सबै साथिहरुलाई नमस्कार ,
धेरै पछी छोडेको कथालाई पुन डोर्याउने प्रयास गरेको छू ! कथा टालेको जस्तो देखीएमा क्षमाप्रार्थी छू...
कल्पदृश्य (भाग-२)
ठूलो जहाजमा चढ्नु को मज्जा नै बेग्लै , म विराटनगर जाने बुद्द ठूलो आएर त्यस्मा चढ्दा कति खुशी भएकी थीएँ ! तर जीवन ले साथ खोज्छ , त्यो मजामा मैले स्वाद पाइन , झलक्क झलक्क उसको झ्याल बाट बाहिर हेर्दै गरेको अनुहार आइरह्यो । समय मलम हो भन्छन् मेरो आलो चोटमा बिस्तारै मलम लाग्ला ! म पनि उ बिना अभ्यस्त हुन सिकौँला , उसका यादले पनि मलाई खुशी देलान् । उसको सम्झनाले मेरो प्रभात ल्याउला अनि उसका इमेल हरु हावामा सुवाष बनेर छरिएलान् मेरो कोठा भरी शायद !!!
मैले आफ्नो ह्यान्डक्यारी मा भएको किताव झीकेँ ! म कितावको खासै शौकिन त होइन तर उसले मलाई पढ्नलाई किताव थमाईदिएको थियो ।मैले उसको सम्झनाकै लागी भए पनि किताव खोलेँ !!!
"मेरी प्यारी सुधालाई !!!"
मलाई रमाईलो लाग्यो मैले धेरै वेर सम्म ति अक्षरहरु हेरेँ एकछीन सुमसुम्याएँ त्यो मसी मै माथी पोखिएर म रंगिइरहेको छू जस्तो लाग्यो अनि अनाहकै मुस्कुराएँ । "कर्णाली ब्लुज "उसले दुइ दिनमैँ यो किताव सिध्याएको थियो ! अनी धेरै बेर घोरीएर भनेको थियो , तिमीले पनि यो किताव पढ्नुपर्छ !
आफुमा चासो नभएपनि हाँसी हाँसी टार्न मैले ठट्टा गरेकी थीएँ
"तिमीले पढीसकेपछी मलाई सुनाइ हाल्छौ नी , अनी विचमा बिर्स्यौ भने दुई चोटी पढी पनि हाल्छौ !!"
उसले म तिर हेर्दै भनेको थीयो
"शायद तिन चोटी पनि पढ्छु होला यो किताव त !"
मलाइ कहिलेकाहिँ दिक्क लाग्थ्यो उ देखी , मैले गरेका ठट्टा हरु नबुझ्दा तर फेरी सम्हालिन्थे अनी खुशी हुन्थे हो उ मलाई साधा मनले , उसको सोझो आत्माले मन पराउँछ । उसको मायामा फूलबुट्टा छैनन् , रंग छैन , उसको माया त पानी हो मात्र गहिराइ छ । जसले मलाई डुबाउँदै लान्छ !!! कुनै रंग वीना , कुनै वुट्टा वीना पनि मलाई घोल्छ म मा प्रभाव छोड्छ ।
यताउति हेरेँ सवै आफ्ने धुनमा मस्त थीएँ , भित्रको धूमील , मधुरो प्रकाशमा कसैले मलाई हेरीरहेको थिएन । म अव एक्लिएकी छू । मलाई हेर्ने कोहि छैन !
किताव फरर पल्टाएँ । शुरुका दुइ तिन पृष्ठ पढेँ । कितावलाई नराम्रो भनेर म खोट लाउने आलोचक होइन तर मेरो मन त्यसमा अडिएन ।खासै पल्टाउन मन लागेन !!!
