[VIEWED 4372
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-03-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काठमाडौँ, (महानगर) । विश्व निकेतनका विद्यार्थी र प्रधानाध्यापकलाई वाईसीएलका कार्यकर्ताले हातपात र दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले आज बिहान त्रिपुरेश्वरका तीनतिरकै सडक अवरुद्ध तुल्याए ।
बिहान ९ बजेदेखि विद्यार्थीले सडकमा टायर बाल्नुका साथै समूह-समूह भई सडक अवरुद्ध तुल्याएका कारण ४० मिनेटसम्म सो क्षेत्रको यातायात ठप्प बनेको थियो । विद्यार्थीको प्रदर्शन, नाराबाजी र ढुङ्गा प्रहारले त्यहाँको स्थिति तनावग्रस्त थियो । प्रहरीको ठूलो समूहले बल प्रयोग गरी विद्यार्थीलाई लखेट्दै भगाएपछि सडक सुचारु बन्यो ।
विद्यार्थीले ९ बजेदेखि १० बजेसम्म सडक अवरुद्ध तुल्याउने बताए पनि प्रहरी हस्तक्षेपका कारण ९ः४० बजे नै सडक सुचारु बनेको थियो । प्राप्त विवरणअनुसार त्रिपुरेश्वरबाट गुसिङ्गालतर्फ जाने सडक निर्माणका लागि स्थानीय बासिन्दा एवम् वाईसीएलका कार्यकर्ताले विश्व निकेतन उच्चमाविको जग्गा अतिक्रमण गर्नुका साथै ट्वाइलेट भत्काएका छन् ।
विद्यालयका प्रधानाध्यापक र विद्यार्थीले सो घटनाको विरोध गरेपछि वाईसीएलका कार्यकर्ताले आज बिहान स्कुलमै आएर हातपात र दर्ुर्व्यवहार गरेपछि विद्यार्थी प्रदर्शनमा उत्रिएको विश्व निकेतनका छात्र सुनील श्रेष्ठले बिहान महानगरलाई बताए । आफूहरू वाइसीएलका कार्यकर्ता बताउने सो समूहले झन्डा नै लिएर स्कुलमा आई आतङ्क मच्चाएको श्रेष्ठले बताए ।
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-03-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज हाम्रो आस्थाको केन्द्र बिश्व निकेतन माथि बर्बर आक्रमण भयो, भोलि तपाईंको आस्था माथि प्रहार नहोला भन्न सकिन्न। मेरो स्कूलमा गरेको होइन भन्दै चुपचाप् नबसौं। यस्ता असभ्य अक्षम्य कार्यको बुलन्द बिरोध गरौं।
|
|
|
Phatte
Please log in to subscribe to Phatte's postings.
Posted on 01-03-08 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मर्न नसक्या उग्रबादिहरु । बन्दुक् को भरमा थर्काएर खान पल्केकाहरुलाई शहरमा छोडेर त हुन्छ, आफ्नै नेतालाई त तेर्दैन्न, असना साँढे जस्तो । हाल्न पर्छ एस्तालाई jail र तेस पछी हुन्छ ठीक ।
|
|
|
Jyapoo
Please log in to subscribe to Jyapoo's postings.
Posted on 01-03-08 5:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
These criminal groups need to be nipped in the bud before they spread elsewhere.
Raghubhai, by "त्रिपुरेश्वरबाट गुसिङ्गालतर्फ जाने" bhanna le hamro school bata kata parcha?
Jyapoo
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-03-08 7:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्यापू भाई, संभवत पत्रिकाले इंगित गरेको भाग नदीको पारालल् पुरानो भवनको छेउ तिर् को शौचालयको भाग हुनु पर्दछ। पूल नै न बनाई कसरी गुसिङाल जोड्न सकिन्छ भन्या। चन्दा नदिएको झोंक निकालेको हुनु पर्दछ। नरेश सर प्रति हामी बिद्यार्थीहरुको समर्थन छ नै।
|
|