिक कार्यक्रम पहिलो पल्ट शिला ले असिम् लाई देखेकी थिइ । एक बर्ष अघी को उनिहरुको भेट माया पिरती को बाटो हुँदै बैवाहिक सम्बन्ध सम्म पुगेर टुङिएको थियो । घर भित्र को कुरा दैब जानुन तर साथी भाई अनी नातागोता हरुको नजर मा खुशी का साथ बाँचीरहेका  एक सुखी दम्पती थिए। 
शिला बिस्तारामा मा भित्ता पट्टी पल्टिएर निदाउने प्रयास गर्दैछे। असिम् पनि सरक्क चढयो। एउटा हात ले शिला को शिर खेलाउदै अर्को हात ले पाखुरा सुम्सुम्याउन थाल्यो। शिला अर्ध निन्द्रा मै मुसुक्क हाँस्दै सल्बलाई।
“तिमिलाई शायद थाहा छैन शिला !  मलाई आलु को पकौडा मन पर्दैन“ शिलाको पाखुरा खेलाउदै असिम् ले भन्यो । उ फेरि हल्का मुस्कुराइ। आँखा हरु अझै बन्द थिए । आज तेस्रो पटक  थियो उस्ले भन्छु भन्छु भनेर पनि शिला लाई केही भन्न नसकेको। अघी साँझ सुत्न जानु अघी पनि एकपटक फेरी प्रयास गरेको थियो । तर शिला आफ्नै खुशी को संसार मा थिइ । उस्को हात आफ्नो पेट मा राख्दै मुसुक्क हाँस्दै भनेकी थिइ “यो बेला मा नराम्रो सोच्नु, नराम्रो सुन्नु , नराम्रो भन्नु हुन्न रे“ अहिले  फेरी उसले साहास् गर्यो । “निलो मलाई मन पर्ने रङ होइन“ शिला ले अब आँखा उघारी। असिम् अटल् भएर शुन्यता मा हेरिरहेको थियो । अनी उ अझै बोलिरहेको थियो। 
“म शाकाहारी हो तर मलाई कुखुरा को फुल् मन पर्छ ।“ शिला अब जुरुक्क उठी । असिम् को निधार छामी । “के के भनिरा'भन्या। हजुर लाई सञ्चै त छ ?“
“सारी बाहेक अरु लुगा मा मैले तिमी लाई कहिले राम्री देखिन“ “ठिकै छ नि त ! तर किन आज अचानक ?“ शिला झस्की।
तिमी ले हाँस्दा मेरो कुनै पनि दु:ख ब्यथा हरु भाग्दैन । तिमी लाई पहिलो पल्ट देखेको दिन मेरो जिन्दगी को सबै भन्दा खुशी को दिन पनि हैन“ “चुप“ शिला अब डराउन थाली । आफ्नो हात ले उसको मुख् थुनी ।अनी बेस्मारी अङालो मारी । “किन यस्तो कुरा गरेको ?“ तरअसिम् रोकिएन । उ उठ्यो ,शिला को बिपरित दिशा तर्फ फर्किएर बस्यो ।  भुइ तिर नजर गाड्यो अनी अझ ठुलो स्वर् मा  बोल्दै गयो । 
“तिमी सँग मेरो कुनै पनि बिचार , कुनै पनि सोचाइ ,रोजाइ, चाहना ,सपना केही मिल्दैन । सबै फरक छ । कही कतै पनि छैन समानता ।“ अब भने शिला साच्चै नै डराइ । असिम् को कुरा हरु ले स्तब्ध बनायो उसलाई । असिम् ले  अझै पनि सकेको थिएन उ अझै बोल्दै थियो  “नेपाल मा द्वन्द पीडित बालबालिका को लालनपालन् शिक्षा को लागि तिमीले मरिमेटेर खोल्न लागेको अनाथालय प्रती मलाई कहिले पनि  कुनै रुची भएन । वास्तब मा केटा केटी मलाई झ्याउ लाग्छ । कलेज् को लाइब्रेरी मा पनि मेरो नोट्बूक तिम्रो बुक हरु मा मिस्सिएको हैन , तिमी सँग नजिक हुन मैले नै मिसाएको हो । जबर्जस्ती मन भई नभइ योजना मुताबिक नजिकिए म तिमी सँग" शिला का आँखा हरु रसाए । आँशु लाई खस्न नदिन आँखा हरु यता उता चलमलाई । “अनी.... अनी......