[Show all top banners]

rownyc

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 युरेनियम URANIUM IN NEPAL
[VIEWED 5334 TIMES]
SAVE! for ease of future access.
Posted on 08-20-15 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनिन्छ “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड” । नेपाल तुलनात्मक रूपमा सानो मुलुक भए पनि प्राकृतिक सम्पदा र यसको विविधताका कारण धनी मुलुक हो । पर्यटन र जलस्रोत विकासका दृष्टिकोणले अपार सम्भावना छ । तर यी सम्भावनालाई यथार्थतामा बदल्न निकै प्रयत्न गर्नुपर्ने खाँचो छ । यसबाहेक पनि खानीजन्य उत्पादनलाई पनि नकार्न सकिने अGopal Bhandariवस्था छैन । मुस्ताङको लोमन्थाङ पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण ठाउँ हो । खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ ।

लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको हो । सन् १९९० कै परीक्षण अनुसार मकवानपुर धियालको तीनभंगाले–कालोपानी खोला क्षेत्रमा करीब ५ सय १२ मिटरको लम्बाइ र १५ मिटर मोटाइमा युरेनियम भण्डार रहेको अन्वेषण गरिएको छ । तीनभंगालेको युरेनियम भण्डार रहेको कालोपानी खोला छेउको भाग खुला छ, अन्यत्र भने माटोले छोपिएको छ । कस्तुरीले आफ्नो नाभीमा भएको बास्ना खोज्दै अन्यत्र दौडन्छ भने जस्तै हाम्रो नेपाल सरकारलाई यस्तो बहुमुल्य धातु कालीगण्डकीमा सालीग्रामको महत्व नभए जस्तै भई राखेको छ ।

यसले माल पाएर पनि चाल नपाएको जस्तो अनुभूति गर्ने हामी नेपालीको प्रवृत्तिलाई कौडीमै पनि मिल्कन्छ भिल्लका देशमा मणि भन्ने भनाईको स्मरण पनि गरायो । बिश्वका ठुला उदाउदा हाम्रा छिमेकी देशहरु चीन र भारतले आणविक भट्टीको बिकास गर्नुका साथै अन्तरिक्षमा रकेट पठाइसके । औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।

चित्र : माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र
चित्र : माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र
युरेनियम र यसको महत्व

युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो ।युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ परमाणविक भार भएको रेडियोधर्मी धातु होे । यो तत्वको खोज जर्मन रसायनविद् मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए । लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ ।

विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । खानीबाट निकालिएको युरेनियम ओरलाई प्रशोधन गरी एल्लो केक बनाइन्छ ।

एल्लो केक वा युरेनिया भनेको युरेनियम ओरलाई प्रशोधन गरी बनाईएको मिश्रीत युरेनियम अक्साइड्को रुप हो । यो पानीमा नघुल्ने पिरो गन्धको धुलो हो । यो २८८० डिग्रीमा पग्लन्छ र यसमा ८० % युरेनियम अक्साइड हुन्छ ।एल्लो केकलाई विदेश निर्यात गर्न सकिन्छ ।

चित्र : प्रशोधन नगरिएको युरेनियम
चित्र : प्रशोधन नगरिएको युरेनियम
ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।प्रायः युरेनियम खानी भएका सबै देशमा एल्लो केक बनाइन्छ ।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन, युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ ।बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेनमा ३०% वा यो भन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ ।

काजकास्तान, क्यानडा, अष्टेलिया, नामिविया, रसिया लगायतमा मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ । यो धातुको विश्व बजारमा पनि उच्च माग छ , तर नेपालमा आणविक ऐन नै तर्जुमा नभएको हुँदा ऐनको तर्जुमाका साथै यसको खोजीमा तत्काल पहल गर्न जरुरी छ ।

