म र मेरा दुइजना मित्र हरुलाई बिहान काममा जान हतार हुन्छ।
त्यसैले हतार हतार ब्रह्मा तपस्या गर्न बाथ्रूम तिर लाग्नु पर्छ। मान्छे तीन बथ्रूम एक, त्यसैले धेरै समय मैदान बस्यो भने साथीहरुको हल्ला सुरु हुन्छ।
कुरो एकाबिहान हो.........
म सदाझैं अली धिलाई उठेको थिए। अनी मेरो साथीले पनि धेरै समय बाथ्रूममा बस्दिये। मलाई फसाद पर्यो।पहिल त पेट को वजन बढेर त्यही झर्ला जस्तो भाईसकेको थियो, दोस्रो काममा जान हतार।
बल्ल बल्ल थामेर बसेको थिए, साथी भने मज्जाले "देखा है पहेली बार साजन कि आखो मेइन प्यार।।।तङ्ग नतङ तङ्ग नतङ" गर्दै गीत गाई रहेको थियो।त्यसैले बल्ल टल आफु सार्दै ए ढोका खोल भन्न पुगे। उ मुख चौरदै, नाक खुम्चौदै बाहिर निस्क्यो। अनी मेरो अर्को रूमी जो चिया पकाइ राथ्यो, उ पनि म एकै छिटो छोटो गरेर अौछु है भनेर भित्र के चिर्य थियो "सारा जग सोये हम जागे.... चादनी राते" भन्दै गीत गाउँन थालयो। मलाई चै यहाँ ब्यथा बोक्या अैइमाई छ्ट्पट्या जस्ताइ हुन बाँकी थिये। उ पनि एक छिन् मा "नायक नही खल्नायक हु मेइन" भनेर बाहिर निस्क्यो।
आफु हत्तार हत्तार भित्र जान खोज्छु, पछाडि बाट छिटो निक्लनु कपाल मा जेल हाल्नु पर्छ भन्यो। आफुलाई कस्नु कस्या थियो ।।केही सुनिन।भित्र जान्छु त एस्तो डुङ्ग डुङ्ग पारीरहेको रहेछन् कि सास फेर्नै गाह्रो भएर, निकाल्नै गार्हो भयो।
एक्छिन मा हेर्छु त फ्यान नै चलाको रहेनछु।। त्यस्पची फ्यान खोले र बल्ल पेत खलास गरे। बाहिर बाट हैन कती धाइं धाइं र धुइ धुइ मात्र गर्या हो भनेर भन्न थाले। म पनि के र, मनमा पाप नराखीकन त्याग गरिराथ्ये। फेरी बाईर कुर गर्न थाले। होइन उ निस्कदैन कि क्य हो भन्न थाले। होइन यो जुत्ता म खुट्टा राख्ने कहिले हो भनेर अर्को भन्न थालयो, पालिस लगौदै। म पनि उनिहरुले ढिलो गरेको झोक मा "यो कथा को त्रिश्न्ना मेरो " भन्दै गीत गाउँन थाले। यता उनी हरु हल्ला गर्थे। म उता झनै ठुलो स्वोर मा "फुलेको फुल झएे मायालु" भन्दै गीत गाउथ्ये
समय समय गीत लाई थाती राख्द नित्य कर्मा गर्थ्ये अनी फेरी गीत सुरु। अब बेस्सरी लगेको कारन्ले गीत्मा भएको अ अक्षर म बदी लामो तन्ने गर्थे।। त्यसो गर्दा समय पनि बित्यो र निन्द्रा पनि हरायो। त्यस्पची म पनि बिस्तारै बहिर निस्के। एुटा ले अर्को लाई देखौदै यो जुत्ता म खुट्टा देख्योउ तिमीले भयो। म भने नसुन्या जस्तो गरेर लुगा लगाउन थाले।