आज विश्व खाद्य दिवस । हाम्रो काम नै हाम्रो भविष्य हो भन्ने मूल नाराका साथ संसारभर आज अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइँदै छ । सन् १९४५ अक्टोबर १६ मा संयुक्त राष्ट्र सङ्घअन्तर्गत खाद्य तथा कृषि सङ्गठन (एएफओ) स्थापना भएको थियो । सोही दिनको स्मरण गर्दै सन् १९७९ नोभेम्बरमा सम्पन्न एएफओको महासभाले हरेक वर्षको अक्टोबर १६ लाई विश्व खाद्य दिवस मनाउने निर्णय गरेको थियो । त्यही सालदेखि नै विश्व खाद्य दिवस मनाउन थालिएको हो ।
आगामी सन् २०३० भित्र संसारबाट भोकमरी अन्त्य गर्न सम्भव छ भन्ने विश्व खाद्य तथा कृषि सङ्गठनको नाराबाट नै संसारमा अझै पनि भोकमरीको समस्या रहेको प्रमाण हो ।
संयुक्त राष्ट्र सङ्घको तथ्याड्ढअनुसार सन् २०१७ मा खानै नपाएका मानिसको सङ्ख्या संसारमा ८२ करोड १० लाख छन् । सन् २०१६ को तथ्याड्ढसँग तुलना गर्दा संसारमा भोकमरीको सङ्ख्या अझ बढिरहेको छ । त्यो साल संसारमा भोकमरीले पिरोलिएका मानिसको सङ्ख्या ८० करोड ४० लाख थियो । अफ्रिका महादेश संसारमा सबभन्दा बढी भोकमरी भएको क्षेत्र मानिएको छ । अफ्रिकाको कूल जनसङ्ख्याको झण्डै २१ प्रतिशत मानिस अहिले पनि भोकमरीसँग जुझिरहेका छन् ।
गरिबी, युद्ध, मरुभूमीकरण, उन्नत बीउबिजनको अभाव, कृषिमा निरर्भरता कम हुँदै जानुले संसारमा भोकमरीको समस्या अझ गहिरो बनाइरहेको छ । संसारमा अझ पनि पेट भरि खान मुस्किल जनताको हुनुले धनी र गरीबबीचको खाडल अझ फराकिलो बन्दै गएको देखाइरहेको छ । ठूला सहरका ठूला होटल र धनीमानीका घर, रेस्टुराँबाट दैनिक करोडौं जनतालाई पुग्ने खाना फालिने गरेको छ । अर्कोतिर पुग्दो पौष्टिक तफ्वको अभावमा मर्ने मानिसको सङ्ख्या पनि बढिरहेको छ ।
युद्ध वा राजनीतिक द्वन्द्व नै आजको समयमा मानिसलाई गरीब बनाउने सबैभन्दा पहिलो माध्यम बनिरहेको छ । युद्धले मानिसको जीउज्यानमात्र लिने होइन, बरु बाँचेका मानिसको जीवनलाई पनि मर्न न बाँच्नको दोसाँधमा पु¥याइदिने गरेको छ । अनि त्यस्ता राजनीतिक द्वन्द्व वा युद्धको मूल कारण भनेको संसारका धनी मानिएका देशहरूका शक्तिकेन्द्र हुन् । विद्वान माक्र्सवादी लेखक समिर अमिनको शब्दमा विश्व व्यवस्थाको ‘कोर’ मा रहेका देश नै त्यस्ता राजनीतिक समस्याका मूल कारण हुन् । ‘पेरिफेरी’ (परिधि) मा रहेका देशहरूसँग प्राकृतिक स्रोत, साधन र मानवीय जनशक्तिको प्रचुरता भएर पनि किन उनीहरू भोकै छन् ? यसको प्रस्ट जवाफ भनेको ‘कोर’ मा रहेका देशहरूले ती ‘पेरिफेरी’ का देशलाई अनेकन युद्ध र द्वन्द्वमा फसाएर उनीहरूसँग भएका प्राकृतिक स्रोत साधन र मानवीय जनशक्ति हडपिरहेको छ । सन् २००८ देखि सुरू भएको आर्थिक सड्ढटसँगै युरोपको अर्थतन्त्रमा आएको शिथिलताको घेराबाट मुक्त हुन आज युरोपलाई धेरै सस्तो ज्यामीको खाँचो परेको छ । त्यही खाँचो पूरा गर्न संसारका विभिन्न ठाउँमा युद्ध र राजनीतिक द्वन्द्व सल्काइरहेको विश्लेषणलाई गलत मान्न सकिन्न ।
यसबाट प्रस्ट हुने कुरा भनेको संसारमा भोकमरीको लागि मूलतः विकसित भनिएको जी–८ देशहरू नै दोषी छन् । उपनिवेशवादकालीन युगमा उनीहरूले प्रत्यक्ष उपनिवेशमाथि जसरी जनताको पसिना निचोर्ने काम गरिरहेको थियो, आज त्यो फरक तरिकाबाट चालू नै छ । त्यसैको वरपरको असर हो–संसारको भोकमरी ।
विश्व खाद्य दिवस मनाउने सिलसिलामा सन् २०३० सम्ममा भोकमरी अन्त्य गर्न सम्भव छ भनी नारा लगाए पनि त्यसलाई सम्भव बनाउने–नबनाउने जिम्मेवारी भने जी–८ का देशहरूको व्यवहारमा भरपर्दछ ।
तर बाघ जति भोकाए पनि घाँस खाँदैन भनेजस्तै जी–८ का देशहरूका अहिलेका शासक वर्गले कुनै पनि हालतमा संसारमाथि आफ्नो अत्याचार छोड्नेछैन । त्यसकारण भोकविरुद्धको सङ्घर्ष अझ पनि धेरै लामो सङ्घर्ष हुनेछ । नेपालको सन्दर्भमा भौगोलिक विकटता, राजनीतिक पक्षपात र गरिबी नै भोकको मूल कारण हो । संविधानमा खाद्य सुरक्षालाई मौलिक हकअन्तर्गत राखिए पनि खासमा अझै पनि देशका धेरै ठाउँमा जनताले मनग्य पौष्टिक खाद्य खान पाइरहेका छैनन् ।