काठमाडौं, साउन ७ - नवनिर्वाचित राष्ट्रपति रामवरण यादव आफ्ना सवारीचालक र अंगरक्षकसहितका सुरक्षाकर्मी मंगलबार दिउ“सो बेपत्ता भएपछि निजी गाडी चढेर ललितपुर निवास र्फकन बाध्य भएका छन् ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित मन्डिखाटारमा उनकी छोरी सुजातालाई भेटेर र्फकन लाग्दा सवारीचालक र सुरक्षाकर्मीर् नभेटिएपछि उनी निजी गाडी चढ्न बाध्य भएका हुन् ।
उनले पन्ध्र मिनेटसम्म सुजाताकै घरमा बसेर चालक र सुरक्षा गार्डलाई पर्खेका थिए । तर, उनीहरू नआएपछि सरकारी गाडी छाडेर यादव ३५५२ नम्बरको बलेरो जिप चढेर ललितपुरको बागडोलस्थित निवास फर्केका थिए ।
सुरक्षा अधिकारीले भने सुरक्षाकर्मी र चालक खाना खान गएको र र्फकन ढिला भएकाले राष्ट्रपति र्फकंदा उनीहरू नभेटिएको दाबी गरे । उनीहरूले के-कति कारणले राष्ट्रपतिलाई छाडेर गएका हुन् भनेर महानगरीय प्रहरीले छानबिन सुरु गरेको जानकारीसमेत स्रोतले दिए । सुजाताले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको दिवाभोजमा सरिक हुन यादव प्रधानमन्त्रीसित मन्डिखाटार गएका हुन् । कोइराला र यादव सुजाताको निवासमा झन्डै एक घन्टा बसेका थिए ।
पार्टर्ीीभापति एवं प्रधानमन्त्री कोइरालालाई भेटी कांग्रेसको महामन्त्री र साधारण सदस्यसमेतबाट राजीनामा दिएपछि उनी कोइरालास“गै सुजाता निवासमा गएका थिए