चित्र : युरेनियम ओरलाई प्रशोधन गरी “एल्लो केक” बनाउद
चित्र : युरेनियम ओरलाई प्रशोधन गरी “एल्लो केक” बनाउद
नेपालमा युरेनियम पाईने ठाउँहरु

नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र, मकवानपुर धियालको तीनभंगाले,मकवानपुरको चिरुवा खोला र चाँदे खोला ,काठमाडौंको जगते,बझाङको सेनगढ,निम्लीगढ,देभलेक,लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना रहेको विभिन्न अनुसन्धानहरूबाट देखिन्छ।

त्यसबाहेक राजधानीको उत्तरपश्चिम क्षेत्रमा अवस्थित ककनीको पाँचमाने क्षेत्र, मैलुङ खोला, शिवपुरीको टोखा, रसुवाको केही भाग, चरीकोट नजिकको केही भागमा उच्च रेडियोधर्मी विकिरण पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ। खानी विभागको अन्वेषण अनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला,अछामको बुरीगगां,चितवनको मरदार खोला तथा पाँपा खोला,बैतडीको बागेगढ(पूर्व), बागेगढ(पश्चिम), सानीगढ,जमरी,गोरङ्ग(पूर्व),गोरङ्ग(पश्चिम),बङ्गाबगर बगोटआसपासमा युरेनियमको सम्भावना छ ।

सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अरु ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ। विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी,दाचुर्लाको लुम्थी, बन्कु,पौटली,चौपाटा, उकुगढ, बझाङ,बाजुराको कोदारी गढर काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो ।

हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वितर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।

चित्र : नेपालमा युरेनियम पाईने ठाउँहरु
चित्र : नेपालमा युरेनियम पाईने ठाउँहरु
सन् १९९१ मा बैतडी दार्चुलाको चमेलिया खोलाबाट सुन तस्करी भइरहेको अपुष्ट खबर फैलिए पनि त्यो जाँच गर्न गएको खानी विभागको टोलीले त्यहाँ युरेनियमको सम्भावना रहेको पत्ता लगाएको थियो। लगत्तै खानी विभागले सुदूरपश्चिम क्षेत्रमा दुई वर्ष काम गरी विस्तृत रिपोर्ट नै बनाएको थियो। विभागको टोलीले बझाङको निम्ली गाड र बैतडीको जमारी गाडमा क्रमशः ३ हजार ८ सय ८९ र ९ हजार २ सय १३ सीपीएस युरेनियम विकिरण भएको तथ्य पत्ता लगाएको थियो। यो आफैँमा निकै ठूलो परिमाणको विकिरण हो किनभने पाकिस्तानको प्रतिलाख कणमा ३ हजार ५ सय रेडियोधर्मी भएको ठाउँबाट युरेनियम उत्खनन कार्य भइरहेको छ भने भारतमा पनि ४ हजार २ सय कण प्रतिलाखमा युरेनियम भएको ठाउँमा २० वर्षदेखि उत्खनन जारी छ।

नेपालमा खानी क्षेत्रको विकास

भनिन्छ बिकास नै जीवन हो । बिकासले परिपक्वता र अनुभवको परिणाम स्वरुप आउने प्रगातिशील क्रमिक परिवर्तनलाई बुझाउछ । खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज, व्यवस्थापन तथा यस सम्बन्धि नियम र कानूनको विकास, भू–वैज्ञानिक अन्वेषण र अध्ययन सम्वन्धी सम्पूर्ण कार्यको जिम्मेदारी लिएको संस्था हो । अन्य देशको तुलनामा खानी तथा भूगर्भ विभागको इतिहास निकै छोटो ६०÷६५ वर्ष मात्र भएको छ ।

