[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 छठको शुभकामना !
[VIEWED 4672 TIMES]
SAVE! for ease of future access.
Posted on 11-13-18 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँस्कृतिक चाड छठ आज भव्यताका साथ मनाइँदै छ । नेपालका सबै जातजाति, भाषाभाषी र क्षेत्रका चाडबाडका आ–आफ्ना सांस्कृतिक र सामाजिक महत्व छन् । सामाजिक एकतालाई बलियो बनाउन यस्ता चाडबाडले विशेष भूमिका खेलिरहेका हुन्छन् । धर्मप्रतिको विश्वास र आस्था व्यक्तिको निजी मामिला हो । चाडबाडसँग जोडिएको किंवदन्तीको वैज्ञानिकता पनि समयको कस्सीमा जाँचिने गर्दछ । तर चाडबाडले समाजमा गाडेको सांस्कृतिक महत्व भने मानिसको परिचय बनेर सामाजिक भावनाको गहिराइमा पुगेको हुन्छ । नेपाली जनतालाई एउटै राष्ट्र मान्ने पञ्चायती नीतिका कारण नेपालका अधिकांश चाडबाड र संस्कृति राज्यसत्ताको दमनमा परेको थियो । धर्म र संस्कृतिको मामिलामा राज्य तटस्थ हुनुपर्नेमा राज्य स्वयंले केही निश्चित चाडबाड र संस्कृतिलाई बोकेर अन्यलाई विभेद ग¥यो । यो राज्यले जनतामाथि गरेको सांस्कृतिक दमन हो । राज्य आफैं विभेदकारी बन्दा पञ्चायती व्यवस्थालाई जनताले आफ्नो राज्यको रूपमा कहिल्यै लिन सकेनन् । पञ्चायती व्यवस्था ढल्यो । तर पञ्चायती व्यवस्थाले हालेको यो विभेदकारी व्यवस्थाको जग अझै पनि भत्किएको छैन । बरू आजका शासकले पनि त्यही बन्दोबस्तलाई फरक नाममा निरन्तरता दिइरहेका छन् । त्यसकारण दसैं र तिहारजस्ता चाडबाड हाम्रा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमा जति उत्सवमय बनेको हुन्छ, छठलगायत चाडबाडमा हुने गर्दैन । सबै जाति, भाषा र क्षेत्रका जनताले तिरेको करबाट पद भोगिरहेका राज्यका पदाधिकारीहरूले केही निश्चित क्षेत्र र समुदायका चाडबाडलाई मात्र उत्सवको रूपमा मनाइनु आफैंमा विभेदकारी नीति हो । धर्मनिरपेक्षता लागू भएको देशमा राष्ट्रप्रमुख र सरकारप्रमुखले सबै जनताको भावना सम्बोधन गर्नुपर्दछ ।
सञ्चारको तीव्र विकाससँगै आजभोलि कुनै पनि चाडबाड सीमित भूगोलभित्र मात्र केन्द्रित छैन । छठको परिधि आज तराईमा मात्र सीमित छैन । नेपालका अधिकांश प्रमुख सहरी क्षेत्रमा छठ भव्य रूपमा मनाइने गरेको छ । राजधानी काठमाडांैमा पनि छठ भव्य रूपमा मनाइन थालेको धेरै वर्ष भइसकेको छ । जसरी दसैं, तिहार, ल्होसार, म्हपुजा आज नेपालको सिमानाभित्र मात्र सीमित नभई नेपालीहरू पुगेका अधिकांश देशमा मनाइने गरेको छ, छठ पनि विदेशमा समेत मनाइने गरेको छ । रोजगारका सिलसिलामा आफ्नो जन्मथलो छोडेर बाहिर बस्दै आएका समुदायबीच छठ वा त्यस्तै अन्य साँस्कृतिक एकतालाई बलियो बनाएको हुन्छ । वैज्ञानिकताको कस्सीमा घोट्दा चाडबाडका कतिपय कुरा आज असान्दर्भिक बन्दै गएका छन् । चाडबाड शिलामा लेखिएको कुनै आलेख कदापि होइन । समयसँगै चाडबाडमा पनि परिवर्तन स्वाभाविक हो । चाडबाडभित्र रहेका अवैज्ञानिक र असान्दर्भिक पक्षलाई छोड्दै तिनका सामाजिक र सकारात्मक पक्षलाई भने अँगाल्दै जानुपर्दछ । छठले तराईमा रहेका सबैखाले विभेद, अन्याय, विकृति र पछौटेपनालाई कमजोर बनाउँदै प्रगतिशीलता र रचनात्मकतालाई अझ विस्तार गर्नुपर्दछ । छठको सबैलाई हार्दिक शुभकामना !


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters