[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Nalina Chitrakar in Jackson Heights
[VIEWED 2618 TIMES]
SAVE! for ease of future access.
Posted on 09-17-15 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दसैंका लागि घर फर्किनु अगाडि गायिका नलिना चित्रकार ज्याक्सन हाईटस्थित ह्याप्पी किचेनमा भेटिइन् । ह्याप्पी किचेनमा उनी पनि 'ह्याप्पी मूड'मा थिइन् । सायद किचेनको वातावरणले पनि यस्तो मुड बनाइ दिएको हुन सक्छ । सफा र चिटिक्कै सजाइएको सानो 'डाइनिङ हल'मा संगीतको मिठाससँगै मनिता र बीरेन्द्र गुरुङ ह्याप्पी मुहारमा जापानिज परिकार चखाउन तयार थिए ।

nalina-chitrakar-happy

'नलिनाजी, निकै ह्याप्पी मूडमा देखिनु भएको छ नि !' पंक्तिकारको यो कौतुहलता सुन्ने बित्तिकै उनले प्रस्ट्याइन्, 'म त जहिले नि ह्याप्पी नै रहन्छु !' त्यसो त ह्याप्पी किचेनका संचालक मनिता र बीरेन्द्र पनि सधै ह्याप्पी देखिनेमै पर्दछन् । संजोक नै भन्नुपर्छ यो जोडीलाई व्यापारिक नाम पनि ह्याप्पी किचेन जुरेको छ । खण्डे थालमा क्यालिफोर्निया रोल, फ्राई स्रिम्प, सलाद सल्मो माछालगायत विभिन्न जापानिज परिकार राखेर बीरेन्द्रले नलिनाको अगाडी टेबलमा राखे ।

 

चाइनिज, जापानिज, कोरियन खानामा प्रयोग हुने 'चप् स्टिक' चलाउन भने नलिनालाई गीत गुनगुनाउन जति सहज देखिएन । त्यसपछि मनिताले उनलाई 'बेबी चप् स्टिक' थमाई दिईन । 'हातैले खाए हुन्दैन र ?' दालभात, तरकारी, आलूतामा, गुन्द्रुक र सिन्कीलाई हातले मुछेर खाँदै हुर्केकी नलिनालाई पंक्तिकारको अर्को सोधाई । 'नहुने त हैन, तर ह्याप्पी किचेनमा अनह्याप्पी मूड बनाउनु जस्तै होला कि फेरि !' नलिनाले कुटिल जवाफ दिईन ।

 

नेपाली खानलाई चप् स्टिकले खाँदा हुने बेमज्जा जस्तै जापानिज खानलाई नेपाली पाराले खाँदा बेमज्जा हुने उनले प्रस्ट पारिन । चप् स्टिकले क्यालिफोर्निया रोललाई च्याप्प समातेर उठाउने दुइ चार पटकको प्रयास पछि अन्तत उनी सफल बनिन् । बिस्तारै चपाएर उनलाई सबभन्दा मनपर्ने जापानिज खानमध्येको क्यालिफोर्निया रोलको स्वाद मज्जाले लिईन् नलिनाले । 'पहिलो गीत गाउन यस्तै प्रयास गर्नु परेको थियो ?' पंक्तिकारले फेरि प्रश्न फ्याँके उनीतिर । हरेक गीतलाई पहिलो सम्झेर गरेको प्रयासले बढी सफलता दिने अनुभव सुनाउदै उनले जवाफ फर्काईन, " म हरेक गीतलाई पहिलो सम्झेर मिहिनेत गर्छु ।"

nalina-happy-kitchen

नलिनालाइ खान पस्कदैं ह्याप्पी किचेनका बीरेन्द्र गुरूङ ।

 

१५ बर्षकै उमेरमा 'तिम्रो अधर, तिम्रो नजर' बोलको गीत पहिलोपटक रेकर्ड गराएयता नलिना चर्चित रहदैं आएकी छिन् । सांगीतिक यात्रामा उनी दुई दशकमाथि यता सक्रिय छिन् । यो समयावधिमा कति समकालीन गायकगायिका निकै अगाडी बढे, कति सांगीतिक क्षेत्रबाट नै पलायन भए, नलिना भने आफ्नै गतिमा अगाडी बढिरहेकी छिन । सफल रहेकी छिन । 'पानी पानी भयो मेरै मन पनि' लगायत गीतले उनलाई सांगितीक दुनियाँमा राम्रै चिनायो ।

 

नलिनाका अनुसार उनी क्वानटिटीमा भन्द क्वालिटीमा विश्वास गर्छिन् र त्यसैअनुसार काम गर्दै आएकी छिन् । आठ वटा एल्बम सार्बजनिक गरिसकेकी नालिनाले स्वर रेकर्ड गरेको संख्या भने २०० नाघेको बताईन् । नेपालीबाहेक मैथिली, नेवारीमा गीत गएकी नलिनालाई सबै भाषाभाषीको गीत गाउने धोको छ । नलिनाले सांगीतिक दुनियाँमा प्रवेश गरेको जमाना एनालोग प्रविधिको क्यासेट टेप थियो भने अहिले डिजिटलको जमाना । उनले आफुलाई यो परिवर्तनसँगै समायोजन गरेकी छिन् ।

 

दर्शक–स्रोता र आयोजकप्रति उनी उत्तिकै इमान्दार पनि छिन् । आफ्नो नाम राखेर कार्यक्रमको प्रचार भई सकेपछि अप्ठ्यारो परिस्थितिमा पनि सहयोग गर्नुपर्ने उनी बताउछिन् । बुबाको क्रिया बसिरहेको समयमासमेत नेपालगन्जमा प्रस्तुति दिन जानु परेको उनले सुनाईन । पछिल्लो समय उनी अमेरिका केन्द्रित रहेकी छिन् । 'हामी कलाकारलाई जताजता नेपालीले बोलाउछन्, त्यहाँ पुग्नु हाम्रो जिम्मेवारी हो', उनले भनिन् ।

 

नेपालमा भूकम्प हुँदा अमेरिकामै थिईन उनी, तर केही दिनभित्रै नेपाल पुगेर पीडितसँग दुःख साटासाट गरेपछि अमेरिका फर्केकी उनले ३ महिनाको बसाईंमा अमेरिकाको थुप्रै सहरमा सांगीतिक प्रस्तुति दिईन । जहाँ जादा पनि नेपालीहरु ह्याप्पी भेटिदा चाहि आफुलाई निकै गर्व लाग्ने उनले सुनाइन् । उनले भनिन, 'अनि त्यो बेला म पनि अत्यन्तै ह्याप्पी बन्छु ।'


 
Posted on 09-17-15 7:56 PM     [Snapshot: 176]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
wanna be ruled by stupid or an Idiot ?
From Trump “I will revoke TPS, and deport them back to their country.”
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters