म स“ग शब्द छैनन्," मैले पत्रकारहरूस“ग भने“, "म यसबेला एक्साइटेड छु ।" प्रधानमन्त्री भएपछि केही बोल्नर्ुपर्छ भन्ने नलागेको होइन । तर, म बोल्नै सकिन“ ।
सा“च्चै भन्ने हो भने यहा“सम्म आइएला, प्रधानमन्त्री खाइएला भनेर चिताएको थिइन“ । जङ्गलमा सिकार खेल्दै हि“ड्दा थाकेर लखतरान भएका बेला राष्ट्रपति र प्रधानमन्त्री हुनेतिर नलाग्ने बरु स्टेट्सम्यानसिप देखाउने भनियो । कामरेड विद्यावारििधले 'हामी गान्धी हुने' भनेर धक्कु लगाइदिनुभो । कहा“का गान्धी, कहा“ मान्छेका सिकार गरी हि“ड्ने हामीजस्ता क्रान्तिकारी, तैपनि भनियो ।
कुनै दिन कस्तो पनि थियो भने, सेनाको लेफ्टिनेन्ट बनिएला, नभए पाइलट भइएला । ढिकुरपोखरीबाट बसाइ“ सरेर चितवन झर्दाताकाका ती सपना सम्झेर म त्यसबेला रोमाञ्चित भए“, जुनबेला मेरो सम्मानमा नेपाली सेनाको एउटा टोली मलाई नै सलाम गर्दै थियो ।
अघिल्तिर नेपाली सेना सलाम गर्दै थियो, पछिल्तिर हाम्रा केटा मेरा सुरक्षाका लागि तैनाथ थिए । यो फ्युजन देखेर मनमनै हा“सो पनि उठ्यो । धेरैले भने, "संसारमा यस्तो कतै पनि हु“दैन ।"
मलाई पनि थाहा छ, यस्तो हु“दैन । नेपालमा भने यस्तै अचम्मका कुरा हुन्छन् ।
क्रान्तिका नाममा विश्वमा अनेक कुरा भएका छन् । पेरुकै कुरा गरौ“ न † त्यहा“ के भयो - कामरेड गोञ्जालोले हामीले भन्दा दोब्बर मान्छेको सिकार गर्नुभो । आज उहा“ काराबासमा हुनुहुन्छ । उहा“ले सिकार गर्नुभो, पाउनुभो- काराबास, हामीले सिकार गर्यौ“, हामीले पायौ“- कार र आवास । मलाई यो सम्मान, सहुलियत र सपनाभन्दा सुन्दर दिन देखाउने म स्वयम् होइन ।
मलाई यस ठाउ“मा पुर्याउने को होलान् - तपाईं कल्पनासमेत गर्न सक्नु हुन्न ।
कुनै दिन देशमा काङ्ग्रेसको राज हुने गर्दथ्यो । काङ्ग्रेसीहरू मन्त्री र प्रधानमन्त्री हुन्थे । तिनलाई के भ्रम थियो भने, ती मन्त्री, प्रधानमन्त्री हुनकै लागि यस धर्तीमा जन्मेका हुन् ।
ती मन्त्री हुन्थे, मन्त्रालयमा चर्थे र क्वार्टरमा उग्राउ“थे, पछि क्वार्टर छाडेर आ-आफ्नै भव्य भवनमा बस्न थाले । हामी सिकार अभियानमा थियौ“, हाम्रा केटा ती मन्त्रीस“ग खर्चबर्च माग्थे, तीमध्ये धेरैले खर्च दिएको रर्ेकर्ड हामीस“ग छ । तिनले 'फलानोको सिकार गर्यौ भने खर्च थपी दिउ“ला'सम्म भने, केटाहरूले त्यसै गरििदए ।
काङ्ग्रेसले सरकार चलायो, सत्तँ कहिल्यै चलाएन । तिनका शासनकालमा सत्ता खण्डित थियो । ती दरबारस“ग शक्ति छ भनेर तर्सिन्थे, सेनाका मान्छे आफ्ना होइनन् भनेर झस्िकन्थे, छिमेकीस“ग थरथरी हुन्थे । सत्ता दरबारस“ग थियो, सेनास“ग थियो । काङ्ग्रेसीस“ग पञ्चहरूले थोत्रो पारेका मन्त्रालय थिए, त्यहा“को चौरमा ती दिनभर िचर्थे, रात परेपछि उग्राउ“थे । चर्ने र उग्राउने काममा ती कतिविघ्न मग्न थिए भने हाम्रँे सिकार अभियानमा तिनले खासै बाधा पुर्याएनन् ।
