[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 विदेश भासिएको छोराले बर्षौ पछि बाबुको काज किरिया गरे
[VIEWED 3670 TIMES]
SAVE! for ease of future access.
Posted on 03-04-13 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
 
                                                              विदेश भासिएको छोराले बर्षौ पछि बाबुको काज किरिया गरे 
 
काठमाडौँ  ,फाल्गुन २० गते ,अमेरिका नेपाल सोसाईटी (समाज ) वाशिंगटन डिसी का पूर्व अधक्ष्य तथा समाजसेवी खेम भट्टचन आफ्नो पिताको देहवसान भएको करिब ३.५ बर्ष पश्च्यात मातृभूमि पुगी स्वर्गीय पिता शेर बहादुर भट्टचनको काज किरियामा ३ दिन काठमाडौँको बौद्धमा बसेका छन् l 
 
विदेश गएका जो कसैलाई पनि आपत बिपत आई लाग्छ l परदेशमा बसाईको परिस्थितिले गर्दा आफुलाई जन्म दिने आमा बुवाको मुख हेर्न पनि नपाइने भएका कैयौ सन्तानहरु बिदेशमा छन l यस्तै कथा र व्यथा संग जुधेका समाजसेवी खेम भट्टचन बौद्धिक धार्मिक परम्परा अनुसार १०८ बत्ति बालि पुजा गरि उनि चोखिएका छन् l 
 
पिता बितेको करिब ३.५  बर्ष पुग्न लागेको समयमा नेपाल पुगी उक्त छोराले गर्नु पर्ने कर्तब्य निभाएका छन् l झन्डै २० बर्ष अगाडी देखि विदेश जाकिएका भट्टचन धेरै बर्ष जापान र अमेरिकामा झन्डै एक दशक भन्दा ज्यादा समय बिताएका र जुन बेला अमेरिका नेपाल समाजका अधक्ष्य थिए त्यही बेला ठुलो उनु माथि प्रहार भयो तर अमेरिकाका जाकिएका भट्टचन अमेरिकाको लागि हरियो पत्र (ग्रिन कार्ड ) को लागि दरखास्त दिएका हुनाले बाबुको प्राण जादा पनि मुख सम्म हेर्न पाएनन l भर्खर हरियो पत्र (ग्रिन कार्ड )आए पछि नेपाल पुगी सर्वप्रथम यो काम उनीले गरेका हुन् l यस्ता घटना थुप्रै नेपालीहरुले भोगेका छन् किनभने परिवार र भविश्यको निम्ति नेपालीहरु बाध्यता हुन्छन l  नेपाल फर्के पछि पुन अमेरिका प्रवेश दिने नदिने दोधार हुन्छ र कैयौलाई अमेरिका आउन नदिएको पनि छ l
 
उनका पिता शेर बहादुर भारतीय शेनामा भर्ति भै द्वितीय बिश्व युद्धमा लडाई लडेका हुन् र २००७ सालको राणा बिरुद्धको क्रान्तिमा नेपाली कांग्रेसको शसस्त्र क्रान्तिको आब्हानमा भारतीय सैनिक जागिर छोडी घर नै नपुगी डा के आइ सिंह संग भेटि नेपालको शसस्त्र क्रान्तिका पहिलो छापामार बन्न पुग्ने अवसर पाएका थिए l यसरि लडेर नेपाली कांग्रेसले गरेको क्रान्तिमा होमिएका र उनले गरेको योगदानको कदर शेर बहादुर भट्टचनले प्राप्त गरेनन lआफ्नो घर म्याग्दीमा ८२ बर्षको उमेरमा देह त्याग गरे l नेपाल आमाका एक बिर र बहादुर शेर बहादुर भट्टचन सदा सदाको लागि हामीबाट कहिले नफर्कने गरि यसरि बिलय भए l
 
ओम शान्ति ! शान्ति ! शान्ति !!! 
 
विजय थापा 
 
भर्जिनिया ,अमेरिका 
 
 
 
 

 
Posted on 03-04-13 7:28 PM     [Snapshot: 176]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो सुझाब है बिजय थापाजी लाइ  :
हुनत नाम जसले जे राखे पनि भयो तर , येस्ता व्यक्तिगत घटनामा आधारित समाचारहरु लाइ ANA को username बाट प्रेषित नगरे हुन्न ? हुनत यो बिसयाबस्तु बिदेशमा भएका नेपालीहरु धेरैलाई आइपर्ने खालको हो , तर ANA बाट राख्दा सांगठानिक महत्त्वो हो कि जस्तो लाग्दो रैछ | ANA को website मा गएर पनि हेरे , महत्त्वोपूर्ण भएर त्यहाँ पनि राखेको होला भनेर , तर छैन |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters