घोडे हात
धेरै बर्ष अघिको कुरा हो, हामी साना छंदाको कथा हो | काठमाण्डौमा
हिजो अस्तिको जस्तो बाक्लो बस्ति थिएन | गाडी बिरलै गुद्थ्यो | मोटर साइकल धनीको शान
थियो | साइकल आम थियो | धाराबाट चौबिसै घण्टा पिउन लायकको पानी झर्थ्यो , बिजुली
बत्ती सधै हुन्थ्यो | तर .......सडक बत्ति हुँदैनथ्यो | जरुरत सम्झेन होला
त्यतिबेला | ८-९ न बज्दै शहर मुर्दा शान्त हुन्थ्यो | रेडियो नेपालबाट रातको १०
बजे मुख्य समाचारका साथ् सभा टुंग्याई श्रीमान् गम्भीर नेपाली बज्थ्यो र त्यो धून
बज्नु अघि नै अधिकांश शहरले १-२ इपिसोड
सपना देखिसकेको हुन्थ्यो |
८-९ बजे पछी हिड्ने भनेको सडक नापेर हिड्ने पियक्कड, गुठीबाट
फर्केर हल्लिएर आउने गुठियार र रातमा गुल्जार गर्ने चोर महाशय र खाकी ड्रेस र रातो
टोपीवाल पुलिस | कोइ कोइ चाहीं आफुलाई हिरो ठान्ने उरुन्ठेउला लौकाहरु पनि रातको
निस्तब्धतामा केही खोजी हिड्ने वा घर टोल सुते पछी चुरोस सल्काउन निस्कनेहरु |
अलि ढिला सुत्नेहरु अर्थात श्रीमान् .. आए पछी सुत्नेहरुमा
हामी केटाकेटीहरु हुन्थेंम | मक्क्ल निभ्न लागेको आगो को न्यानो ताप्दै डरवाना कहानीहरु सुन्थेम |
------------------------------------------------------------------------------------------------------
एक दिन मरुहिटीको एक जना (राम दाइ ) गुठीमा गएर बुराँख्यो ( भुरुंगखेल)बाट फर्किंदै थियो रे | ९
साढे ९ बजे तिर | आधा शहर सुति सकेको समय आक्कल झुक्कल चुरोस पसल त्यो नि आधा कवल
खोलेर लेट नाइट सेवा गरेर पुण्य कमाउन खोलेका हुन्थे | हिउँदयाममा अझ मुश्किलले
भेटिन्थे त्यस्ता धर्मात्माहरु ! राम दाइलाई आयला ( रक्सि ) चढेको बेला चुरोस न
खाइ नहुने | अरुबेला चुरोस खानेहरुलाई सात जुनीको सरापेर बस्थे | ठण्डी मौसमले पनि
होला सडकमा भुक्ने कुकुरहरु पनि बासस्थान पुगिसकेका थिए | सडक सुनसान मशान जस्तो
थियो | अयलाले हिम्मत बढाए नि अलि अलि डर लागेर ल्यायो | नर देबी मन्दिर वरिपरी
कवंचाहरु निस्कंन्छन रे राती राती .. उसले सानोमा सुनेको कथा सम्झ्यो | कवंचा
अर्थात कंकाल |
साला एउटा चुरोस पसल नि खुलेको छैन | त्यसको बाउलाई सकसक
लागेर मर्न लाइ सक्यो – उ मन मनै डर भगाउन खोज्दै थियो | नर देबी मन्दिर छेउमा
एउटा पसलको आधा कवलबाट उज्यालो परावर्तन भएको देख्यो | के खोज्छस जड्याहा ? जाँड .... भने जस्तो भन्दा पनि कोइ भेटिए झैँ ,
डर मेटिए झैँ लाग्दो हो | चुरोस पासल नै
हो रहेछ |
“साहुजी गेरा चुरोस २ ओटा भन्दै” १० पैसे पीतलको ढ्याक हुर्र्याई दिए | साहुजी
माकल टोपीलाई , दोलाई ओढी अगाडी मक्कलमा आगो फुकी राखेको थियो |
साहुजी चुरोस ....
