-रञ्जनराज ढुंगेल
"'रामप्रसाद' को दर्ुइवटा सन्तान थिए, 'ए' र 'वि' तर 'ए' र 'वि' को नाता दिदिबहिनी होइन्, आखिर के होला उनीहरूको नाता -" रमेशले आलोकलाई प्रश्न गर्यो । आलोकले हँासेर भन्यो पक्कै दाजुभाई होलान् नि । कक्षा ५ मा पढेका सामान्य ज्ञानका प्रश्नउत्तर गरिरहेका यी साथीहरू अहिले ३० वर्षमाथिका भइसके । आज उनीहरू एउटा जमघटमा जमिरहेका छन् । १५ वर्षघि एस.एल.सी. दिदाका साथीहरूको जमघट थियो त्यो । भर्खर भर्खर जुँगा दाह्री उर्मन शुरु गर्दाको मित्रतालाई अधवैसें -अधिकांस विवाहीत) भएपछि भएको त्यो जमघटमा एउटा नौलोपनको आभास हुन्थ्यो । आफ्नो परिचय दिनुपर्दा रोल नं १, म सन्जिव थापा भन्नेहरूले अहिले आफ्नो परिचय डाक्टर, इन्जिनियर, शिक्षक, अधिकृत आदि आदि बनाइसकेका थिए । विद्यालय जीवनका साथीहरू भएकाले आफ्नो भावनाहरू एउटा प्रतियोगिता मार्फ राख्ने योजना अनुरुप जीवन के हो - शिर्षमा बक्तृत्वकला प्रतियोगिता आयोजना भयो । १८ जना साथीहरूको जमघटमा ३ वटा समूह गठन भयो अनि प्रत्येक समूहका साथीहरूबाट एक एक जना निर्ण्ाायकका लागि नियुक्त गरियो । जम्मा ३ मिनेट समय दिइयो, आफ्नो मन्तव्यका लागि । पुरस्कारमा आज कपी, कलम भन्दा पनि वियरका कार्टर्ुुथियो । जुन ग्रुपले जित्थ्यो, उनीहरूलाई एक कार्टर्ुुवियर प्राप्त हुन्थ्यो । "जीवन के हो - यो एउटा जटिल प्रश्न हो र यसको उत्तर पनि त्यति सजिलो छैन । मान्छेले जस्तो आफूले भोगिरहेको छ, त्यसलाई नै जीवन ठान्दछ, जीवन चाहना हो, जीवन सन्तुष्टि हो, जीवन स्वार्थ हो, जीवनर् इष्र्या हो । तर जीवनका शाश्वत सत्यमा जीवन मृत्यु हो । जन्मेपछि जीवन शुरु हुने भएकाले जीवनको अन्त्य पनि मृत्यु हो । हिजो बालपनमा पनि जीवन थियो, युवा अवस्थामा पनि जीवन छ, भोलि वूढेसकालमा पनि जीवन हुनेछ । मात्र जीवनको परिभाषा परिवेश अनुसार फरक हुदैजानेछ । जसले जे भोगिरहेछ त्यो जीवन हो, जसले सोचेर भन्छ त्यो कल्पना हो किनकी जीवन यथार्थ हो ।" जीवनका लागि उत्कृष्ट भावना स्वरुप आशिषका समूह पुरस्कृत भयो । औपचारिक रुपमा संचालन भएको कार्यक्रम पश्चात वियरका नशामा झुमेका साथीहरूले एकैछिन दिग्दार लाग्ने जीवनबाट वाहिर निक्लन चाहें अनि उनीहरू छाडा भए । 'ओ मिस्टर रोल नं १, रोल नं ३ की कोपिला कता गई - कोपिलाले धोक्रे छोरो पाउदा पनि तँ त कुमारै छस् -' 'नकरा त्यो उमेरमा भएका कुराहरू ती सबै उमेरको दोष हो', रोल नं १ ले उत्तर दियो । तर आशिष र पूजाको ७ कक्षादेखिको प्रेम भने विवाहमा परिणत भएछ हैन । मोराले विवाहमा वोलाउदा नि वोलाएन - अनुपले जिज्ञासा राख्यो । तँलाई कसरी बोलाउनु त - पूजालाई प्रेमपत्र लेखेको विर्सिछ की क्यो हो - सन्जिवले थप्यो ।
बालपनका साथीहरूको जमघटमा देशका वारेमा चिन्तन शुरु भयो । नेपालीहरू सबै चिन्तित छन्, सबैलाई आफ्नो देशको माया छ । तर नेपालमा वसेर प्रगति नहुने हुँदा हरेक युवाको मुख्य उद्देश्य नै समुन्द्रपारका देशहरू छन् । १८ जना मित्रहरूमा ७ जना विदेश गएर छुट्टी मनाउन नेपाल आएका छन् । ४ जना विदेश जाने तरखर गरिरहेछन् अनि ५ जना विदेश जाने सोचमा छन् । आखिर प्रश्न खडा भयो यो समयमा यसरी विदेश जाने फेशन कसरी चल्यो होला त - तिनीहरू एस.एल.सी. दिदा कसैको पनि उद्देश्य विदेश थिएन । तर आजकल कक्षा १० पढ्दादेखि नै विदेश जानका लागि तयारी शुरु हुन्छ । १२ कक्षा उतर्ीण्ा गरेपछि एकफेर विदेश प्रयास नगर्ने औलामा गन्न मिल्छ - आखिर के होला त यसको कारण । विश्लेषण शुरु हुन्छ । 'मुख्य कुरा नेपालीहरूको देखासिकि गर्ने कलाले गर्दा नै विदेश जाने होड चलेको हो अनि विदेश जानका लागि अपनाउनुपर्ने प्रक्रियाहरू पनि सजिलो छ । साथै सञ्चारमा अग्र भूमिका निर्वाह गरेको इन्टरनेटको पनि मुख्य भुमिका त छदैछ । देशमा उचित वातावरण हुन नसक्नु नै विदेश जानुपर्ने वाध्यता हो ।' सन्तोषको युवा मानसिकता थियो त्यो । सन्तोष भर्खर आफ्नो मास्टर लेभलको पर्ढाई सकेर ६ महिनाको लागि नेपाल आएकेा थियो । नेपाल आउनुको उसको अर्को कारण थियो, विवाह गर्नु । किन नेपाली नै खोज्नुपरेको नि तलाई - अनुपले सन्तोषलाई सोध्यो । 'के गर्नु यार विदेशी हर्ेनका लागि मात्र राम्रा हुन् भावना मिल्न एकदम गाह्रो हुन्छ । संस्कृति त नेपाली एकदम ठिक छ नि यार, वारम्वार विवाह गरिरहन मननलागेर नेपाली केटी नै खेजेको बुझिछ तैले ।' सन्तोषले सटिक उत्तर दियो । ल नढाटि भन् त - तेरो विदेशमा एउटी केटीसंग पनि चक्कर चलेन । सिधै भन न, तेरो सोध्नुको आशय सेक्स् हो । सेक्समा जवसम्म जीवन अडिन्छ, प्रगति न्यून हुन्छ । विदेशमा प्रेमका भावनाहरू पाखे, साथीहरू पनि मिले, एउटै कोठामा तीन महिनासम्म केटी साथीसंग नै जीवन पनि विताए । तर मैले नेपाली माया, त्यो न्यानो र्स्पर्श पाउन सकिन । मैले यौन तृप्तता त विदेशीबाट पाउनसक्थे तर मलाई जीवनमा यौन भन्दा पनि सच्चा जीवन साथीको खँाचो छ, यार । जसले मेरा सुखमा मात्र होइन दुःखमा पनि साथ देओस् । अनि केटी पनि स्टाफ नर्स नै होला नि होइन - आशिषले जिज्ञासा राख्यो । "हो, स्टाफ नर्सहरूले सजिलै काम पाउने र उनीहरूको कामको इज्जत पनि हुने हुनाले म पनि स्टाफ नर्स नै खोज्दैछु । यहँा पो आफ्नो परिवार छ, खानका लागि दुःख हुदैन । अमेरिकामा त दुवै जनाले काम गर्न सकिएन भने त एकजनाको कमाइले धौ धौ नै हुन्छ । स्टाफ नर्सलाई विवाह गरेपछि आफूले काम भन्दा पनि पर्ढाईलाई निरन्तरता दिनसकिन्थ्यो । आखिर परिवेश अनुसार त चल्नै परयो नि । 