“ रुन्चे हांसो मा भनी “भन्नुस् न अरु पनि । सुनिरहन मन लाग्यो“ “हैन अझै कुरा बुझिनौ ? हाम्रो केही पनि मिल्दैन कहिले मिलेन“ 
“अनी....!“  “हामी एक अर्काको लागि जन्मिएकै हैन क्या । बिपरित ग्रह बाट झरेका प्राणी जस्ता हौ हामी । मेरो तिमी सँग केही मिल्दैन । तिमी मेरो रोजाइ हैन न त चाहना नै । मैले खोजेको जस्तो केटी नै हैन तिमी के“  “अनि....!ठिकै छ नि त हजुर ! मलाई हजुर को इमान्दारिता झन मन पर्यो । हजुर प्रती मेरो माया झन बढेर आउने छ । मन खोल्नुस् । हजुर ले मन नपराए के भो र  मैले त मन पराएको हो नि ।” स्थिती लाई सम्हाल्न खोज्दै शिला ले भनी । 
“सबै कुरा योजना थियो , तिमि सँग को माया प्रिति बिवाह सबै कुरा । म तिम्रो अपराधी हुँ। म पापी हुँ । मैले तिमिलाई बिहे गरेर पाप गरेको छु । मेरो आफ्नो लक्ष्य प्राप्ती को लागि तिमीलाई प्रयोग गरे“
“हजुर पापी अपराधी जे भए पनि म हजुर लाई माया गर्छु । हजुर जे हुनु हुन्छ मेरो लागि पर्याप्त छ“शिला लाई अझै पनि स्थिती सम्हाल्न सक्छु भने विश्वाश थियो। असिम् ले केहीबेर शिला को मुहार मा हेरिरहयो अनी उठेर अर्को कोठा मा गयो । फर्केर आउँदा उसको  हात मा त्यहीचिठ्ठी थियो । त्यो चिठ्ठी शिला लाई दिदै भन्यो 
"ल यो पढ ! "
चिठ्ठी आफ्नो हात मा लिएर सर्र पढी अनी भनी “ यो के हो  ? मैले  केही कुरै बुझ्न सकिन । हजुर म सँग के खेल खेल्दै  होइसिन्छ । किन सबै कुरा स्पस्ट भन्नु हुन्न ?" उसले केही नभनी कम्प्युटर खोल्यो । फेसबुक मा लग् इन गर्यो अनी सर्च गरेर एउटा ग्रुप भित्र छिर्यो । शिला ले माउस समाइ । सर्र त्यो ग्रुप मा भएको कुरा हरु हेरी । वाल् मा लेखिएका कुरा हरु पढि त्यस्को सदस्य हरु को नाम् सबै हेरि । उ चकित् भई । आस्चर्य ले उनका आँखा हरु ठुला ठुला भए । सबै थिए त्यहा । शिलाले त्यहा आफ्ना सबै नातेदार हरु देखी । काका , मामा, फुपु को छोरा, मनोहर  दाई , नरेन्द्र जि, कमल् चौधरि ,कैलाश् चन्द्र उपाध्याय, मदन् सार्कि, किशन् मन्डल्  अनि अरु  छिमेकी हरु अफिस का मान्छे हरु ,शपिङ् मल् मा भेटिएका हरु, कर्मचारी, नेता, ब्यापारि हरु , शिक्षक हरु, उद्योगपती हरु, भुटान को भोटे देखी भेनेजुएला को स्टेसन म्यानेजर, चाइना को कराते प्रशिक्षक् देखी चिली को सुन ब्यापारि, अरब् को सुल्तान् देखि तमिल् टाइगर्स् को गुरिल्ला, सोमलिया को भोक नाङा हरु,  एसिया, युरोप अमेरिका, अफ्रिका सबै तिर का लाँखौ लाख् मानिष हरु। अनी उनिहरु का अनेकौ पोस्टिङ् हरु । सबै ले आफ्नो तिक्तता पोखेका थिए त्यो ग्रुप को वाल मा । सबै जना ले मन् शान्त हुने गरि मन खोलेर आफ्ना कुरा हरु पोखेका थिए । आफ्नो दुखेसो ब्यक्त गरेका थिए । घन्टौ  लगाइ शिला ले । सके सम्म सबै पढि, सबै हेरि । फेरी अघी को चिठ्ठी पढि "आखिर यहाँ भै'राछ के हजुर ? अनी के हो यो ? को हो यो ग्रुप बनाउने? छ्या कत्ती सम्मा को पतित मान्छे रहेछ । को हो त्यो ए के शर्मा ? अनी उस्ले पुरस्कार जितेको रे  तर यो पत्र हाम्रो ठेगाना मा कसरी ?“ 
शँखास्पद नजर ले हेर्दै सोधी । असिम् ले लामो सास फेर्यो अनी भन्यो । “ त्यो ग्रुप बनाउने ए के शर्मा हो । यो ग्रुप उसैले बनाएको हो । फेसबुकमा सबै भन्दा बढी सदस्य बनाउन सफल भएको ले त्यो पुरस्कार पनि उसैले जितेको हो । अनी … अनी …”
“अनी ?“
“सबै कुरा त अब छर्लङ भैसक्यो नि"
"म हजुर् को  मुख् बाट सुन्न चाहन्छु"
"त्यो ए के शर्मा अरु कोही हैन म नै हुँ । त्यहा पोखेका भावना हरु सबै मेरा हुन । जे जती तितो पोखेको छु जे जती बेदना दु:ख अनी बिरत्तता पोखेको छु सबै नितान्त मेरा आफ्नै हुन् ।“  शिला ले उस्को मुख मा हेरि। असिम् ले आँखा जुधाउन सकेन। अनि शिला ले फेरि कम्प्युटर तर्फ मुन्टो घुमाइ। फेरी मन नलागी नलागी मनिटर् को सबै कुना कुना मा आँखा दौडाइ । माथि पट्टी उस्को आँखा अडियो । त्यहा ग्रुप को नाम लेखेको थियो । अनी शिला ले  त्यो ग्रुप को नाम पढी । त्यहा लेखिएको थियो “ आइ हेट् माइ वाइफ“
मौनता मा धेरै घण्टा हरु बिते ।  झ्याल को फुटेको शिशा को बाटो एक टुक्रा घाम कोठा भित्र छिर्यो। शिला अझै  भुइ मा बसिरहेकि थिइ। असिम् पनि थचक्क बस्यो । 
“तिमीलाई थाहै छ म कम्प्युटर को किरा थिए । एकदिन फेसबुक चलाऊदै गर्दा त्यहा ग्रुप हरु को प्रतिस्पर्धा आयोजना गरेको थाहा पाए । गएको डिसेम्बेर १४ सम्म मा सबै भन्दा बढि सदस्य बनाउन सक्ने ग्रुप लाई १०,००,००० अमेरिकि डलर् को पुरस्कार घोषणा गरिएको थियो। “शिला एकोहोरो भित्ता तिर हेरेर सुनिरहेकि थिइ । उ बोल्दै गयो।  “शुरु मा जीस्केर यो ग्रुप खोले पछी  सदस्य हरु बढ्दै गए । म अझ उत्साहित् हुदै गए । मलाई बिजेता हुने रहर बढ्दै गयो।  यस्मा निक्कै नै गम्भिर हुन थाले। धेरै भन्दा धेरै मान्छे ले मन पराउने बनाउन लाई मैले मान्छे को मुटु छुने खाल्का कुरा हरु लेख्नु पर्थ्यो । बिशेष गरी आफ्नो श्रीमति प्रती नकारात्मक धारणा हरु , खराब् जीवन् सङिनि का कारण् ध्वस्त भएको सुखद् दाम्पत्य जीवन् का सपना हरु, श्रीमति का कारण पाएका दु:ख बेदना चोट  हरु लेख्नु जरुरी थियो । जत्ती लेख्नु पर्ने लेखे त केही समय पछि मलाई लेख्नु पर्ने शब्द हरुको कमी महसुस हुन थाल्यो । मैले स्वयम आँफैले खराब् बैवाहिक् सम्बन्ध बाट श्रीजित् त्यो वास्तविक् पिँडा को महसुस नगरे सम्म  मान्छे हरु को मन् मुटु छुन कुला जस्तो लागेन ।
हो मेरो लेख् हरु त्यत्ति शसक्त नहुने भए। म हार् खप्नु पर्ने डर् ले बिचलित् भए। तर म हार्न चाहन्न थिए शिला।“ शिला का आँखा हरु बाट आसुँ हरु अबिरल बगिरहे । तर पनि अनुहार मा भने अबिचलित अनी सँयमित् देखिन्थ्यो । उनको अनुहार ले दया करुणा माँगिरहेको थिएन बरु हिम्मत साहस् अनी बिद्रोह को भाव् झल्काइरहेको थियो ।
“अनी आफ्नो चाहना , मन , रोजाइ कही पनि कतै पनि केही पनि नमिल्ने मन नै नपरेकी म सँग नजिकिन थाल्नु भयो ।“ असिम् चुप भयो । शिला फेरी बोली “मलाई नक्कली माया देखाएर बिहे गरेर अनी म सँग जीवन् बिताउनु को पिडा हरु त्यस्मा लेख्न थालनु भयो“ असिम् ले निरर्थक् हो भन्ने जान्दा जान्दै पनि उनलाइ सम्झाउने प्रयास् गर्यो । 
“हेर् शिला ! जिन्दगी मा सबै कुरा पैसा नै हो । पैसा भए जिन्दगि मा  सुख शान्ती सबै पाईन्छ । पैसा भए जिन्दगी आरामदायी हुन्छ । सबै ले पैसै को पूजा गर्छन् शिला। धनि कै पछि लाग्छ उसैको कुरो सुन्छ यो सँसार् ले”  “बस हजुर बस ! भयो धेरै भयो ! कत्ती खुशी थिए म मेरो जिन्दगी देखी । तर आज थाहा भयो मेरो जिन्दगी को खुशी को बास्तविक् रुप ।  म त पानी को फोका मै रमाएछु । इन्टर्नेट् को एउटा प्रतियोगिता जित्न को लागि प्रयोग भएकी मात्रा रहेछु । त्यो माया प्रेम त जाल मात्र रहेछ । हजुर् को कथित् खेल् को एउटा गोटि मात्र बनेकी  रहेछु“ 
“किन मुर्ख बन्छौ शिला ? अब हामी सँग के छैन । सबै कुरा छ । तिमी म अनी हाम्रो बाल बच्चा सुख का साथ बाँच्न सक्छौ । हो मैले गल्ती गरे तिम्रो बारेमा भएका नभएका, तिम्रो कारण ले मैले भोगेका नभोगेका, अनेकै तनाब हरु, बित्रिस्णा हरु, बिरक्तता हरु अनि अरु पनि  धेरै धेरै नराम्रा कुरा हरु लेखिरहे लेखिरहे ।” असिम् ले सम्हालिदै बोल्यो । “हेर जे होस् , अब हामी सँग प्रसस्त रुपैया छ । बिर्सिदेउ सबै पुराना कुराहरु ।  सबै कुरा बिर्सेंर अब  नयाँ सुखै सुख ले भरिएको आराम्दायी जीवन बिताउ ।" “पुरानो कुरा हजुर को लागि तर मेरो लागि नितान्त  नयाँ कुरा हो यो । मेरो ब्यक्तिगत् ग्रीहश्थी जीवन् लाइ दुनिया को अघि छरपस्ट पारेर बजार् मा बेचेर पाएको पैसा ले म मेरो कुन् खुशी किन्न जाउ हजुर्? मेरो खुसि त हजुर् को माया मा थियो जुन् हजुर् ले कहिले बुझ्नु भएन अनि अब हजुर् बाट बुझ्ने अपेक्ष्या पनि राख्दिन म।" दराज् माथि को सुट्केश् तानेर बिस्तारा मा राख्दै अझै कडा स्वर् मा बोल्दै गइ।" धमाधम् आफुलाइ चाहिने लुगा कपडा हरु सुट्केश् मा कोचि । "हजुर ले यो मुटु भरी दिएको घाऊ बिसेक बनाउन त्यो पैसा ले म कुन मल्हम किँनु?" सुट्केश् बन्द गरि ,एक्छिन् भित्ता तिर हेरेर लामो सास् फेरि अनि केहि सम्झे जस्तो गर्दै भनि "साच्चि पुरस्कार जितेकोमा  हार्दिक बधाई ।" आफ्नो बगिरकेहो आँशु पुछि। 
"हजुरले म अनी मेरो कोखमा भएको भावी सन्तान प्रती अब कुनै पनि अधिकार्, सरोकार् अनि कुनै पनि खाले सम्बन्ध स्थापित गर्ने प्रयास् मात्रा  पनि गर्नु हुने छैन भन्ने आशा गर्दछु । हजुर त्यही पैसा सँग बस्नुस्। मन परेकी बिहे गर्नुस् । हजुर को सुखी जिन्दगी को म सधैं कामना गरी रहने छु“ 
असिम् ले कत्ती सम्झायो । शिला ले उस्को एक सुनिन । त्यो बिहान उस्ले घर छोडि । 
आजै पुरस्कार थाप्न जाने दिन् , आजै शिला ले घर छाडी । बिहानै ८ बजे पुगिसक्नु पर्ने हो । घडी ले बिहान को ६ बजाइ सक्यो तर उस्को शरीर मा जोश जाँगर् केही छैन। मन अमिलो भएको छ । यतिका कुरा गुमाएर, यती  धेरै बलिदान, लगाब मेहनत अनी त्याग पछी बल्ल प्राप्त गरेको सफलता को मिठो फल चाख्ने बेला भएको थियो । आज त्यही दिन् थियो जस्को उ धेरै धेरै दिन् देखी प्रतिक्षारत थियो। यो अवसर लाई खेर जन दिने कसरी ? उ बाथरुम पस्यो । उस्को दिमाग मा शिला का कुरा हरु अनी गोलो गोलो डल्लो डल्लो परेको कालो बर्ण को अनुहार झल्झली छाइरहेको थियो । दिमाग भरी उसैका कुराहरु  नाची रहेछन । शिला सँग बिताएका राम्रा नराम्रा पल हरु चलचित्र  झै उस्को आँखा अघी दौडी रहेछन । बाथरुम  बाट निस्केर कोठा तिर पस्यो । दराज खोल्यो । उस्का सबै लुगा हरु इस्त्री गरेर ह्याङ्लर  मा झुन्डाइएका थिए । जतन का साथ मिलाएर पट्याइएका थिए । उस्ले  केही बेर सबै लुगा निहार्यो । "हजुर लाई यो निलो सर्ट मा कलेजी टाइ खुब सुहाउछ"  शिला ले भनेको सम्झियो । निलो सर्ट अनी कलेजी टाइ नै  झिकेर लगायो ।
भित्ता को घडी मा हेर्यो । घडी मा बिहान को ७ बज्न लागेको थियो ।
शिला लाई फोन गर्यो। बोलिरहयो सम्झाइरहयो । शिला ले सुनिमात्र रही एक शब्द पनि फर्काइन । उसैले फोन काटी । फेरी पनि बोल्न लाई  धेरैपल्ट कल गर्यो तर त्यसपछी शीला ले फोन उठाइन । मेच मा भएको चिठ्ठी टिप्यो अनी कोट् को खल्ती मा हाल्यो । ऐना  हेर्यो । निधार को कालो दाग मा उस्को आँखा पर्यो । छ महिना अघी रुख बाट लड्दा घाऊ भएको थियो । शिला ले कत्ती धेरै स्याहार सुसार गरेकी थिइ । घाऊ निको नहुन्जेल सम्म  हरेक दिन् सैयौ पटक चुम्बन गर्थी । केही सम्झेछ उस्ले , अलिकली मुस्कुरायो । घडी हेर्यो । उसलाई अबेर भई सकेको थियो ।  चिठि फेरी निकालेर हेर्यो । खल्ती मा हाल्यो । गाडी  निकालेर मुख्य सडक् तीर हान्नियो । अलिक् पर पुगे पछी त्यो मुख्य सडक् दुइटा बाटो मा छुट्टीएको थियो । एउटा बाटो पुरस्कार् थाप्न जानु पर्ने होटेल जान्थ्यो भने अर्को बाटो शिला बसेको उनको आमा को घर । गाडी  टक्क  रोक्यो । यता हेर्यो उता हेर्यो । उसले  ठुलो तनाब  मा पायो आफुलाई । निधार  मा चट् चट् पसिना आयो । गाडी को एक्सिलेरेटर्  जोड ले दबायो । गाडी ले ठुलो आवाज् गर्दै धुँवा र धुलो को मुस्लो फाल्यो । कही कतै केही नदेखिने गरी धुँवा र धुलो को बादल मडारियो । गाडी  को आवाज झन झन बढ्दै  थियो। केही पछी मधुरो बतास ले त्यो सबै धुलो धुँवा उडाउदै लग्यो । द्रिस्य छर्लङ  देखेने गरी  खुल्दै गयो। त्यहा कुनै गाडी को आवाज सुनिएन । नत गाडी नै कतै देखियो । बरु पर पर माथि आकाश मा त्यही चिठ्ठी को टुक्रा हरु भने यत्र तत्र उडिरहेको थियो ।

 
Posted on 11-01-10 10:46 AM     [Snapshot: 39]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढो बाजे,


कथाको घट्नक्रम भन्दा प्रस्तुतिकरण, भाषा, शैली समष्टिमा लेखाइ  उत्तम लाग्यो ।


 
Posted on 11-02-10 9:17 AM     [Snapshot: 265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुडाबाजेको यति राम्रो कथा पढ्न पाएकोमा धेरै खुशी लाग्यो। अन्त्य अलि नाटकिय भयो कि जस्तो लाग्यो, तर त्यो असंभव भने हैन।


ल है, बाजे अरु पनि यस्तै राम्रा राम्रा कथा पढि रहन पाँउ अझै आउने दिनहरुमा!


शुभकामना!


 
Posted on 11-03-10 4:02 PM     [Snapshot: 450]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la hamra "BudoBaaje" le yeti ramra katha lekchan vhanera sochya pani thina.


 
Posted on 11-03-10 6:09 PM     [Snapshot: 484]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है राम्रो लाग्यो !!!!
 
Posted on 06-27-16 12:31 PM     [Snapshot: 3631]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी कथा .....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters