"मन"
सुन्छु कसैको “मन” काँच झैँ चकनाचूर भयो रे ,
सुन्छु कसैको “मन” ऐना झैँ चूर चूर भयो रे
कसैको मन फलामे थुङ्गा भयो रे
कसैको मन बेजान ढुङ्गा भयो रे.................
सोच्छु , मन यति कमजोर किन हुन्छ??
यति निर्दयी र कठोर किन हुन्छ?
हो मन,
कोमल हुन्छ , मुलायम हुन्छ,
मन
फूलको धारले रेटिने ,
छालमा मेटिने
पनि हुन सक्छ .
अथाह पीडा, अनगिन्ति बेदना अटाउने सक्ने
आँशुको सागर भित्र भित्रै लुकाउने सक्ने
आमाको कोख कस्तो बेमिशाल
मातृत्वको स्नेह जस्तो बिशाल
हुन्छ मन .
कसैले दुखाउदैमा दुखीरहने
मन यति साह्रो कमजोर हुन्न,
कसैले चुकचुकाउँदै सुकी झर्ने
मन यति खुकुलो गठजोड हुन्न .
तर मन अमिलो अंगुर हुन सक्दैन
तर मन नाजुक र भंगुर हुन सकदैन
सजिलै टुक्रिन्छ भने
सजिलै जोडिन्छ भने
अबश्य पनि त्यो मन
पहिलेई चर्किसकेको मन हुनु पर्छ,
तन र धनले लेपेको मन हुनु पर्छ .
हो, बदनलाई माया गरेर मुनाको मदन हुँ भन्नेहरुको
मन मिल्ने भन्दा धन मिल्ने खोजी हिड्ने
एक पछी अर्को रोजी हिड्ने सीता साबित्रिहरुको
भने मन नै हुँदैन ...
फगत रगत तान्ने र फाल्ने
जिउदो छु भन्ने प्रमाणरुपी
एउटा मुटु हुन्छ, बस एउटा मुटु हुन्छ .
* भंगुर = Brittle
** नाजुक= Fragile
Last edited: 15-Jul-13 10:48 AM