'उहिले छोरो व्रि्रे कमर्श, छोरी व्रि्रे नर्स' भन्थे तर आजकल नर्सहरूको त भाग्य दरो भएको छ नि । सबै नर्सहरूको छनौट् बढि हुने हुँदा भनेको जस्तो केटी नपाएर छटपटिएको छु यार । अरु पर्ढाई भन्दा स्टाफ नर्स नै ठिक बुझिस् ।" सन्तोषले विदेशको यथार्थ प्रस्फुटन गर्यो । बरु एउटा स्टाफ नर्स खोज न यार । छिटो भन्दा छिटो विवाह गरेर रमाइलो सबै यतै गर्ने विचार छ । अमेरिका गएपछि त श्रीमान् श्रीमतीको भेट नै नहुन नि सक्छ । श्रीमतीलाई वुझ्ने अनि वुझाउने काम सबै यता नै सक्नर्ुपर्छ नत्र त गाह्रो हुन्छ । सन्तोषले भित्री मनकेा कुरा खोल्यो ।
अर्को टेवुलमा ४ जना विवाहीत साथीहरू आफ्ना सन्तानका वारेमा कुरा गर्दैथिए । भर्खर विवाह गरेको विकललाई सन्तान चाडै जन्माउन सुझाव दिदै थिए । तर सन्तान एकमात्र जन्माउदा परिवेश अनुसार चल्न सकिने भएकाले एकमात्र सन्तान अहिलेको समयको वरदान भन्दै थिए । अलि चाडै विवाह गरेर छोरोलाई दर्ुइवर्षो वनाइसकेको नरेशका कुरा सन्तान प्रति अलि भिन्न थियो । उसलाई आफ्नो कमाई र सन्तानलाई गर्नुपर्ने खर्चले गर्दा पनि एकभन्दा वढि सन्तान जन्माउनु मर्ुखता जस्तो लागेको छ । आफूले आफ्ना बा-आमाको लागि के नै गर्न सकियो र आफ्ना सन्तानबाट अपेक्षा गर्नु । आजकलका वच्चा जन्मन नपाई कम्प्यूटर, मोवाइलमा खेल्न रमाउछन् । पर्ढाई खर्च मासिक रुपमा काम गरेवापत कमाइने तलव बरबार नै हुन्छ । देखासिकिले गर्दा महंगा भन्दा महंगा विद्यालयमा पढाउनुपर्ने बाध्यता छ । पर्ढाई खर्च र उनीहरूको आवश्यकता परिपर्ूर्ति गर्नमा नै सम्पर्ूण्ा जीवन व्यथित हुन्छ । जवसम्म सन्तान जन्मदैन तवसम्म आफ्नो जीवन हुन्छ तर जव सन्तान जन्मिन्छ सम्पर्ूण्ा रुपमा बाबुआमाको जीवन पनि उसमा समेटिएको हुन्छ ।
सबै एकै कक्षामा पढेका विद्यार्थी हुन् तर उनीहरूको पनि आफसेआफ समूह विभाजन भएको छ । प्रोफेसनमा उच्च तह मानिएकाहरूको टेबुल एउटा छ, विदेश गएर आएकाहरूको टेबुल एउटा छ, सरकारी कर्मचारीहरूको टेबुल एउटा छ अनि वँाकी वचेकाहरूको टेबुल एउटा छ । सबै एकै कक्षामा पढेका साथी सबै मित्र नै हुन् तर उनीहरूमा समयले ल्याएको फरकपन प्रस्ट छ । कसैमा घमण्ड छ, कसैमार् इष्या छ, जे भएपनि एकै उद्देश्य वोकेर शिक्षा लिएका मित्रहरूमा नेपालीमा देखिने स्वभाव 'उही त हो नि' जिद्दी, घमण्ड अनि स्वार्थ ती मित्रहरूमा पनि छदैछ । अत्यन्त सुमधुरसंग शुरुवात भएको जमघट अन्तत एक टेबुल र अर्को टेबुल वीचमा भनाभन, पछि हातहालाहाल अनि एकले अर्काको रिस, डाह अनि घमण्डी स्वभावले त्यो जमघटलाई अस्पतालको र्इमजेन्सीसम्म पुर्याउछ । मित्र मित्र वीचमा नै देखिएको मनमुटावको कारण अरु केही नभएर 'उही त हो नि' नेपाली स्वभाव नै देखिन्छ ।