म अहिले सम्झन्छु- आखिर हामीजस्तै प्रवृत्तिका कामरेड गोञ्जालो किन झ्यालखानमा हुनुहुन्छ र हामी किन सिंहदरबारमा छौ“ - यसको कारण हाम्रँे छिमेकी शक्ति राष्ट्र पनि हो । फुजीमोरीले सीआईएको सहयोगमा गोञ्जालोलाई पाता कसे, गिरजिाप्रसादले छिमेकीको सहायता लिन सकेनन् । कमरेड विद्यावारििध छिमेकीहरूका लागि जति आत्मीय हुनुहुन्थ्यो, गिरजिाप्रसाद त्यति प्रिय थिएनन् । उनीहरू विद्वताको कदर गर्दा रहेछन्, विद्यावारििध कमरेड विद्वान् हुनुहुन्छ, गिरजिाप्रसाद त्यति पढालिखा मान्छे होइनन् ।
तिनले दरबारको सहयोगसमेत लिन पाएनन्, एकपटक उनले हाम्राविरुद्ध सेना परचिालन गर्ने जमर्को गरेका थिए । राजाले मानेनन्, तिनले यसो गर्नु हु“दैन भने, वास्तवमा दरबारस“ग हाम्रँे अघोषित कार्यगत एकता थियो ।
घटनाक्रम कसरी विकसित हु“दै गयो भने सबै थोक हाम्रो अनुकूल हु“दै गयो । हामीले नया“ सत्ता जन्मायौ“, त्यसपछि त काङ् ग्रेसीहरू झन् चेपुवामा परे, पुरानो सत्ता राजास“ग र नया“ सत्ता हामीस“ग थियो । तीस“ग के थियो, मैले पहिले नै भनिसके“ ।
हाम्रा केटाहरू नेपाली पुलिस सोत्तर पार्थे, यता दरबारस“ग जोडिएका जर्नेलहरू खुसीले भोजभतेरसम्म गर्थे । संसदीय परपिाटी राजालाई मन परेको थिएन, हाम्रो प्रधान शत्रुसमेत संसदीय परपिाटी थियो । यसैमा हाम्रो र तिनको मत मिल्यो । हामीले तिनलाई खबर पठायौ“, हामीस“ग मिलेर तिनलाई चिलिम फर्काउने हो - तिनले 'हुन्छ' भने ।
पछि ती सिल्ली निस्िकए । तिनले हामीजस्ता महान् क्रान्तिकारीलाई समेत धोका दिने चाल चले र अन्ततः आफ्नै जालमा परे । 'माघ १९' मा ती नबरबराएका भए सम्भवतः यसबेलासम्म हामी जङ्गलतिरै हुन्थ्यौ“ । त्यसपछिका कुरा त सबैलाई थाहा छ । मलाई लिन भनेर त्यसबेलाका गृहमन्त्री हेलिकप्टर लिएर सिस्लेकसम्मै पुगे । तिनको पनि मैले सक्दो सेवा लिए“ । ती बबुराको अनुहार सम्भि“mदा अहिले हा“सो उठ्छ ।
म त्यसदिन बालुवाटार पुग्दा मेरो दाया“बाया“ उभिएर फोटो खिचाउन त“छाडमछाड गर्ने नागरकि समाजका मान्छेको अनुहार सम्भ“mदा रमाइलो लाग्छ । ती मानिस सा“च्चै नागरकि हुन् कि भन्ने मलाई भ्रम थियो तर ती कतिसम्म पाङ्दुरे निस्िकए भने मैलेभन्दा चर्का नारा लगाएर तिनले मेरो र्समर्थन गरे । मनमा लाग्छ, नागरकि समाजका अगुवा भनाउ“दालाई मन्त्री-सन्त्री बनाएर घोडा चढ्ने हो कि - तर, पार्टर्ीी कामरेडहरू मान्नु हुन्न । भन्नुहुन्छ, "यस्ता तीन न तेह्रका दहीचिउरेलाई केको मन्त्री बनाइरहनु †"
शपथ खान कुन लुगा लगाएर जाने भन्ने कुरो उठ् यो । मयलपोस सुरुवाल नै लगाउने हो कि भन्ने सोच पनि नआएको होइन । तर, पार्टर्ीी मानेन, पार्टर्ीी भन्यो, "मयलपोस सुरुवाल राष्ट्रपतिले लगाउ“छन्, ती काङ्ग्रेस हुन्, काङ्ग्रेसले जे गर्यो त्यसको उल्टो गर्नुपर्छ ।"
उपराष्ट्रपतिजीले लगाएको झै“ धोती नै लगाउन पनि मन लागेन । शपथ खा“दाखा“दै फ्यास्स खुस्िकयो भने रमिता होला भनेर सुट र र्टाईमा कस्िसएर आइयो ।
कोट र पाइन्टसम्म त सजिलै हुन्थ्यो, यो र्टाई बा“धेको चाहि“ हल्लु“डो भिरेझै“ भएको छ । गोहोराको छाला काडेर बनाएको हल्ल“ुडोजस्तो लाग्दालाग्दै पनि कसेर आइयो, यसले ख्याप्प पारेर किलकिले समातेको छ । यस्तो किलकिले कसिएका बेला नबोलौ“ होला, पछि बोलौ“ला ।
- Bharat Bhurtel @ Nepal