हाम्रो छिमेकी देश भारतमा भौगर्भिक अध्ययन, अनुसन्धानको १ सय ५० वर्षभन्दा बढी भइसकेको छ । संयुक्त राज्य अमेरिकामा ३ सय वर्षभन्दा बढी भएको पाइन्छ । ती मुलुकमा अहिले पनि भौगर्भिक अध्ययन, अनुसन्धान जारी राखी नयाँनयाँ कुरा पत्ता लागिरहेका छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । खानी विभागले अलि व्यवस्थित रूपमा अध्ययन अनुसन्धान शुरू भएको ३०÷३५ वर्ष मात्र पुगेको छ । विभागले अध्ययन, अनुसन्धान गरी जेजति उपलब्धि प्राप्त गरेको छ, त्यो भौतिक पूर्वाधारको कमी र विभिन्न निकायका ऐननियम बाझेका कारण राष्ट्रले त्यसको पनि पूर्ण सदुपयोग गर्न सकेको छैन ।

भौगर्भिक अध्ययन अनुसन्धान गर्न सम्बन्धित भूगोलमा पुग्नैपर्छ । अहिलेसम्मको भौगर्भिक अध्ययन, अनुसन्धानले के देखाउँछ भने खनिज पदार्थका हिसाबले प्रत्येक भूभागको आआफ्नै महत्व छ । प्रत्येक भूभागमा महत्वपूर्ण खनिज पदार्थ भेटिएका छन् र भविष्यमा पनि भेटिने सम्भावना छ । खाँचो छ, नयाँ प्रविधि, नयाँ सोच, भौतिक पूर्वाधार र धैर्यको माध्यमबाट पत्ता लागेका खनिज पदार्थको सदुपयोग गर्नुका साथै नयाँनयाँ भण्डार पनि पत्ता लगाउन सकिन्छ ।

जलसम्पदाकै हाराहारीमा देशमा खनिज पदार्थको प्रचुर सम्भावना रहे पनि हालसम्म १२ प्रकारका खनिज पदार्थमात्र उत्खनन भइरहेको पाइएको छ । देशका विभिन्न ९५ स्थानबाट हाल चुनढुङ्गा, कोइला, फलाम, काइनाइट, म्याग्नेसाइट, मार्बल, क्वार्ज, क्वार्जाइट, रेड क्ले, खरी, टुमालिन र जिङ्क उत्खनन भइरहेको छ । विभागमा ८४ वटा खानीजन्य उद्योग दर्ता भए पनि दुई दर्जनमात्र सञ्चालित छन् । दाङ, रोल्पा, सल्यान, प्युठान र पाल्पामा कोइला तथा पर्वतमा फलाम खानी सञ्चालित छन् भने राष्ट्रका अन्य भागमा उपलब्ध तामा, सिसा, अभ्रक, गन्धक, स्लेट, गेरु र ग्रेफाइट उत्खनन हुन सकेको छैन ।

गरगहनामा प्रयोग हुने बहुमूल्य धातु टुर्मालाइन जाजरकोटमा पाइए पनि उत्खनन गर्न बाँकी नै छ । खानी तथा खनिजजन्य उद्योगहरूको प्रशासनिक, प्राविधिक, आर्थिकलगायत अनुगमनसहित सबै अधिकार प्राप्त खनिज मन्त्रालय नै स्थापना गर्नुपर्ने हुन्छ । खानी तथा खनिज अन्वेषणसम्बन्धी नीति तथा कार्यक्रम, यस क्षेत्रको विकाससम्बन्धी अध्ययन, तालिम, अन्वेषण, सर्वेक्षण तथा प्रविधि विकास एवम् हस्तान्तरणको जिम्मेवारी खानी तथा भूगर्भ विभागको भए पनि बेग्लै ऐन बनाउन नसकिएको स्वीकार गर्नुहुन्छ । राजनीतिक सङ्क्रमणका कारण आवश्यक ऐन नियम बनाउन नसकिएको उल्लेख गर्दै खानी तथा खनिजजन्य उद्योगको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिनुहुन्छ । खानी, पानी, पर्यटन र मानव संशाधनको समूचित विकास एवम् दोहनबाट राष्ट्रलाई समृद्धिको बाटोमा अघि बढाउने सङ्कल्प राजनीतिक नेतृत्वले नगरेसम्म आर्थिक क्रान्ति कोरा कल्पनामात्र हुन्छ ।

युरेनियमका गुणहरु र दोषहरु

दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम वमले धेरै नै ठूलो धन जनको क्षति भएको थियो । सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त लिटिल ब्वाय र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए । एटम बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुन सक्ने पदार्थ युरेनियम (Uranium) र प्युलोटोनियम (plutonium) बाट बनाईन्छ ।

एटम बम विस्फोटन हुँदा एकैछिनमा एक्कासी लाखौँ डिग्री सेल्सियस तापक्रम बढ्न पुग्छ । यसमा बमको सबै भाग ग्याँसमा बदलि चाप वायुमण्डलको भन्दा लाखौँ गुणा बढी हुन्छ र वरपरको हावालाई चाप्दै यो तिव्र गतिमा फैलिन थाल्दछ । बिस्फोटन भएको समयमा आगोको ज्वाला निस्केको हुन्छ र त्यहि समयमा आगोको विशाल भकुण्डो अति तातो हावासंग सँगै निस्कन्छ । यसबाट शक्तिशाली विकिरणहरू उत्पन्न भई परमाणिक प्रतिक्रिया भएको ठाउँबाट पनि त्यतिकै शक्तिशाली न्यूटोन (Neutron) र गामा विकिरण( Gamma Radiation) हरू निस्कन्छन् । विस्फोटन भएपछि तातो ग्याँस र विकिरणहरूबाट रंगित मुस्लो बन्छ ।

२–३ मिनेट भित्रै यो केहि किलोमिटर माथि उठ्छ र च्याउको छाता जस्तो देखिन्छ । विस्फोटनबाट विकिरणहरू वनस्पति र जन्तुहरूको शररि भित्र पस्नाले ठूलो धनजनको क्षति हुन जान्छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकी वैज्ञानिक ओपनहाइमरले परमाणु वम बनाएर प्रयोगात्मक रूपमै पृुष्टि गरिदिए । उनले नाभिकीय विखण्डन प्रतिक्रियाबाट पदार्थको केही अत्यन्तै सानो अंशलाई मात्र भएपनि शक्तिमा बदलेर देखाइदिए । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ शक्तिमा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थमात्र शक्तिमा बदलिएको हुन्छ । पदार्थ पूर्ण रूपमा शक्तिमा बदल्ने प्रविधिको विकास भने अहिलेसम्म विश्वमा भइसकेको छैन ।

युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ । एक किलो ग्राम युरेनियम २५३ ले झण्डै २० हजार मेगावाट प्रति घण्टा बराबरको ताप उत्पन्न गराउन सक्छ जुन ३० लाख टनको दाउरा बालदा निस्कने ताप बराबर हुन आउँछ । एटमवममा १ग्राम पदार्थ विलाउँदा २१ अरब किलोक्यालोरी तापशक्ति उत्पन्न हुन्छ । यो भनेको दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै जाँदा २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटी बाल्दा जति तापशकित उत्पन्न हुन्छ त्यति बराबरको ताप शक्ति १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने पदार्थलाई शक्तिमा परिवर्तन गर्न सकेको खण्डमा कल्पना नै गर्न नसक्ने शक्ति उत्पन्न हुन्छ ।

युरेनियमबाट उत्पन्न रेडियोधर्मी विकिरणको आविष्कार गर्ने पोल्यान्डकी वैज्ञानिक मेडम क्युरीले सन् १९०३ र सन् १९११ मा दुइटा नोबेल पुरस्कार पाइन् । क्युरीको उक्त आविष्कार आधुनिक विज्ञान क्षेत्रका लागि वरदान नै साबित भयो । कस्तो विडम्बना १ त्यही विकिरणका कारण क्युरीको सन् १९३४ मा मृत्यु भयो । आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ । दुर्भाग्य, खानी विभागले पत्ता लगाएको मकवानपुरको तीनभंगाले क्षेत्रको युरेनियमबारे कुनै जानकारी समेत नपाई त्यहाँ बसोवास गर्नेहरू प्रभावित भइरहेका छन् ।

