भाग १ :
'अंकल, अंकल नेता भनेको को हो?' - बिवेकले हतारिदै एक सासमा सोध्यो।
'अ... नेता भनेको हाम्रो प्रतिनिधि हुन। तिनीहरुले हामीलाई बाटो देखाउछन। हामी सबैजाना मिलेर नेता छान्छौ।' - मैले बुझाए।
' किन र बाबु ?'- बिबेकको अस्वभाविक प्रश्न माथि मेरो प्रतिप्रश्न।
" चोकमा मान्छे हरु भन्दै थे , कुन्नी कुन चै पो हो नेतालाई एक जानाले सबैको अगाडि झापाड हानेछ। ' उ बोल्दै गयो - 'नेता जस्तो हाम्रो प्रतिनिधिलाई पनि झापाड हान्न हुन्छ त अंकल ? '
' तेस्ता बदमाशहरुलाई त पिट्नै पर्छ बाबु। हामी सँग एउटा कुरा गर्छन्, काम चै अर्कै गर्छन्। हाम्रो रगत चुस्न पल्केका परजिबी हरु। ठीक्क गरेछ त्यो मान्छेले । ' - मेरो आबेश भरिएको तर स्वाभाबिक जवाफ।
'अनी त्यस्तो बदमाशलाई किन नेता बनाएको त अंकल ? '- बिबेक को निर्दोश प्रश्न।
......................
......................
'किन चाहियो तलाई ? जा , खुरुक्क होमवोर्क गर।'- म पन्छिए।
बिबेक ठुस्किदै उसको स्टडी रूम तिर लाग्यो। तर, मलाई भने उसको निर्दोश प्रश्न ले पोली रह्यो : साच्चै, हामीले तेस्ता बदमाशलाई नेता चै किन बनाएको होला।
भाग २:
आज स्कुलबाट फर्किनु बितिकै बिबेक मेरो कोठामा पस्यो। म उसको मनमा उर्लेका प्रश्नहरुको भेल उसको अनुहारमा स्पस्ट पढ्न सक्थे।
'अ , भन के भयो ?' मैले सोधे.
'अंकल अंकल, प्रधानमन्त्री भनेको को हो ?'- उसले सोध्यो।
'प्रधानमन्त्री भनेको देशको सबै भन्दा ठुलो मान्छे हुन। उनैले देश चलाऊछन। किन र बाबु ?' मेरो प्रश्न।
'अघी, चोकमा मान्छे हरु भन्दै थे ...।'
'के भन्दै थे ?'
'त्यो अस्ती झापाड खाने नेता छ नि , त्यो त प्रधानमन्त्री पो भएछ। हो , अंकल?'
'हो क्यारे' - म पंन्छीन खोज्दै थिए।
'अनी त्यस्तो झापाड खाने नेता कसरी देशको प्रधानमन्त्री बन्न सक्छ अंकल ?' बिबेक को खरो प्रश्न।
'खै! कसरी भन्ने अब, यस्तै छ हाम्रो देश को हालत।'
मेरो जवाफले उसको चित्त बुझेन। उ भन्दै थियो: धत! एस्तो पनि हुन्छ, काही ?
..............
...............
भाग ३:
नेपथ्यमा कसैको आवाज सुने। बिबेक रहेछ।उ आफ्नो भाईलाई भन्दै थियो :
'बुझिस केटा, हाम्रो देशमा ठुलो मान्छे बन्नलाई अरु हरु को झापाड खाने गरी बदमाशी गर्नुपर्ने रहेछ।'