शुभकामना !!!!
हे काली, हे भद्रकाली
हे दक्षिणकाली , हे महाकाली
जाग उठ चीर निद्रा पुग्यो अब
चुपचाप स्थिर मुद्रा पुग्यो अब
धेरै नेपाली को काख रित्तियो
धेरै आफ्नाको साख लुटियो ।
धेरै भो, शुम्भ निसुम्भहरुको जगजगी
धेरै भो, हत्या हिंसा र आगलगी
पापिहरुको अन्त्य हुनै पर्छ,
अधर्मिहरुको नाश गर्नै पर्छ।
सदियौं देखि पुजेका हौं हामीले
आस्थामा मुटु भित्र खोपेका हौ हामीले ।
हाम्रो विश्वाश माथि खेलवाड नगर्नु काली ssssssssssssss
हाम्रो धैर्यमाथि परख नगर्नु महाकाली ssssssssssssssssssss
घरघरबाट् अर्को दुर्गा हतियार लिएर पाया:* निस्कन नपरोस
गाउंगाउंबाट अर्को भगवति दागबत्ती लिएर निस्कन नपरोस ।
यसपाली दसैं रक्तपिपासुहरुको अन्त्यष्ठीमा
यस्पालिको दसैं डरत्रास अनी धम्की उन्मुक्तिमा
आफन्तजन सँग दसैं मनाउन सकौं
देशलाई फेरी देश जस्तै बनाउन सकौं ।
शुभ बिजया को हार्दिक मंगलमय शुभकामना ।
(*पाया:= दशमीको दिन नेवार समुदाय बिशेषमा दैत्यहरुको अन्त्यको लागि खड्ग यात्रा निसक्ने परम्परा )