इण्डियाकै सोनी कम्पनीमार्फत् प्रशान्त इण्डियन आइडल बनेपछिको कार्यक्रम गर्ने ठेक्का लिएकी तथा तामाङको सुरक्षाका निम्ति आएकी एक भारत कलकत्ता माइती र नेपालकै सेर्पासँग घरवार जोडेकी वर्षा नाम गरेकी महिलाको विशेष निगरानीमा रहनुपरेका प्रशान्तलाई स्थानीय नेपालीहरुका ससाना बालबालिकाहरुले प्रत्यक्ष रुपमा भेट्न खोज्दा समेत ती महिलाले केटाकेटीसँग रुखो व्यवहार गरेकी देखिन्थिन् ।
भर्जिनियास्थित स्थानीय वकटन हाइस्कुलमा सम्पन्न उक्त लाइभ कार्यक्रमका प्रमुख आकर्णष बनेका इण्डियन आइडल तेस्रो प्रशान्तलाई हेर्न र उनीबाट अटोग्राफी लिने स्थानीयन नेपाली युवायुवतीहरुको निक्कै भीड देखिन्थ्यो तर प्रशान्तकी अंगरक्षकका रुपमा आएकी वर्षाका कारण प्रशान्तका प्रशंसकहरु निरास भएका देखिन्थे ।
कार्यक्रमको अन्त्यपछि भीआइपी टिकट लिएर कार्क्रम हेर्न पुगेकाहरुका लागि प्रशान्तका साथमा आयोजकहरुले डिनरको समेत व्यवस्था गरेको भए पनि सोही महिला वर्षाका कारण प्रशान्तलाई समेत स्थानीय रेष्टुेन्टमा राखिएको डिनर खान नदिई उठाएर लगेर प्रशान्तसँग डिनर खान महंगो टिकट खरिद गरेर आएका दर्शकहरु जिल्लिनुपरेको थियो ।