[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकामा डा त्रिपाठी समालोचक शिरोमणि पद द्वारा सम्मानित I
[VIEWED 1853 TIMES]
SAVE! for ease of future access.
Posted on 10-27-14 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कार्तिक १० ,भर्जिनिया

विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाली साहित्यका प्रकाण्ड विद्वान, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक ,नेराप्रपका पूर्व कुलपति मदन पुरस्कार विजेता डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिदै वहालाई समालोचक शिरोमणि पद द्वारा विभूषित गरिएको छ ।

उक्त अभिनन्दन कार्यक्रममा अमेरिकाबाट संचालित साहित्यिक बिधुतिय पत्रिका खसखस डटकमको तर्फबाट संचालक तथा साहित्यकार बासु श्रेष्ठले डा त्रिपाठीलाई अभिनन्दन गर्नु भएको थियो । उक्त सम्मान कार्यक्रम अमेरिका स्थित अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा लक्ष्मी जयन्तीका अवसरमा अभिनन्दन गरिएको हो ।

अभिनन्दन समारोहमा प्रमुख अतिथी अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत ऋषिराम घिमिरे एवं विशिष्ट अतिथिमा अमेरिका लागि नेपाल सरकारका महावाणिज्यदूत श्री प्रेमराजा महतले मन्तब्य राख्नु भएको थियो ।


सो अवसरमा प्रा. डा. वासुदेव त्रिपाठीको व्यक्तित्व एवं कृतित्वका सन्दर्भमा प्राध्यापक श्री हरि धिमिरे, सोमनाथ धिमिरे, एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका अध्यक्ष बसन्त श्रेष्ठ, कवि पुरुषोत्तम सुबेदी, नेपाली आख्यान विधाका चर्चित व्यक्तित्व कृष्ण धारावासीले प्रकाश परेका थिए । उक्त अभिनन्दन कार्यक्रममा अनेसासका संस्थापक अधक्ष्य होमनाथ सुवेदीले प्राध्यापक वासुदेव त्रिपाठीलाई नेपाली साहित्यका महाराजाको संज्ञा दिएका थिए ।

उपन्यासकार होमनाथ सुवेदीको अध्यक्षता तथा अभिनन्दीत व्यक्तित्व प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको दोश्रो सत्रको कार्यक्रममा डा. कल्पना सत्यालको बैशको रुख कविता सग्रहको विमोचन एवं प्रस्तुत कृतिको टिप्पणी सह प्राध्यापक सोमनाथ धिमिरेले गरेका थिए ।

उक्त कार्यक्रममा प्रतियोगितात्मक वाल तथा वयस्क पनि समाबेस गरिएको थियो भने प्रतियोगितात्मक कवि गोष्ठीका विजेता कवि तथा कवियत्री सबैलाई स्व. कवि चेतकान्त चापागाई स्मृति पुरस्कार नगद प्रमाण पत्र सहित वितरण गरिएको थियो ।

उक्त अभिनन्दन कार्यक्रम अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार ,त्रकार ,गीतकार गोविन्द गिरी प्रेरणाको संयोजकत्वमा अभिनन्दन समारोह समिति गठन गरिएको थियो।




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
How to Retrieve a Copy of Domestic Violence Complaint???
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters