मैले आफ्नो लागि बाँच्न छाडेको धेरै भैसक्यो
अब यसमा सन्चो बिसन्चो, सुख-दुख केहि नभैसक्यो
बाँच्दा आफ्नो लागी, हाँस्न कहिले सकेन
हाँस्न खोज्दा आज , परिचय नै आफ्नो हुन सकेन
प्रेम घृणा, आँसु हाँसो केहिको प्रतिकृया छैन
हो ! शुन्य अनुभुती तर तथस्ट त म हैन
बिश्वास बाट नै बिश्वास हराइसकेसी
अब अबिश्वास को प्रश्न पनि त रहेन
जे छ, बर्तमानमा नै अभ्यस्त भैसकेसी
अनिशिच्त, अदृश्य भबिश्य त सोच्नै सकेन
त्यसो त सोचाइ पनि मेरा कहाँ स्वतन्त्र छन र !
नियन्त्रित कसैबाट नहुनु मात्र प्रयाप्त कहाँ हुन्छ र !