युरेनियम यस्तो धातु हो, जसले एक पुस्तामा कुनै असर नदेखिए पनि दुई वा तीन पुस्तापछि पनि भयावह असर देखाउन सक्छ । पूरै वंशाणुगत गुण नै ध्वस्त पारिदिन सक्छ । भावी सन्तती पूरै अपांग बनाइदिन सक्छ ।आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ युरेनियम विद्युत उत्पादनको शक्तिशालीस्रोत युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।
नेपालमा रेडियोधर्मी पदार्थबारे कानुन

भनिन्छ कानुनको उदेश्य औचित्य स्थापित गर्नु,न्यायको रक्षा गर्नु र अनुचित कार्यबाट छुटकारा दिलाउनु हो । देशभित्रका युरेनियम अन्वेषण गरी प्रशोधन गर्दा आणविक विकासमा पाइलो सार्न सहयोग पुग्छ । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली २०५६ मा, सरकारले युरेनियम, सुन र हीरालाई जंगी खानीका रूपमा परिभाषित गर्दै त्यसको अन्वेषण, उत्खननको एक मात्र अधिकार खानी विभागलाई दिएको छ । उत्खननका लागि पहिले संसद्बाट न्युक्लियर ऐन ल्याउन आवश्यक छ । नेपालमा रसायन विश्लेषण तथा परीक्षण गर्ने प्रयोगशाला छैन, उत्खनन गर्नैपरे बाहिरी देशको कम्पनीलाई दिनुपर्ने हुन्छ।

दोस्रो वा तेस्रो पक्षलाई काम दिनचाहिँ छिमेकी मुलुकको रणनीतिक स्वार्थका कारण सम्भव देखिँदैन । नेपालले सन् २००८ को जुलाईमा एजेन्सीको सदस्यता लिएपछि मात्र कानून बनाउनुपर्ने खाँचो महशुस गरिएको हो । रेडियोधर्मी पदार्थको प्रयोग र ओसारपसार तीव्र बनिरहेका बेला नेपालमा भने अहिलेसम्म यसको कानुन बनेको छैन । वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने न्युक्लियर पदार्थको नियमन गर्ने कानुन नहुँदा दुरुपयोग हुने ठूलो सम्भावना बढेर गएको छ । चितवनको भरतपुस्थित बीपी कोइराला ममोरियल क्यान्सर अस्पतालले उपयोगपछि फिर्ता पठाएको रेडियोधर्मी पदार्थ राजधानी ल्याउँदै गर्दा बाटैबाट हराएको थियो ।

नेपालमा अहिलेसम्म आणविक ऐन नबनेकाले उत्खनन सरकार आफैंले गर्ने कि निजी क्षेत्रलाई दिने वा विदेशी सहयोग लिने भन्ने निर्णय गर्नुपर्दछ । युरेनियम अध्ययन र उत्खननका लागि सरकारले छिट्टै सेफ्टी मेजरमेन्ट र आणविक ऐन ल्याउनुपर्छ । यूरोप अमेरिकामा लागू भइरहेको मापदण्ड नेपालमा लागु नहुने भएकोले हामीले कानून बनाउदा नेपाल सुहाउँदो पनि बनाउनुपर्छ ।

केहि बर्ष अघि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले रेडियोधर्मी पदार्थको ऐन कानुन बनाउन आणविक ऐन मस्यौदा कानुन आयोग पठाएको थियो । नेपालमा यस विषयका विज्ञविशेषज्ञ नहुँदा र सरकारी निकाय बीचको अन्योलता र ढिलासुस्तीले ऐन कानुन बनाउने प्रक्रिया रोकिएको थियो । रेडियोधर्मी कानून बनाउन गत वर्ष आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल समेत गठन भएको थियो। कार्यदलमा सरोकारवाला मन्त्रालय र आयोगका पदाधिकारी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का बैज्ञानिक र त्रिभुवन विश्वविद्यालय भौतिक विज्ञान संकायका प्राध्यापक संलग्न विज्ञ छन्। अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीले मन्त्रालयलाई प्रक्रिया अगाडि बढाउन सुझाव समेत दिएपनि आयोगले थप प्रक्रिया अघि बढाएको हो । अहिले यस सम्बन्धी रुपरेखा तयार पारी कानुन आयोगले गत असोज महिनामा पुनः विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा पठाएको छ ।

सम्भावना मात्र कि उत्खनन योग्य पनि?

प्रायःहरेक बस्तुमा सम्भावना रहेको त हुन्छ तर त्यस बस्तुले मानवीय आवश्यकताको पुरती गर्न सक्ने उपयोगिता बढी महत्वपूर्ण हुन जान्छ । विश्वभर नै आणविक शक्तिलाई सैनिक प्रयोजनको निमित्त मानवविरुद्धमा दुरुप्रयोग गर्नुभन्दा विधुतीय उर्जामा परिणत गर्नुपर्ने जनमत रहेको देखिन्छ । धेरै अध्ययन गर्न बाँकी भए पनि प्रारम्भिक चरणको अध्ययनले औद्योगिक सम्भावना देखिएको छ। युरेनियम क्षेत्र फैलिएको लम्बाइ, चौडाइ र गहिराइ, परिमाण तथा गुणस्तर पत्ता लगाएपछि कमर्सियल भाइब्रेन्टु कस्तो भनेर थाहा हुन्छ ।

ठूलो क्षेत्र र राम्रो सम्भावना रहेकाले सरकारले यसलाई विशेष कार्यक्रम ल्याएर पनि अध्ययन र उत्खनन गर्नुपर्ने आवश्यकता छ । उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित उपयोग विना कुनै पनि देशको आर्थिक विकास सम्भव हुँदैन । जनताको जीवनस्तरमा सुधार गर्दै अत्याधिक उपलब्धितर्फ उन्मुख नभएसम्म समृद्धि हासिल हुन सक्दैन । विशेष प्रविधि, विज्ञ र धेरै लगानी आवश्यक हुने भएकाले सरकारले विशेष कार्यक्रम बनाउनुपर्दछ । इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) अनुसार सन् १९८६ तिर नै २६ वटा देशहरुले २७४ आणविक रेक्टरहरुबाट २५० मिलियन किलोवाट विधुत उत्पादन गरिसकेका थिए । यतिखेर विश्वका ३५ देशहरुमा आणविक भट्टीहरु रहेका छन् जसबाट विधुतीय उर्जा उत्पादन गरिरहेका छन् ।

छिमेकी मुलुक चीन, दक्षिण एसियाको भारत र पाकिस्तानले आणविक भट्टीबाट विधुत उत्पादन गर्न थालिसकेकाछन । बङ्गलादेशले पनि त्यसतर्फ अग्रसर भैरहेको सन्र्दभमा नेपालले पनि अब आणविक भट्टीद्वारा विधुतीय उर्जा उत्पादन गर्ने योजना बनाउनु पर्दछ । आणविक भट्टी लगायत सबैखाले विज्ञान र प्रविधिलाई मानवमात्रको गाँसबास, सामाजिक हित र प्रगतिको लागि सदुपयोग हुन आवश्यक छ ।
खानी तथा भूगर्भ विभागको प्रारम्भिक तथ्यांकलाई आधार मान्ने हो भने मकवानपुर धियालको तीनभंगालेमा युरेनियमको जति भण्डार भनिएको छ, त्यो आफैँमा खानी उत्खनन गर्न योग्य छ ।

गत डिसेम्बरमा नेपालबाट आईएईएको कार्यक्रममा सहभागी हुन अस्ट्रियाको भियना गएका नेपाली प्रतिनिधिमण्डलसँग त्यहाँका युरेनियम विज्ञले सामान्यतया २७ टनजति युरेनियम भएमा त्यो आर्थिक रूपमा घाटाको नहुने बताएका थिए, जबकि तीनभंगालेमा ३५ टन युरेनियम भएको विभागको रिपोर्टमा उल्लेख छ । तर विभागले सुदूरपश्चिम क्षेत्रमा भएको अनुसन्धानबारे केही बताएको छैन । सीपीएसको तथ्यांकलाई आधार मान्ने हो भने तीनभंगालेभन्दा बैतडीतिर बढी युरोनियम खानी हुन सक्छ । किनभने, त्यहाँ तीनभंगालेको भन्दा दुईदेखि तीन गुणा बढी विकिरण मापन गरिएको छ ।

खानी विभागले गामा–रे स्पेक्ट्रोस्कोपी मिटरको सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

भनिन्छ आवश्यकता आविष्कारको जननी हो । तर सुतेको सिहको मुखमा मृग आफै आएर पस्ने त होईन । वि.स.ं २०२१ सालतिर वरिष्ठ जलस्रोतविद डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधी सोधपत्रमा नेपालको सम्भाव्य जलविद्युत क्षमता ८३००० मेगावाट रहेको तथ्य बाहिर ल्याए । नेपाल जलस्रोतमा धनी भए पनि पर्याप्त रूपमा यसको उपयोग हुन सकेको छैन । आर्थिक रूपले उत्पादन हुन सक्ने ४२००० मेगावाटमध्ये केवल ७ सय मेगावाटजति उत्पादन गर्न सकिएको छ ।

नेपालको आर्थिक रुपले सम्भाव्य क्षमता भनिएको ४२००० मेगावाट हालको जनसङ्ख्या साढे दुई करोडले हिसाब गर्दा सबै क्षमताका जलबिद्युत आयोजना बनाउंदा पनि प्रतिव्यक्ति ७००० युनिट पर्दछ । समृद्धशाली पाश्चात्य मूलुकमा प्रतिव्यक्ति बिजुली खपत २०००० युनिट भन्दा बढी हुन्छ । तर हाम्रो आफ्नो सम्पूर्ण क्षमता उपयोग गर्दा पनि पुग्दैन । आगामी २५ वर्षसम्म नेपालको जनसंख्या ४ करोड अनुमान गरिएको हुनाले त्यस समयसम्ममा ४२००० मेगावाट बिजुली उत्पादन भएमा पनि प्रतिव्यक्ति बिजुली खपत ४६०० युनिट मात्र हुन आउंछ । १०००० युनिट प्रतिव्यक्ति पुयाउंन हामीलाई ८४ हजार मेगावाट २५ वर्ष्भित्र बनाउनुपर्दछ ।

नेपालका ६० प्रतिशत उपभोक्ता सधै अध्यारोमा बस्छन अनि मागअनुसारको विद्युत आपूर्ति हुनै नसकेको अवस्थामा छ। मल्थसको जनसख्याको सिद्घान्त अनुसार प्रत्येक २५ बर्षमा जनसख्या दोब्बर हुन्छ । तर हाम्रो देशमा भएको जलस्रोतको क्षमता ८३००० मेगावाट भने स्थिर हुन्छ । यो क्षमताले भविश्यको बिधुत मागलाई धान्न सक्दैन ।अबको ५०÷१०० बर्षपछि हाम्रा सन्ततीले हामीले भोग्नुपरेको जस्तो लोडशेडीङ्गको दुःख भोग्नु नपरोस भन्ने कामनामात्र नगरी हामीले आणविक उर्जातर्फ दिर्धकालीन सोचका साथ लाग्नुपर्दछ ।

एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति ३०००००( तीन लाख ) टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक कि


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters