[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा रामचन्द्र खरेलको उम्मेदवारी
[VIEWED 1179 TIMES]
SAVE! for ease of future access.
Posted on 09-23-13 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                        गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा रामचन्द्र खरेलको उम्मेदवारी


२३ सेप्टेम्वर, वाशिंटन, डिसी 

गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा २०१३-१५ को कार्यकालको लागि गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाजका क्षेत्रिय सह संयोजक । हाल कार्यवाहक संयोजक रामचन्द्र खरेलले उम्मेदवारीको घोषणा गर्नु भएको छ ।

दुई दशकभन्दा वढी अमेरिकाको राजधानी वाशिंटन डिसी क्षेत्रमा वसोवास गर्दै आउनु भएका सफल व्यवसायी रामचन्द्र खरेल गैर आवासिय नेपाली संघको स्थापनाकालदेखि नै सकृय रुपमा गैर आवासिय नेपाली संघको गतिविधिहरुमा सहभागी हुँदै आउनु भएको छ ।

गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको मिडिया टास्कफोर्स, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको मिडिया कोअर्डिनेटर, गैर आवासिय नेपाली संघ अमेरिकाको बोर्ड सदस्य ,गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाज क्षेत्रिय सह संयोजक तथा हाल कार्यवाहक संयोजक पदमा हुनुहुन्छ । साथै उहाँले सन् २००७ देखि नै गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको विधान समितिमा समेत रही काम गर्दै आउनु भएको छ । उहाँ गैर आवासिय नेपाली संघका स्थापनाकालदेखि हालसम्मका प्राय सवै राष्ट्रिय, क्षेत्रिय तथा अन्तरराष्ट्रिय सम्मेलनहरुमा सहभागी हुँदै आउनु भएको छ ।

नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैर आवासिय नेपाली संघको मूल नारालाई अवलम्वन गर्दै नेपालमा हुने प्रायजसो उच्च स्तरिय प्रतिनिधि मण्डलहरुमा सहभागी हुँदै आउनु भएका खरेल धेरै नेपाली परोपकारी कार्यहरुमा दाताका रुपमा सुपरिचित हुनुहुन्छ साथै नेपालको विकासको क्षेत्रमा लगानीकर्ताको रुपमा समेत चिनिनु हुन्छ ।

रामचन्द्र खरेल गैर आवासिय नेपाली संघमा आवध्द हुनुका साथै उत्तर अमेरिकामा एक प्रतिष्ठित मिडियाकर्मी व्यक्तित्वका रुपमा सुपरिचित हुनुहुन्छ । नेपाली टेलिभिजनको इतिहासमा नेपाल वाहिर पहिलो नेपाली टेलिभिजन कार्यक्रम सन्चालन गर्ने प्रथम व्यक्तिको श्रेय पनि उहाँमै जान्छ । उहाँले विगत १७ वर्षदेखि सगरमाथा टेलिभिजन सन्चालन गर्दै आउनु भएको छ जसमार्फत नेपालको चिनारी विश्व समुदायमा पुऱ्याउने काम भएको छ भने नेपाली भाषा, साहित्य तथा संस्कृति प्रवर्धनमा समेत योगदान पुगेको छ । नेपालको पर्यटन प्रवर्धनमा लामो समयदेखि लागि परेका खरेलले सन् २०१० देखि अँग्रेजी भाषामा नेपाल दर्शन टेलिभिजन कार्यक्रम सन्चालन गरी नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान दिनु भएको छ । जसको कदरस्वरूप नेपाल पर्यटन वोर्डले उहाँलाई हालै मानार्थ पर्यटनदूतमा नियुक्त गरेको छ ।

गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदको उम्मेदवारी घोषणा गर्दे उहाँले आफूले गैर आवासिय नेपाली संघको मूल्य, मान्यता र गरिमालाई आत्मसात गर्दै गैर आवासिय नेपाली संघका भावी कार्यक्रमहरुमा पूर्ण सहभागी भइ आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गैर आवासीय नेपालीहरुको गौरवका लागि पहल गरी समृध्द नेपाल बनाउनका लागि सधैं दृढ रहने वताउनु भएको छ ।

 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters