स्थलमार्गबाट दिल्ली पुगी खाडी मुलुक उड्ने तयारीमा रहेका नेपाली युवतीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूको राहदानीमा नेपालकै विमानस्थलको इन्ट्री–स्ट्याम्प देखिएको हो।
प्रहरीले दिल्ली विमानस्थलबाट साउन ६ मा ७ नेपाली महिलालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा अनधिकृत रूपमा बोर्डिङ पास जारी गरेको अभियोगमा एयर इन्डियाका कर्मचारी कपिल कुमार र मनीष गुप्ता तथा नेपाली युवतीलाई भारत पुर्यासएको अभियोगमा नेपाली विष्णु तामाङ र ईश्वर न्यौपाने पक्राउ परेका थिए।
प्रहरीले त्यसपछि दिल्लीका विभिन्न होटलमा अन्य २० नेपाली युवती फेला पारेको थियो। उनीहरूलाई नेपालबाट दिल्ली पठाउने समूहका सदस्य भने खुलेको छैन।
दिल्ली प्रहरी, क्राइम ब्रान्चको एन्टी–हुमन ट्राफिकिङ सेलले उनीहरूलाई स्थानीय संस्था