आफै लिएर जाउ बाउ –
साहुजीले मुन्टोले गौंडा चुरोस तिर संकेत गरे |
“साहुजी पनि आफै न दिई, कति अल्छी भा भने ... दोलाईबाट हात झिक्न पनि अल्छी गर्ने .. यो त
भएन नि ‘ डर हराएकोले फुर्तीका साथ् राम दाइले टिप्पणी गरे |
“हैन बाउ आफै लेउ” ..
साहुजीले हात झिक्न मानेन |
ह्या साहुजी त्यस्तो अल्छी भएर देश कसरी बिकास हुन्छ ?? ८
किलास पढेको विद्वतता देखायो राम दाइले |
“लौ बाउ यस्तो हातले म कसरी चुरोस निकालेर दिउँ” भन्दै दोलाईबाट हात झिकेर अन्जुलीमा पानी भरे
जस्तो गरि हात देखाई दिए ...
हात मान्छेको जस्तो हात थिएन ...... घोडाको गोडा जस्तो थियो
अर्थात घोडे हात |
राम दाइको होस् हवास उड्यो ... अयला सयलाले साथ् छोड्यो र
त्यहांबाट सुइकुच्चा ठोक्यो | नरदेबीबाट यतखा के पुगेको थियो बिरलै भेटिने रिक्सा
देख्यो | रिक्सावाल बाटो छेउमा रिक्सा रोकेर सुति राख्या |
“ए दाइ ए दाइ छिटो
जाम न तल मरु सम्म “ घच्घच्याएर उठाए |
कस्तो मुन्छे
यो त, मस्त संग सुत्यालाई .. रिक्सावालले खाउला झैँ
हेर्र्यो |
“मरु सम्म जान्न, आफै हिडेर जाउ “
रिक्सावाल फेरी घुर्न थाल्यो |
‘हैन दाइ आपतै परो, छिटो जाम न ‘ राम दाइ हतासले करायो |
किन डर लाग्यो जवान हट्टाकट्टा भएर पनि | रिक्सावालले नि
दनक दियो |
हैन दाइ भर्खर
चुरोस किन्न एउटा पसल गएको थिएँ, साहुजीलाई चुरोस दिनु भनेको त .. साहुजी हात त
....
डरले काप्न थाल्यो राम दाइ |
“येह , साहुजीको हात यस्तो थियो हो “ भन्दै रिक्सावाल ले
आफ्नो हात देखाए ...........
राम दाइ संग होस् हवास केही थिएन , १०० मिटर ड्यास हानेको
गतिमा दक्षिण तिर लाग्यो | मरुहिटी मोड तिर नै भूत स: अर्थात भूत बस्ने सत्तल (
पाटी) छ | भूत स: को छेउ मै एक जना मान्छे संग ठोक्किए | बल्ल अलि अलि होस् आए छ |
त्यो व्यक्ति पनि हल्लन झुल्लन थियो | मिखा मरुला (आँखा छैन
?), मै कहाँ ठोक्किनु पर्यो तलाई ?? झोक्कीयो बुढो |
“त:बा ( ठुलोबुबा) मलाई बचाउ मलाइ बचाउ ....” मलाई भूतले
लखेट्यो | उ बेहोस मै करायो |
खोइ भूत , अहिलेको जमानामा नि भूत हुन्छ ? जाँडले लखेत्या
होला | आँखा खोलेर बिस्तारै घर जाउ, सानै उमेरमा धेरे नखानु |
“ हो भन्या यही आँखाले २-२ जनाको हात देखें “
“कस्तो हात बाउ , यस्तो हो ......”
बुढोले पनि त्यही हात देखाए छ र राम दाइ अब भने उठ्न सकेन
|त्यहीं ढल्यो |
--------------------------------------------------------------------------------------
यही हो घोडे हातको
कथा | त्यो कथा सुनेर हामी धेरै दिन सम्म एक्लै ट्वाइलेट जान पनि डराउँथेम | नर
देबीको मन्दिरबाट आयुर्वेदिक अस्पताल जाने मोडमा एउटा चुरोस पसल देखेर आंग सिरिंग
हुन्थ्यो | भूत स: निर पुग्यो भने पाइला छिटो बढाउथेम |
घोडेहातको कथा कथा मात्र थियो | तर बिजुली बत्ती, धाराको
पानी पनि अब कथा भैसके छ | केही बर्ष पछी यो पनि डरावना कथा बन्ने छ |
अस्तु!!!
Last edited: 21-Apr-14 01:09 PM