"सुत्ने बेलामा दुध, दही खाएर सुतेको भए पो कृष्ण जि आउँथे त! ३२ आउन्सको मार्गरिटा तन्काएर सुते पछी महादेव नआएर को आउँछन त सपनामा" उस्ले आफ्नै लजिक पस्क्यो।
मैले महादेवले संस्क्रितमा मन्त्र भनेको अनी सधैं सम्झिनु पनि भनेको तर आफुले केही नसम्झेको कुरा खल्लो मन पारेर भनें।
"महादेव पनि कस्ता? संस्क्रितमा भन्ने हो त? हिन्दीमा भनेको भए पो शोलेको डाइलग सम्झेको जसरी सम्झिन्थी त एस्ले। बुढा पनि कहिल्यै नसुध्रिने भए" रे।
"कत्तिन महादेव उस्को साथी नै भको जस्तो" मलाई चित्त बुझेन।
"साथी त हो नि। स्लेशमान्तक वनमा हामी सँगै सिकार गर्न जान्थेम।" भनेर उस्ले कुटिल मुस्कान छर्यो।
"हेर केटी, मलाई त्यो मन्त्र एक्ज्याक्ट थाहा नभए नि त्यस्को सार चैँ थाहा छ" उस्ले थप्यो।
"के हो सार?" मैले उत्सुक भएर सोधें।
"स्वामिको सधैं सेवा गर्नु, कहिल्यै भाँडा माझ्न नलगाउनु, मिठो मिठो पकाएर खुवाउनु, फुटबल खेल जती मन लाग्छ त्यती हेर्न दिनु, घरमा भ्याकुम लाउन नलगाउनु आदी इत्यादी...." यती भनी सकेर उ मुसुक्क हाँस्यो।
"कस्लाई के को धन्दा घरज्वाइँलाई खानको धन्दा" मलाई फेरी चित्त बुझेन।
"मलाई कती अन्याय भको छ भन्ने थाहा पाएर महादेव आँफै आएका तँलाई ज्ञान दिन, बुझे पो?" उ आँफै फत्फतायो।
उठेर फ्रेश भएर ब्रेकफास्ट खाइयो तै पनि मन खल्लो भै रह्यो।
बालाई फोन गर्नु पर्यो। सपनाको बारेमा केही भन्न सके भनी हाल्नु हुन्छ नभने पनि मन रमाइलो हुन्छ भन्ने बिचारले बालाई फोन गरें।
"हेलो! बा?"
"हेलो? नानु?"
"हजुर"
"के छ तेरो हालखबर? आज त चाँडै उठीछस त?" बाले मलाई ब्यङ गर्नु भो।
"आज मैले कस्तो अनौठो सपना देखें" मैले समय खेर फालिन।
"के?"
मैले सबै ब्रितान्त बाताएँ।
मेरो कुरा सुने पछी बाले "ए त्यो मन्त्र सम्झिन त्यस्तो गार्हो छैन। बा आमालाई धेरै माया गर्नु, बिजी भएँ भनेर फोन गर्न नबिर्सिनु, भेट्न आइ राख्नु भनेको हो।" भन्नु भयो।
"सबै को आफ्नै राम काहानी छ" मलाई झर्को लाग्यो।
"मैले भनेको नपत्याउने भए किन मलाई फोन गरेर सोधेकी त?" बा पनि कस्सिनु भयो।
"ल पेन र पेपर लेर आइज मन्त्र लेख्न" भन्नु भयो।
बाले के लेखाउन आँटे फेरी भन्ने सोच्दै पेन र पेपर ठीक्क पारेँ।
बाले मन्त्र भन्नु भयो मैले लेखें। मन्त्र एस्तो थियो।
नाक्षरं मंत्ररहीतं नमूलंनौषधिम् |
अयोग्य पुरुषं नास्ति योजकस्तत्रदुर्लभ: ||
"एस्को अर्थ चैं के नि?" मैले सोधें ।
"तिमिहरुलाई त्यत्रो पैसा खर्च गरेर पढाको के काम? आँफै खोज न" भन्नु भयो।
"हस" भनेर फोन राखेर गूगल गरें। अर्थ एस्तो रहेछ।
There is no letter which is not a mantra(which cant be used in mantra), there is no root, which can't form some medicine, there is no person who is absolutely useless. But persons who can identify their utility and put them in proper usage are rare.
अस्तु !