Hello everyone, This is my first post on Sanjha. I never had guts enough to post anything here since I was always mortified with my own writing because of the sheer talent we have on Sanjha and because of some great writers that I am fan of. But for the hell of it, being a silent lurker for years, I finally decided to post something I wrote inside the train while going to work. It basically is a story that I have seen or been part of living in NY. I am really hoping for some suggestion. I am a huge critic myself and I am a fan too.
ब्यथा बोकेको कथा, म र यो शहरको
मुसे दुलोबाट िनस्कन्छ यहाँ
दुर्गन्ध अनि मािनस,
संगसंगै अंगालाेमारेर
िभत्र राेईरहन्छ रेल
युद्दमा जवान पति गुमाएकी नारीजस्तो
अनि मानिस त्यही दुर्गन्धमा िलप्त
खोक्रा अाशाहरुकाे माला लाएकाे
झुटा सपनाहरु पछ्याउँछ
बाहिर उज्यालो िभत्र अंधेरो शहर
ठिक यहाँका बेकम्फुसे मानिसजस्तो |
रातमा नशाले मातिन्छ
महिला पुरुष बिच मात्र किन
पुरुष पुरुष िबच
महिला महिला िबच
मंाशाहारी उन्मुक्त प्रेम साटासाट हुन्छ
एकैछिनमा िमलाप
एकैछिनमा बिछोड
२१ सताब्दिको मुना मदनको प्रेम
कहिले बाटोमै सिदिन्छ
कहिले कोठासम्म पुग्दछ
सुरुवात अनी अन्त्य हुँदैन यहाँ
फेरिही रहन्छ, पल्टि रहन्छ
दिनहु, भित्ते पात्रे जस्तो |
बिउझन्न यहाँ मानिस
आखीं झ्यालबाट छिरेको सुनौलो सुर्यको किरणले
उठदछ मरेको मानिसझै
सैयांबाट
टयार -टयार कराउने
टेबल घडीको आवाजले
अनी पछुताउछ
जवान पतिको एउटै चिनो-गर्व
तुहिएको तिनै बिधवा नारी जस्तो |
अनी, नसामा कफिको दम दिन्छ
ग्रहण लागेको अनुहार बोकी
छिर्दछ तेही मुसे दुलो भित्र
तिनै खोक्रा सपना पछ्याउन
अनी निस्कन्छ अर्को दुलोबाट
दुर्गधित त्यो मानिस
अनी, अनवरत: ति पाहिला चली रहन्छन
घडीको सिन्के सुइ जस्तो
र म, हिमालमा ढन्दी-बियो र गुछां खेलेर हुर्केको,
फुच्छे नेपाली
निरन्तर: मेरो सानो,
नक्सामै हराएको,
मातृभूमी नेपाल खोजिरहन्छु |
-Aswin Bhusal