[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 डिसीमा तामांग समाज द्वारा ल्होछार पर्व
[VIEWED 1621 TIMES]
SAVE! for ease of future access.
Posted on 02-17-13 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                  डिसीमा तामांग समाज द्वारा ल्होछार पर्व 

 

फागुन ५ ,२०६९ (तदनुसार फेब्रुअरी १६ ,२०१३ ) का दिन वाशिंगटन डिसी महानगर क्षेत्रमा बृहत वाशिंगटन तामांग समाजको आयोजनामा भर्जिनिया राज्यको हर्नडनमा २८४९ सोनाम ल्होछार पर्व(नया बर्ष )अर्थात् सर्प बर्ष मनाईयो l उक्त उत्सब पहिलेको भन्दा अलिक पृथक शैलीमा आयोजना गरिएको थियो l

 

कार्यक्रम लाई दुई चरणमा भिभाजित गरि पहिलो कार्यक्रम औपचरिक र दोश्रो चरणमा कलाकार र नव प्रतिभाहरुले आफ्नो कला प्रस्तुत गर्नु भएको थियो l कार्यक्रमको सुरुवात गुरुले मन्त्र द्वारा गर्दै उपस्थित सबैलाई मन्त्र उच्चारण गर्न लगाउनु भएको थियो l उक्त उत्सवमा परिचयात्मक कार्यक्रम पनि समाबेस गरिएको थियो lतामांग समाजका अधक्ष्य श्रीलाल मोक्तानले सदश्यहरुलाई संघको नवीकरण गर्न आग्रह गर्दै अधक्ष्य मन्तब्य व्यक्त गर्नु भएको थियो भने स्वागत भाषण समाजका उपाधक्ष्य बिणा लामाले गर्नु भएको थियो lदोश्रो चरणको सांस्कृतिक कार्यक्रममा आनन्दु लामा ,सुबु सिंह ,विश्व राज थापा तथा प्रकाश सिवाकोटीले सांगेतिक धून प्रस्तुत गर्नु भएको थियो l

 

सांस्कृतिक साँझलाई मनोरंजन दिने उदेश्य अनुरुप कलाकारहरु क्रमस ,इन्दु पोख्रेल ,नेत्र घिसिङ्ग ,अंकुश नेपाल ,शशि दाहाल ,लामु तामांग ,दिनेश गुरुङ ,बिकाल पौडेल ,विस्हर पौडेल ,साक्षी जोशी ,श्रेया दाहाल ,श्याम लामा ,मंजु पुन र राजु रुम्बाले विभिन्न कला प्रस्तुत गर्नु भएको थियो l यसपाली उक्त उत्सवमा एउटा रोचक प्रस्तुतिको थालनी गरिएको थियो l गीतको भाकामा उत्कृष्ट प्रदर्शन गर्ने कलाकारहरुलाई पुरस्कार दिने घोषणा गरे अनुसार निर्णायक मण्डलीले लामु तामांगलाई सो पृथक कार्यक्रमको लागि रीति रिवाज ( मिसेस कस्टम )सम्मानबाट पुरस्कृत गरेको थियो lकार्यक्रम संचालन समाजका महा सचिब राज तामांगले गर्नु भएको थियो l

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters