तिमि अनि मेरो मौनता
संवादरुमा लुकामारी खेल्ने त्यो साँझ
अनि यादहरुमा लत्पतिएको यो साँझ
हृदयको गहिराइमा पुगेर
मलाई हरपल झस्काई रहन्छ |
म अझैपनि सोच्ने गर्छु
तिम्रो रोजाई र खोजाईको अंतर्द्व्नदमा
म एक मौन बन्दि थिए
न म तिमिसामु खुल्न सके
न तिमि धक फुकाएर फुल्न सक्योउ |
मलाई थाहा थियो; तिमीलाई पनि थाहा थियो
हाम्रो सपना एउटै हो
तर खाली तिम्रो अंतर्द्व्नद र मेरो मौनताले
कहिल्यै सपनाहरु साट्न दिएन हामीलाई
सामिप्यको झरीमा रुझ्न नखोजेको पनि होइन
यो मनले त्यो मनलाई बुझ्न नखोजेको पनि होइन
तर खाली तिम्रो अंतर्द्व्नद र मेरो मौनताले
कसिलो सम्बन्धको डोरी बाटन दिएन हामीलाई |
feel free to comment on this...