झ्याल बाट आँखा डोर्याएँ तल पनि हेर्न लायक केहि देखिन । मेरो साथीले भनेको थियो । राति हिँड्दा वत्ति बलेको असाध्यै राम्रो देखिन्छ रे ! मलाई थक्क थक्क पनि लागेको थियो दिउँसोको फ्लाईट परेछ । छेवैको मान्छेलाई हेरेँ अनि मुस्कुराउन खोजेँ । उ पनि मुस्कुरायो । उसले मलाई उत्तर फर्काएन । मेरो मुस्कान को साटो पनि मौन मुस्कान नै आयो । तर मैले चाहेको त्यस्तो थीएन उ म सँग बोलोस् भन्ने थियो अहँ बोलेन । मलाई बाटो काट्ने मेलो चाहिएको थीयो !!!! अनायसै अघिका स्क्रिनका च्यानल हरु घुमाएँ ! धेरै नसुनेका अंग्रेजी फिल्म र सवै हेरेका हिन्दी फिल्म बाहेक केहि भैटीन ! फेरी राखिदिएँ रिमोटलाई !!!
पासपोर्ट झिकेर अनायसै आफ्नो अनुहार हेरेँ ,त्यो गलामा तिलहरी थीएन । मेरो विहे हुनु भन्दा अघी बनाएको पासपोर्ट !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!आफ्नो घडी हेरेँ करिव साढे तिन बजेको थीयो नेपालको अहिले उ कोठा पुगेर चिया बसाउन थाली सकेको होला , हुन त आज आमा पनि हुनुहुन्छ , उ टिभिको रिमोर्टलाई सकेसम्म बटार्दै होला ! तर मलाई थाहा छ उसको ध्यान टिभी मा छैन । उ सामान्यतय चित्त ठेगानमा नभएको बेला कसैसँग पनि बोल्दैन सामान्यतय टिभिको रिमोट समात्छ वा आफुले पढिसकेका कुनै उपन्यासहरु मध्येको थाक बाटै एउटा निकालेर पढ्न शुरु गर्छ जसको अन्त्य उसलाई थाहा हुन्छ ।हो उ प्रेडिक्टेबल छ । मैले सुनेको छू अनप्रेडिक्टेबिलीटी केटी हरुको गुण हो अरे ! म त्यसै भनाई लाई दाँज्छु अनी सोच्छु हो उ केटा मान्छे हो र त प्रेडिक्टेबल छ । उ धेरै कुरा भन्दैन , मैले उसको मौनता को पनि अर्थ निकाल्नु पर्छ , स्वास्नीमान्छेले जति लोग्ने को संगत गर्दै जान्छे त्यति उ मौनता केलाउने कुरामा पारंगत हुँदै जान्छे । म उसका मौनता पछिका कारण हरु बुझ्दिन , मलाई केलाउन पनि खासै मन लाग्दैन तर उ सँधै त्यस्तै गर्छ ।
शायद हरेक सम्वन्धहरु त्यस्तै होलान् । उसका केहि कुरामा म कारण खोज्दिन मेरा केहि उ कुरा मा उ कारण खोज्दैन किन भने हामीले टुक्रा टुक्रामा आफू आफूलाई बाँडेर मन पराएका हैनौँ । मलाई सिंगो उ मन पर्छ त्यसका केहि टुक्राहरु सित म बाझ्ने गर्छु अनि उसलाई सिंगो म मन पर्छ त्यसका केहि पाटाहरुलाई उसले मौन विरोध गर्छ ।
एयर होस्टेसले ल्याएको जुसले मेरो ध्यान भंग गर्यो , आकाश मा केहि ढलमल हुन सक्छ पेटी राम्ररी बाँध्नु भनेर क्रिउकै कोहि चिच्याउँदै पनि थियो ,मैले मनमनै सोचेँ झरी हालियो भने के होला , मैले यसो उचाई हेरे आफ्नो स्क्रिन मा , कति टुक्रा हुईन्छ खासै हिसाव गर्न सकिन ! आ भयो , मलाई हिसाव गर्नु पनि छैन , मैले जुस सुरुप्प पारेँ !!!!!!
आफ्नो सिनियरको फोन नम्वर टिपेको डायरिमा उसको नम्वर फेरि हेरेँ ।म सामान्यतय आत्मविश्वास मा कमजोर छू । गरिसकेका कामहरु पनि गरेको छैन छैन जस्तो लाग्छ अनि फेरि जाँच्छु , सहि फेला पर्छ खूशि भइदिन्छु समय बित्तै जान्छ खुशिले फेरि शंकाको ठाउँ लिन्छ अनि फेरि जाँच्छू शंकालाई खुशीमा परिवर्तन गर्न !!!!!!!!!
हुन त उसलाई मैले फेसबुकमा पनि एड गरेकी छू ।म सँग मेरो सिनियर नेपाली दाइ लाई भेट्टाउने धेरै उपायहरु छन् तै पनि मोवायल जस्तो सजिलो के नै होला र !!!!!!!!!
" वेलकम !" आवाज रसिलो थीयो । तर दाइको थीएन ! मैले फेसबुकको अनुहार सँग अनुहार दाँज्न खोजेकी थीएँ । दाइको अनुहार पक्कै पनि होइन त्यो !
"शरद दाइ आउने कुरा थियो हैन ?" मैले अचम्म मान्दै उसलाई हेरेँ । बाहिर आएर गोरो भएको अनुहार हुनुपर्छ यो रातो रातो तर सफा , होचो , भख्खर मोटाउन थालेको । मैले सुनेकी छु केटा हरु वाहिर आए पछि वियरले मोटाउछन् त्यस्तै केहि होला !
"दाइको आज रिपोर्ट सब्मिसनको दिन पर्यो त्यहि भएर मलाई पठाउनु भयो !"
उसले सटिक मै जवाफ फर्कायो !आँखा नजुधाइकन ! मलाई आँखा नजुधाइ बोल्ने मान्छे हरु मन पर्दैनन् ।तर मैले उसलाई भन्न सकिन ! कस्ती रुखी आइमाई भन्ला फेरी !!!
"मलाई घर मा कल गर्नु छ !!" मैले उसलाई आग्रही आँखाले प्रस्ताव राखेँ !!
उसले मलाई मोबायल तेर्स्याउँदै म सँग भएका झोलाहरु माग्यो !!
"भारी छ होला , त्यो मलाई दिनू !"
मैले तेर्स्याइदिएँ । मलाई थाहा छ त्यो भारी छ ।मैले अंकलको मदतले अलि बढि नै वेट छिराएकी छु ।
"तँपाई चाहिँ शरद दाइको ??"
मैले उसले गाडी चलाउँदै गर्दा बाटो मा उसलाई सोधेकी थीएँ!!
"दाई भनेपछि भाइ नै भन्नु पर्ला नी हैन र !! कहिले काहिँ सम्वन्ध आफै जोड्नु पर्छ । !!" उ मुस्कुरायो मलाइ हेरेर ,यसपाली आँखामा आँखा जुधाएर ! कसरी थाहा पायो उसले मलाई आँखा नजुधाई बोल्ने मान्छेहरु मन पर्दैनन् भनेर ?
"सरी मैले नाम बिर्से तँपाई को !"
"मैले भनेकै छैन ! म मनोज !!"
उ फेरी हाँस्यो ! मलाई पनि हाँस उठ्यो , हो उसले नाम भनेकै छैन
"म सुधा !"
"मलाई थाहा छ ! "
" म तँपाई कै डिपार्टमेन्टमा हो !" उसले एकछिन को शुन्यता चिरेर भन्यो !
"अहिले नेपालमा कति बजेको होला??" तर म यहाँ थीइन ! मन उतै कसैको गोल्डेन प्लेट भएको घडीको काँटामा अल्झिएको थीयो !!!
क्रमश: